NE/Prabhupada 0489 - सडकमा जप गरेर तिमीले मिठाई बाँड्दैछौ

Revision as of 08:52, 24 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0489 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 18, 1968


विष्णुजन: जब हामी आफ्नो जप गर्छौं वा जब हामी किर्तनमा ठुलो स्वरले गाउँदै हुन्छौं, के हाम्रो मनलाई सोच्नमा संग्लग्न गराउनु ठिक हुन्छ ?

प्रभुपाद: यो हुँदैन र ?

विष्णुजन: उहाँ पहिल्यै........

प्रभुपाद: यो व्यवहारिक तरिका हो | यदि तिमी सोच्दैनौ, जपले तिमीलाई उहाँमा मन लगाउन बल लगाउँछ | तिमी देख्छौ ? कृष्णको ध्वनिले बलपूर्वक लगाउनेछ | जप यति राम्रो छ | र वर्तमान युगमा यो व्यवहारिक योग हो | तिमीले ध्यान गर्न सक्दैनौ | तिम्रो मन यति विचलित छ, तिमीले आफ्नो मन एकाग्र गर्न सक्दैनौ | तसर्थ जप गर, र ध्वनिको तरङ्गले, यो बलपूर्वक तिम्रो मनमा प्रवेश गर्नेछ | तिमीले कृष्णलाई नचाहे पनि, कृष्ण तिम्रो मनभित्र प्रवेश गर्नुहुनेछ | बलपूर्वक | यो सबभन्दा सजिलो विधि हो | तिमीले प्रयास गर्नु जरुरत छैन | कृष्ण आउँदै हुनुहुन्छ | यो धेरै राम्रो प्रक्रिया छ | तसर्थ यो विधि यस युगको लागि सिफारिश गरिएको छ | र अरुलाई पनि फाइदा हुनेछ | तिमी ठुलो स्वरले जप गर | जो अभ्यस्त छैनन् तिनीहरुलाई पनि कम्तिमा....... जस्तै सडकमा, पार्कमा, उनीहरु भन्छन् "हरे कृष्ण !" उनीहरुले कसरी सिके ? यो जप सुनेर | त्यति हो | कहिलेकाही बच्चाहरु, जब उनीहरुले हामीलाई देख्छन्, उनीहरु भन्छन् "ओहो, हरे कृष्ण !" मन्ट्रियलमा बच्चाहरु, जब मा सडकमा हिंड्दै थिएँ, सबै बच्चाहरु, पसलेहरु, भण्डारण कर्ताहरु, उनीहरुले भन्छन् "हरे कृष्ण !" त्यति हो | त्यसैले उनीहरुको मनमा हामीले बलपूर्वक हरे कृष्ण प्रवेश गराएका छौं | यदि तिमीले योग- अभ्यास गर्छौ, ध्यान गर्छौ, यो तिम्रो लागि फाइदाजनक हुन सक्छ, तर यो अरु धेरैको लागि फाइदाजनक छ | मानौं केहि कुरा धेरै राम्रो छ, तिमीले आफैं भोग गर्दैछौ, केहि मिठाई- त्यो एउटा अवस्था हो | तर यदि तिमीले मिठाई बाँड्छौ, त्यो अर्को अवस्था हो | त्यसैले सडकमा जप गरेर, तिमीले मिठाई बाँड्दैछौ | (हाँसो) तिमी लोभी होइनौ कि तिमीले आफैं खाँदैछौ | तिमी यदि उदार छौ कि तिमीले अरुलाई बाँड्दैछौ | अब जप, वितरण गर | (हाँसो)