NE/Prabhupada 0501 - हामी कृष्ण भावनामा नआएसम्म चिन्तामुक्त हुन सक्दैनौं

Revision as of 20:46, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 2.15 -- Hyderabad, November 21, 1972


त्यसैले तपाई खुशी हुन सक्नुहुन्छ। यी युवा र युवतीहरु, अमेरिकी, अमेरिकी, युरोपेली, यिनीहरु सबैले यो गाडी सभ्यताको स्वाद पाइसके । यिनीहरुले राम्ररी स्वाद पाइसके । गाडी, रात्री क्लब र पिउन, यिनीहरुले राम्ररी स्वाद पाइसके । त्यहाँ खुशी छैन । तसर्थ यिनीहरु कृष्ण भावनामा आएका छन् । तसर्थ, नासतो विद्यतो भावो नाभावो विद्यते सतः । अभावः, र सतः । हामी असत् स्वीकारेकाले दुःखी छौ, जुन रहन सक्दैन । यी प्रह्लाद महाराजद्दारा दिईएको व्याख्या होः सदा समुद्दिग्न धियाम् असद्द ग्रहात् (श्री भा ७।५।५) । सदा समुद्विग्न धियाम् । हामी सधै ब्याकुल छौ, ब्याकुलताले पुर्ण । यो तथ्य हो । हामी सबै, ब्याकुलताले पुर्ण । किन? असद् ग्रहान् र किनकी हामीले यो भौतिक शरिर स्वीकारेको छौ । असद् ग्रहान् । तत् साधु मन्ये असुर वर्य देहिनां सदा समुद्ग्नि धिया । देहिनाम् । देहिनाम् भनेको.... देह र देही, हामीले छलफल गरिसक्यौ । देही भनेको शरिरको मालिक । त्यसैले सबैजना देही हुन्, चाहे पशु वा मानव वा रुख वा जो पनि । हरेक जीवले भौतिक शरिर स्वीकारेको छ । तसर्थ तिनीहरुलाई देहि भनिन्छ । त्यसैले देहिनाम्, हरेक देहि, किनकि उसले भौतिक शरीर स्वीकारेको छ, ऊ सधै चिन्ताले पूर्ण छ । त्यसैले हामी कृष्ण भावनामा नआएसम्म चिन्ता मुक्त हुन सक्दैनै । यो सम्भव छैन । तपाई भावनाभावित बन्नैपर्छ । ब्रह्म भुतः प्रसन्नात्मा (भ गी १८।५४) – तत्काल तपाई चिन्ता मुक्त बन्नुहुन्छ । यदि तपाई कृष्ण भावनाको स्तरमा आउनु हँुदैन भने तपाई सधै चिन्ताले पुर्ण हुनुहुनेछ । सदा समुद्विग्न धियाम असद् ग्रहान् हित्वात्मा–पातं गृहम अन्ध कुपं, वनं गतो यद् धरिम आश्रयेत (श्री भा ७।५।५) यो प्रह्लाद महाराजले हामीलाई निर्देशन दिनुभएको हो, कि यदि तपाईलाई चिन्ताको अवस्थाबाट राहत पाउनु छ भने, सदा समुद्विग्न – धियाम्, तब हित्वात्म पातं, हित्वात्म पातं गृहम् अन्ध कुपं.... गृहम् अन्ध कुपं । भनेको ... धेरै अर्थहरु छन् । विशेषगरी यसको अर्थः घर । घर । घरको न्यास्रो । हाम्रो वैदिक सभ्यता घरबाट टाढा भगाउनु घ । घरबाट टाढा जानु छ । सन्यास लिनु, वानप्रस्थ लिनु । मृत्युको अन्तिम क्षणसम्म पारिवारिक सदस्य, हजुरबुवा वा जीजुबुवाको रुपमा रहनु होइन । त्यो हाम्रो वैदिक सभ्यता होईन । जब कोहि थोरै हुर्कन्छ, पञ्चाशोध्र्वं वनं व्रजेन, ऊ यस गृहं अन्ध कुपं बाट निस्कनै पर्छ । गृहं अन्ध कुपं, यदि हामीले विस्तृतमा, छलफल ग¥यौ भने यो धेरै अस्वीकार्य हुन सक्छ । तर हामीले शास्त्रबाट गृह के हो भनेर छलफल गर्नुपर्छ । गृह, यो ... अर्को शब्द, यसलाई अंगनाश्रम् भनिएको छ । अंगना । अंगना भनेको महिला । महिलाको सुरक्षामा बाँच्नु, अंगनाश्रय । त्यसैले शास्त्रले सिफारिशले गरेको छ कि तपाई यो अंगनाश्रयम् त्याग्नुहोस, परमहंस – आश्रयम्मा जानका लागि । तब तपाईको जीवन जोगिनेछ । अन्यथा, जसरी प्रह्लाद महाराजले भन्नुहुन्छ, गृहं अन्ध कुवं । “यदि तिमी आफुलाई सधै यी तथाकथित पारिवारिक जीवनको अँध्यारो कुवामा राख्छौ भने, तिमी कहिल्यै खुशी हुनेछैनै ।” आत्म – पातम् । आत्म – पातम् भनेको तपाईले कहिल्यै आध्यात्मिक जीजन बुझ्हुने छैन । अवश्य, सधै होइन, तर सामान्यतया । सामान्यतया, जो पारिवारिक जीवन वा विस्तारीत पारिवारिक जीवनप्रति धेरै आशक्त हुन्छ...... विस्तारित – पारिवारिक जीवन, अनि सामाजिक जीवन, अनि सामुदायिक जीवन, अनि राष्ट्रिय जीवन, अनि अन्तर्राष्ट्रिय जीवन । तिनहरु सबै गृहं अन्ध कुपं हुन् । सबै गृहं अन्ध कुपं ।