NE/Prabhupada 0526 - यदि हामीले कृष्णलाई धेरै बलियो गरी समत्छौँ भने मायाले केहि गर्न सक्दिनन्

Revision as of 08:40, 21 September 2017 by Vanibot (talk | contribs) (Vanibot #0005 edit: add new navigation bars (prev/next))
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 7.1 -- Los Angeles, December 2, 1968


तमाल कृष्णः यदि मायाले कसैमा पकड राख्छिन,कृष्णको पछि फर्कने तीव्र उपाय कुन हो?

प्रभुपादः ओहो त्यो कृष्ण, त्यो कृष्ण केवल.... जब मायाको आकर्षण हुन्छ, केवल कृष्णलाई प्रार्थना गर, कृपया मलाई बचाउनुहोस् । कृपया मलाई बचाउनुहोस् । यो एकमात्र उपाय हो र उहाँले बचाउनुहुनेछ । हामी मायाको साम्राज्यमा छौँ, त्यसले माया यहाँ धेरै शतिशाली छिन्, तर यदि हामी कृष्णलाई धेरै बलियो गरी समात्छौँ, मायाले केहि गर्न सक्दिनन् । हामी कृष्णलाई धेरै बलियो गरी समाउन अडिग हुनुपर्छ । तब कुनै पतन हुँदैन ।

मधुद्विष: प्रभुपाद, जब हामी संकीर्तनमा बाहिर हुन्छौँ, जप्दै भिडलाई हामीसँगै कीर्तन गर्न सहभागी गराउने सर्वाेत्कृष्ट उपाय के हुनसक्छ? सर्वाेत्कृष्ट विधि के हुनसक्छ ......

प्रभुपादः सर्वाेत्कृष्ट उपाय तिमी किर्तन गरीराख । तिम्रो कार्य होइन, मेरो मतलब भिडलाई बनउने । तिम्रो कार्य कृष्णलाई सन्तुष्ट बनाउनु हो र तव भिड स्वतः सन्तुष्ट हुनेछ । हामी भिडलाई खुसी बनाउन जाँदै छैनौँ । हामी तिनीहरुलाई केहि दिन जाँदैछौँ,कृष्ण । त्यसैले तिमी धेरै सावधान हुनुपर्छ कि तिमी सहि ढँगले कृष्ण दिँदै छौ । तब तिनीहरु सन्तुष्ट हुनेछन् । तिम्रो एकमात्र कार्य कृष्णलाई सन्तुष्ट पार्ने हुनुपर्छ , तव सबै सन्तुष्ट हुनेछन् । तीस्मन् तुष्टे जगत् तुष्ट । यदि कृष्ण सन्तुष्ट हुनुहुन्छ भने सम्पूर्ण सँसार सन्तुष्ट हन्छ । यदि तिमी जरामा पानि हाल्छौ, तब त्यो रसको हरेक भागमा स्वतः वितरित हुन्छ । यदि तिमी जरामा पानि हाल्छौ, तब त्यो रसको हरेक भागमा स्वतः वितरित हुन्छ । हरे कृष्ण जप र नियम पालन गर, सबै ठिक हुनेछ ।