NE/Prabhupada 0550 - यो मृगतृष्णा पछि नदौडनुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0550 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0549 - योगको वास्तविक प्रयोजन इन्द्रियलाई नियन्त्रण गर्नु हो|0549|NE/Prabhupada 0551 - हाम्रा शिष्यहरुसँग राम्रो संग्लग्नता छ|0551}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|I34GjVTfrl8|यो मृगतृष्णा पछि नदौडनुहोस्<br />- Prabhupāda 0550}}
{{youtube_right|V8myjczcDUI|यो मृगतृष्णा पछि नदौडनुहोस्<br />- Prabhupāda 0550}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681219-BG_part2_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681219-BG_part2_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:50, 29 January 2021



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


प्रभुपाद: हामी यस संसारको झुठो सुन्दरताबाट बाँधिएका छौं | मृगतृष्णा | ठ्याक्क उदाहरण मृगतृष्णा हो | मृगतृष्णा के हो ? मरुभूमिमा सुर्यको प्रतिबिम्ब पानीजस्तै देखिन्छ | त्यहाँ पानी कहाँ हुन्छ ?त्यहाँ कुनै पानी हुँदैन | पशु, प्यास लागेको पशु, मृगतृष्णा पछी हुन्छ | "ओहो, यहाँ पानी छ | म सन्तुष्ट हुनेछु |" त्यसैगरी हामी मृगतृष्णा पछी लालायित छौं, कुद्दै छौं | कुनै शान्ति छैन, कुनै खुसी छैन | तसर्थ हामीले आफ्नो ध्यान भगवद धाम तर्फ मोड्नुपर्छ | यो मृगतृष्णा पछि नदौडनुहोस् | केवल भगवद धाम तर्फ फर्कनुहोस्, कृष्णतर्फ | त्यो हाम्रो प्रचार हो | नमोड्नुहोस्...... आफ्ना इन्द्रियहरुलाई भौतिक सुन्दरतामा संग्लग्न नगराउनुहोस् | केवल आफ्ना इन्द्रियहरु कृष्णमा लगाउनुहोस्, वास्तविक सुन्दर | त्यो हो कृष्ण भावना | अघि बढ्नुहोस् | तमाल कृष्ण: "शिवजी एकपटक गहिरो ध्यानमा हुनुहुन्थ्यो, तर जब सुन्दर पत्नी पार्वतीले उहाँको इन्द्रियातित आनन्दको लागि उत्तेजित पार्नुभयो, उहाँले उक्त प्रस्ताव स्वीकार्नुभयो र फलस्वरूप कार्त्तिकेय​ जन्मनुभयो |"

प्रभुपाद: ओहो, यहाँ कार्त्तिकेय​ छ | (हाँसो) हो | हरे कृष्ण | अघि बढ | (हाँसो)

तमाल कृष्ण: "जब हरिदास ठाकुर भगवानको युवक भक्त हुनुहुन्थ्यो, उहाँलाई पनि मायादेवीको अवतरबाट लालायित गरिएको थियो |"

प्रभुपाद: अब यहाँ फरक छ | शिवजी, उहाँ देवतामा महानतम हुनुहुन्छ | उहाँ पनि पार्वतीबाट लालायित हुनुभएको थियो, र त्यस आकर्षणको फलस्वरूप यी बालक कार्त्तिकेय​ जन्मिएका थिए | त्यो, के भनिन्छ, देवताहरुको षड्यन्त्र थियो, कि जबसम्म शिवजीको विर्यबाट एउटा पुत्र जन्मदैन, दानवमाथि जित्न असम्भव छ | त्यसैले कार्त्तिकेय​लाई देवताहरुको सेनापति मानिन्छ | तर यहाँ, अर्को उदाहरण | हरिदास ठाकुर | हरिदास ठाकुर युवक हुनुहुन्थ्यो, करिब बिस, चौबिस वर्ष, र उहाँ हरे कृष्ण जप्दै हुनुहुन्थ्यो, र त्यस गाउँको जमिनदार, ऊ हरिदास ठाकुरप्रति धेरै इर्ष्यालु थियो | उसले षड्यन्त्र रच्यो र एक वेश्यालाई उहाँलाई हराउन संग्लग्न गराउनुभयो | त्यसैले उक्त वेश्याले स्विकारीन् र मध्य रातमा, धेरै राम्रो वस्त्रसाथ र उनी युवती थिइन् र हरिदास ठाकुरलाई मोहित पार्ने प्रयास गरिन् | तर उहाँ मोहित हुनुभाएन | त्यो फरक छ | एक कृष्ण भावनाभावित व्यक्ति, एक साधारण व्यक्ति पनि, शिवजी वा ब्रह्ममाजीको स्तरमा पनि होइन, ऊ कहिल्यै मायाद्वारा परास्त हुँदैन | तर जो पूर्ण रुपले कृष्ण भावनाभवित छैन, चाहे ऊ शिवजी होस्, वा ब्रह्माजी होस्, ऊ मायाद्वारा परास्त हुन्छ, अरुको के कुरा गर्ने | यो स्थिति छ | अघि बढ | "जब हरिदास ठाकुर भगवानको युवक भक्त हुनुहुन्थ्यो......

तमाल कृष्ण: ".....उहाँ त्यसैगरी मायादेवीको अवतारद्वारा तर हरिदास भगवान कृष्णप्रतिको अनन्य भक्तिको कारणले सजिलै उक्त परिक्षामा सफल हुनुभयो | भगवानको एक इमानदार भक्तले सब भौतिक आनन्दलाइ घृणा गर्छ उसको भगवानसँगको सङ्गमा अध्यात्मिक आनन्दको उच्चतम स्वादको कारणले | त्यो सफलताको रहस्य हो |"