NE/Prabhupada 0554 - यस मायिका संसारको प्रशान्त महासागरको बीचमा: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0554 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0553 - हिमालय जान आवश्यक छैन । लस एन्जलस शहरमा नै बस्न सकिन्छ|0553|NE/Prabhupada 0555 - आध्यात्मिक बुझाइको विषयमा सुतिरहेको|0555}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|v7h4ll804Wo|यस मायिका संसारको प्रशान्त महासागरको बीचमा<br />- Prabhupāda 0554}}
{{youtube_right|JshbT-Ja5_Q|यस मायिका संसारको प्रशान्त महासागरको बीचमा<br />- Prabhupāda 0554}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/681219-BG_part6_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681219-BG_part6_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:50, 29 January 2021



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


तमाल कृष्ण: ६७: "जसरी पानीमाथिको डुंगा बलियो हुरीले बगाईदिन्छ, त्यसैगरी, इन्द्रीयहरूमध्ये एक जसमा मन अकग्र हुन्छ, त्यसले मानिसको बुद्धि हरण गर्नसक्छ |" प्रभुपाद: हो | यदि तपाई....मानौं प्रशान्त महासागरमा तपाई एउटा डुंगामा हुनुहुन्छ वा एक राम्रो सिट, तर यदि तपाईसँग नियन्त्रण गर्ने क्षमता छैन, प्रशान्त महासागरको एक छालले तत्काल तपाईलाई समुद्रको मुनि पुगाउँछ | त्यसैले यो चाहिएको छ | है यस मायिक संसारको प्रशान्त महासागरको बीचमा छौं | संसार-समुद्र | यसलाई समुद्र भनिन्छ | कुनै पनि क्षणमा हाम्रो डुंगा उल्ताना सक्छ यदि हामीसँग नियन्त्रण गर्ने क्षमता छैन | हो | तमाल कृष्ण: ६८: "तसर्थ, हे महाबाहु, जसका इन्द्रीयहरू आफ्ना विषयबाट रोकिएका छन्, ऊ अवश्य पनि स्थिर बुद्धिको छ |"

प्रभुपाद: हो | अब, जसका इन्द्रीयहरू रोकिएका छन्..... यो मानव जीवन इन्द्रियहरुलाई रोक्नको लागि हो | तप: | यसलाई भनिन्छ तपस्या | मानौं म कुनै प्रकारको इन्द्रियतृप्तिमा लागिरहेको छु | अब, म कृष्ण भावना लिन्छु | मेरो अध्यात्मिक गुरु वा शास्त्र भन्नुहुन्छ,"यो नगर |" त्यसैले सुरुवातमा, मैले केहि असुविधा गर्न सक्छु, तर यदि तपाईले त्यसलाई सहन सक्नुहुन्छ, त्यो हो तपस्या | त्यो हो तपस्या | तपस्या भनेको मैले केहि असुविधा अनुभव गर्दै छु, शारीरिक, तर म सहदै छु | त्यसलाई भनिन्छ तपस्या | र यो मानव जीवन तपस्याको लागि हो | यो होइन कि मेरा इन्द्रियले यो सन्तुष्टि माग्दै छन्, त्यसैले म तत्काल अर्पण गर्छु | होइन | मैले आज्ञ इन्द्रियलाई यस्तो प्रकारले तालिम दिनेछु कि मेरा इन्द्रियले माग्नेछन्, "प्रिय महासय, मलाई यस सुविधा दिनुहोस्," म भन्नेछु, "होइन | तिमीले पुन सक्दैनौ |" यसलाई भनिन्छ गोस्वामी वा स्वामी | वर्तमान समयमा सबजना, हामी हामीले आफ्ना स्वामी वा इन्द्रियको मालीक बनाएका छौं र जब तपाई वस्तावमा इन्द्रियका मालिक बन्नुहुन्छ, तब तपाई स्वामी वा गोस्वामी बन्नुहुन्छ | त्यो हो स्वामी वा गोस्वामीको महत्व | यो पहिरन होइन | जसको नियन्त्रण शक्ति छ, जो इन्द्रियद्वारा नियन्त्रित छैन, जो इन्द्रियको दास छैन | मेरो जिब्रोले भन्छ,"कृपया मलाई रेस्टुरेन्ट लग र स्टिक खाउ |" त्यो स्टिक के हो? स्टिक ?

भक्त: स्टिक |

प्रभुपाद: स्टिक ? हिज्जे के हो ?

भक्त: एस-टि-इ-ए-के |

प्रभुपाद: जे भएपनि....वा त्यो भुटेको कुखुरा | हो | त्यसैले जिब्रोले मलाई भन्दै छ | तर यसी तपाई आफ्नो जिब्रो नियन्त्रण गर्न सक्नुहुन्छ,"होइन | म तिमीलाई मिठाई दिन्छु | त्यहाँ नजाउ |" (हाँसो) तब तपाई इन्द्रियको मालिक बन्नुहुन्छ | तपाई देख्नुहुन्छ ? अरु प्रयास गर्दै छन् कि "त्यहाँ नजाउ," मात्र | त्यो असम्भव छ | जिब्रोसँग केहि सुन्दर हुनुपर्छ | अन्यथा यो सम्भव छैन | त्यो कृत्रिम हुन्छ | यदि जिब्रो, तपाई यसलाई यो भुटेको कुखुरा वा स्टिक वा यो वा त्यो भन्दा अझ मिठो कुरा दिनुहुन्छ, यो रोकिन्छ | त्यो नीति हो | हाम्रो नीति त्यो हो | हामी यो दिन सक्छौं, के भनिन्छ, कैसिइन चामलसँग भुटेर | यो कति राम्रो छ | उसले मांस-भक्षण बिर्सन्छ | त्यसैले यो नीति हो, कृष्ण भावना | सबै इन्द्रियहरुलाई केहि प्रदान गर्नुपर्छ | कृत्रिम तरिकाले रोक्ने होइन | त्यो सम्भव छैन | त्यो सम्भव छैन | अरु, तिनीहरु केवल कृत्रिम तरिकाले इन्द्रियका कार्य रोक्ने प्रयास गर्दै छन् | होइन | त्यो सम्भव छैन |