NE/Prabhupada 0562 - मेरो प्रमाण वैदिक साहित्य हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0562 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - In...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0561 - देवता भनेको लगभग भगवान् । उनीहरुमा सबै भागवत गुण हुन्छन्|0561|NE/Prabhupada 0563 - कुकुरलाई एउटा नराम्रो नाम देऊ र त्यसलाई झुण्ड्याइदेऊ|0563}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|-DPIgGLC3cs|मेरो प्रमाण वैदिक साहित्य हो - Prabhupāda 0562}}
{{youtube_right|Ef02kIxLkIY|मेरो प्रमाण वैदिक साहित्य हो - Prabhupāda 0562}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/681230IV-LA_part03_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681230IV-LA_part03_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:52, 29 January 2021



Press Interview -- December 30, 1968, Los Angeles


प्रभुपाद: मेरो अधिकार वैदिक साहित्य हो, हो | तपाईले भगवाद गीतामा पाउनुहुन्छ.... तपाईले हाम्रो पुस्तक भगवद गीता देख्नुभएको छ ?

पत्रकार: छ | हामीसँग कार्यालयमा छ | मैले त्यो देखेको छु |

प्रभुपाद: त्यहाँ विवरण छ | यी कुराहरुको त्यहाँ विवरण छ | त्यहाँ अर्को प्रकृतिको विवरण छ जसलाई अध्यात्मिक प्रकृति भनिन्छ | यो भौतिक प्रकृति हो | आकाश, जहाँसम्म तपाईले देख्न सक्नुहुन्छ, यो एउटा ब्रह्माण्ड हो | त्यसैगरी, लाखौं ब्रह्माण्डहरु छन् | र यी सबै गरेर, त्यो भौतिक आकाश हो | र त्योभन्दा पछाडी, अध्यात्मिक आकाश छ, जुन यो भन्दा धेरै धेरै ठुलो छ | र त्यहाँ अध्यात्मिक लोकहरु छन् | यो जानकारी हामीले भगवद गीतामा पाउँछौं, अरु वैदिक साहित्यको के कुरा गर्ने | भगवद-गीता, यो दैनिक पढिन्छ, व्यवहारिक रुपमा सारा संसारभरि, तर तिनीहरु यो बुझ्दैनन् | केवल तिनीहरु भगवद गीताको विद्यार्थी बन्छन्, वा केवल झुठो तरिकाले सोच्छन् कि "म भगवान हुँ |" त्यति हो | तर तिनीहरु कुनै विशेष जानकारी लिंदैनन् | आठौँ अध्यायमा एउटा श्लोक छ, परस् तस्मात् तु भावो ऽन्यो ऽव्यक्तो ऽव्यक्तात् सनातनः (भ गी ८|२०) | यो भौतिक प्रकृतिभन्दा पर अर्को प्रकृति छ जुन शाश्वत छ | यो प्रकृति अस्तित्वमा आउँछ, फेरी विघटन, विघटन हुन्छ | तर त्यस प्रकृति शाश्वत छ |यी कुराहरु त्यहाँ छन् | त्यसैगरी, त्यहाँ, लोकहरु पनि शाश्वत छन् | त्यहाँ, जीवहरु, तिनीहरु पनि शाश्वत छन् | त्यसलाई भनिन्छ सनातन | सनातन भनेको नित्य, कुनै अन्त्य बिना, कुनै सुरुवात बिना | तर यो प्रकृति, जसरी हामीले, यो शरीरको सुरुवात र अन्त्य छ, त्यसैगरी जे पनि, यो ब्रह्माण्डीय प्रकृतिको सुरुवात र अन्त्य छ | त्यसैले हाम्रो कृष्ण भावनामृत अभियान भनेको कसरी आफुलाई त्यस प्रकृति, शाश्वत प्रकृतिमा स्थानान्तरण गर्नु हो |

पत्रकार: त्यो मानिसको खोज हो |

प्रभुपाद: हो | त्यो खोज हो | सबजना खुसी हुने प्रयास गर्दै छन् किनकि त्यो हरेक जीवको विशेषाधिकार हो | उसको प्रकृति खुसी हुने हो, तर उसलाई थाहा छैन कि कहाँ खुसी हुने | ऊ खुसी हुने प्रयासमा छ जहाँ चार कुराहरु, पीडादायी परिस्थिति छन्, जन्म, मृत्यु, रोग, र बुढ्यौली | धेरै वैज्ञानिकहरु, तिनीहरु खुसी हुने प्रयास गर्दै छन्, मानिसलाई खुसी बनाउने, तर कुन वैज्ञानिकले मृत्यु रोक्ने प्रयास गरेको छ, बुढ्यौली रोक्ने, रोग रोक्ने ? कुनै वैज्ञानिकले प्रयास गरेको छ ?

पत्रकार: मलाई थाहा छैन |

प्रभुपाद: तब यो के हो ? तिनीहरु यो विचार गर्दैनन् कि "हामी यति धेरै विकास गर्दैछौं, यी चार कुरा सम्बन्धि हामीले के प्रगति गरेका छौं ?" तिनीहरुसँग छैन | र अझ पनि तिनीहरु धेरै गर्व गर्छन्, शिक्षामा विकसित, विज्ञान | तर चार प्राथमिक पीडादायी परिस्थिति, तिनीहरु जस्ताको त्यस्तै रहन्छन् | तपाई देख्नुहुन्छ ? चिकित्सा विज्ञानमा प्रगति हुन् सक्छ, तर कुनै औषधि छैन जसले दाबि गर्न सक्छ "कुनै रोग हुँदैन, आउ |" कुनै औषधि छ ? त्यसैले यो के प्रगति हो ? रोग बरु विभिन्न रुपमा बढ्दै छन् | तिनीहरुले आणविक हतियार विकास गरेका छन् | त्यो के हो ? मर्नलाई | तर के तपाईले केहि आविष्कार गर्नुभएको छ ताकी कोहि मानिस नमरुन् ? त्यो श्रेय हो | मानिस हरेक क्षण मर्दै छन्, तपाईले त्यो मृत्युको गति बढाउने कुरा आविष्कार गर्नुभएको छ | त्यति हो | के त्यो धेरै, धेरै राम्रो श्रेय हो ? मृत्युको कुनै समाधान छैन....... तिनीहरु रोक्ने प्रयास गर्दै छन्, मेरो मतलब, अत्याधिक जनसंख्या | तर समाधान कहाँ छ ? हरेक मिनेट, तीन मानिसहरु बढ्दै छन् | त्यो गणना छ | जन्मको कुनै समाधान छैन, मृत्युको कुनै समाधान छैन, रोगको कुनै समाधान छन् र बुढ्यौलीको कुनै समाधान छैन | एक महान वैज्ञानिक थिए, प्रोफेसर आइन्स्टाइन, उनी पनि बुढ्यौलीले मरे | किन उनले बुढ्यौली रोकेनन् ? सबजना युवा अवस्थामा रहने प्रयासमा छन् | त्यो विधि कहाँ छ ? तिनीहरु यो कसरी समाधान गर्ने ख्याल गर्दैनन् किनकि यो तिनीहरुको सामर्थ्यभन्दा टाढा छ | तिनीहरु केहि गफ दिंदै छन्, त्यति हो | तिनीहरु वास्तविक समस्याको र कसरी समाधान गर्ने ख्याल गर्दैनन् | तिनीहरु त्यसको ख्याल गर्दैनन् | तर यहाँ एक अभियान छ, कृष्ण भावना | सब समस्याको समाधान छ, यदि मानिस यसलाई गम्भिरतापूर्वक लिन्छन् | हो | र सम्पूर्ण कुरा कुरा भगवद गीतामा व्याख्या गरिएको छ | तिनीहरुलाई बुझ्ने प्रयास गर्न दिनुहोस् | कम्तिमा, एक प्रयोग गर्नुहोस् | किन तिनीहरु यस्तो कठोर छन् र आफ्नै बाटोमा जाँदै छन् ?