NE/Prabhupada 0603 - यो मृदङ्ग घर-घरमा जानेछ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0603 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0602 -पिता परिवारको नेता हुन्|0602|NE/Prabhupada 0604 - यदि मैले निरन्तरता दिएँ भने कृष्णले मलाई खुसीसाथ दिव्य स्तरमा राख्नुहुनेछ|0604}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|-akyf7iDE6s|यो मृदङ्ग घर-घरमा जानेछ<br/> - Prabhupāda 060}}
{{youtube_right|-J6BudbhRv0|यो मृदङ्ग घर-घरमा जानेछ<br/> - Prabhupāda 060}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/740105SB.LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740105SB.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:58, 29 January 2021



Lecture on SB 1.16.8 -- Los Angeles, January 5, 1974


यमराजको कार्य भनेको यो जीव कति पापी छ हेर्नु हो, र उसलाई त्यस्तै शरीर दिइन्छ | कर्मणा दैव​-नेत्रेण (श्री भा ३|३१|१) | मृत्यु पछी तपाईको निर्णय हुन्छ, हामी सबैको | अवश्य पनि, यदि उसले गम्भिरतापूर्वक कृष्ण भावना लिन्छ, तब बाटो स्वचालित हुन्छ | स्वत: तपाई घर फर्कनुहुन्छ, भगवद धाम फर्कनुहुन्छ | फैसलाको कुनै प्रश्न छैन | फैसला अपराधीको लागि हो, ती धुर्तहरु जो कृष्ण भावनाभवित छैनन् | तर यदि तपाई कृष्ण भावना भवित हुनुहुन्न, तपाईले यस जीवनमा यो कार्य नसके पनि, तपाई असफल भए पनि, तब पनि, तपाईलाई मानव शरीरको अर्को मौका दिइनेछ, तपाईले समाप्त गर्नुभएको स्थानबाट सुरु गर्न, तपाईको पतन भएको स्थानबाट सुरुवात गर्न | त्यो..... तसर्थ स्वल्पम् अप्य् अस्य धर्मस्य त्रायते महतो भयात् | यदि तपाईले कृष्ण भावना लिनुहुन्छ, यसलाई गम्भिरतापूर्वक सम्पन्न गर्नुहोस्, भनेको नियम पालन गर्नुहोस् र हरे कृष्ण जप्नुहोस् | त्यति हो | पाँच कुरा | अवैध मैथुन नगर्ने, जुवा नखेल्ने, मांसभक्षण नगर्ने.... हामी मैथुन प्रतिबन्ध गर्दैनौं, तर अवैध मैथुन सबभन्दा ठुलो पाप हो | सबभन्दा ठुलो पाप | दुर्भाग्यवश, तिनीहरु यति धुर्त छन्, एउटा मैथुन पछी अर्को, अर्को मैथुन पछी अर्को, अर्को मैथुन...... यो मायाको भ्रम, प्रभाव हो | तर यदि तपाई कृष्णमा रहनुहुन्छ..... माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते (भ गी ७|१४) | यदि तपाईले कृष्णको चरणकमल धेरै जोडले समाउनुहुन्छ, तब तपाई तल झर्नुहुन्न | तर यदि तपाई तथाकथित ब्रह्मचारी, तथाकथित गृहस्थ वा तथाकथित सन्यासीको नाटक गर्नुहुन्छ, तब तपाई तल झर्नुहुनेछ | हामीले त्यो अनुभव गर्दैछौं | तब तपाई त झर्नुपर्छ | कृष्णले एक अपराधी, एक झुठो भक्त सहनुहुन्न | माया धेरै बलियो छिन् | तत्काल उसलाई कब्जा गर: "आउ | किन तिमी यहाँ छौ ? किन तिमी यो समाजमा छौ ? बाहिर निस्क |" त्यो यमराजको कर्तव्य हो | तर यदि तपाई कृष्ण भावनामा रहनुहुन्छ, यमराजले तपाईलाई छुनुहुन्न | तपाईको मृत्यु तपाई कृष्ण भावना सुरु गर्नुभएको स्थान बाट रोकिन्छ | तपाईको मृत्यु रोकिन्छ | कोहि मर्न तयार छैन | त्यो तथ्य हो | तपाई भन्न सक्नुहुन्छ, म भन्न सक्छु,"होइन, मलाई मृत्यु देखि भय छैन |" त्यो अर्को धुर्त्याई हो | सबजना मृत्यु देखि डराउँछन्, र कोहि मर्न चाहँदैन | त्यो तथ्य हो | तर यदि तपाई त्यो कुरा बारेमा गम्भीर हुनुहुन्छ, कि "मैले मेरो मृत्युको विधि रोक्छु, मरण प्रक्रिया," तब यो कृष्ण भावना हो | तसर्थ सुझाव दिइएको छ, अहो नृलोके पीयेत हरिऌईलामृतं वचः | "हे मानव समाज, तिमीसँग यो शरीर छ | कृष्ण कथाको अमृत पिउँदै जाऊ |" यहाँ सुझाव दिइएको छ | अहो नृलोके | विशेषगरि यो नृ-लोके, मानव समाजमा सुझाव दिइएको छ | यसलाई कुकुर-लोके वा बिरालो-लोकेमा सुझाव दिइएको छैन | तिनीहरु सक्दैनन् | तिनीहरुको क्षमता छैन | तसर्थ यो नृ-लोके भएको छ | नायं देहो देह​-भाजां नृलोके | अर्को श्लोक पाँचौं स्कन्धमा छ | नायं देहो देह​-भाजां नृलोके, कष्टान् कामान् अर्हते विड्-भुजां ये (श्री भा ५|५|१) | यी भागवत हुन् | यसको तुलना छैन | सम्पूर्ण ब्रह्माण्डभरि श्रीमद-भागवतमजस्तो साहित्य छैन | कुनै तुलना छैन | कुनै प्रतिस्पर्धा छैन | हरेक शब्द मानव समाजको लागि राम्रो छ | हरेक शब्द, हरेक शब्द | तसर्थ हामी पुस्तक वितरणमा यस्तो जोड दिन्छौं | कुनै तरिकाले, यदि पुस्तक एउटाको हातमा जान्छ, उसलाई फाइदा हुनेछ | कम्तिमा उसले देख्नेछ,"ओहो, उनीहरुले यति धेरै मूल्य लिएका छन् | त्यहाँ के छ मैले हेर्नुपर्यो |" यदि उसले एक श्लोक पढ्छ, उसको जीवन सफल हुन्छ | यदि एक श्लोक, एक शब्द | यो यति राम्रो कुरा छ | तसर्थ हामी यति जोड दिंदैछौं,"कृपया पुस्तक वितरण गर्नुहोस्, पुस्तक वितरण गर्नुहोस्, पुस्तक वितरण गर्नुहोस् |" ठुलो मृदंग | हामी जप्दैछौं, हाम्रो मृदंग बजाउँदै | यो यस कोठा वा अलि बढीमा सुनिन्छ | तर यो मृदंग घर-घर, देश-देश, समाज-समाज जानेछ, यो मृदंग | त्यसैले यो सुझाव दिइएको छ कि नृ-लोके | नृ-लोके भनेको मानव शरीर, मानव समाजमा | हामी नकार्दैनौं कि "यो अमेरिकी समाज हो " वा "यो युरोपेली समाज हो," "यो भारतीय समाज हो....." होइन, सबै मानव | सबै मानव, यसको मतलब छैन ऊ के हो | सबै मानव | सभ्य मानिसको के कुरा गर्नु, असभ्य पनि, अनार्य | यी कुरा भागवतममा व्याख्या गरिएको छ | किरात​-हूणान्ध्र​-पुलिन्द​-पुल्कशा आभीर​-शुम्भा यवनाः खसादयः (श्री भा २|४|१८) | यी नामहरु छन् | किरात | किरात भनेको कालो, अफ्रिकीहरु | तिनीहरुलाई किरात भनिन्छ | किरात-हूण आन्ध्र​ | हूण, उत्तरी ध्रुवमा भएका देश वा समाज, रुस, जर्मनीभन्दा माथि, तिनीहरुलाई हूण भनिन्छ | धेरै छन् जुन हामीलाई थाहा छैन | खसादयः, मंगोलियन | खसादय: भनेको जसको पर्याप्त जुँगा र दाह्री हुँदैन, यो मंगोलियन समुह | किरात​-हूणान्ध्र​-पुलिन्द​-पुल्कशा आभीर​-शुम्भा यवनाः खसादयः | यवन, म्लेच्छहरु, यवन, भनेको जो मुसलमान वा अरु हुन् | तिनीहरु सम्मिलित छैनन् | नृ-लोके | किनकि यो नृ-लोके हो | हरेक मानव | बाहिरी, हुन सक्छ, यो राष्ट्र त्यो राष्ट्रभन्दा राम्रो छ | त्यो तथ्य हो | आर्यन् र अनार्यन् | विभाजनहरु छन्: सभ्य, असभ्य; शिक्षित, अशिक्षित; सुसंस्कृत, कुसंस्कृत; कालो, सेतो; यो, त्यो | बाहिरी यी.... तर यो भेद शरीरको हो |