NE/Prabhupada 0610 - वर्ण र आश्रमको पद्धति धारण नगरेसम्म ऊ मानव होइन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0610 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Calcutta]]
[[Category:NE-Quotes - in India, Calcutta]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0609 - तिमीहरु धेरै जना हरे कृष्ण जप्दैछौ । यही मेरो सफलता हो|0609|NE/Prabhupada 0611 - जब सेवा-भाव गुम्नेछ, तब यो मन्दिर ठुलो बोझ हुनेछ|0611}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UrJC_udKVqs|वर्ण र आश्रमको पद्धति धारण नगरेसम्म ऊ मानव होइन - Prabhupāda 0610}}
{{youtube_right|nXhxBvZqdeU|वर्ण र आश्रमको पद्धति धारण नगरेसम्म ऊ मानव होइन - Prabhupāda 0610}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/730127BG.CAL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730127BG.CAL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:00, 29 January 2021



Lecture on BG 7.1 -- Calcutta, January 27, 1973


यादि तपाई कृष्ण वा भगवानलाई काल्पनिक प्रक्रियाबाट जान्न चाहनुहुन्छ, एक वर्ष, दुई वर्षको लागि मात्र होइन.... पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि | मानसिक कल्पना होइन, तर वायु वा हावा वा मनको गतिमा कुद्ने विमान, मनको गति, तब पनि, करोडौं वर्ष घुमेर, तपाई पुग्न सक्नुहुन्न | तब पनि, यो अविचिन्त्य, अचिन्त्य रहन्छ | तर यदि तपैले यो कृष्ण-योग वा भक्ति योगको विधि लिनुहुन्छ, तब तपाई धेरै सजिलै कृष्णप्रति अवगत हुनुहुन्छ | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भ गी १८|५५) | कृष्णलाई बाहिरी रुपले बुझ्न, त्यो पर्याप्त छैन | त्यो पनि राम्रो हो तर तपाईसँग तत्त्वत: हुनुपर्छ, कृष्ण वास्तवमा के हुनुहुन्छ | त्यो ज्ञान प्राप्त गर्न सकिन्छ- भक्त्या, यो कृष्ण-योगबाट | अन्यथा, मनुष्याणां सहस्रेषु, कश्चिद् यतति सिद्धये, यतताम् अपि सिद्धानां, कश्चिन् मां वेत्ति तत्त्वतः (भ गी ७|३) सारा संसार भरि धेरै मानव छन् | धेरै जसो, तिनीहरु पशुजस्ता छन्-संस्कृतिविहिन | किनकि, हाम्रो वैदिक संस्कृति अनुसार, जबसमा कसैले वर्ण र आश्रमको पद्धति धारण गर्दैन, ऊ मानव होइन | उसलाई स्विकारिंदैन | तसर्थ कृष्ण भन्नुहुन्छ मनुष्याणां सहस्रेषु | कसले यो वर्णाश्रम स्वीकार्दै छ ? छैन | अराजक परिस्थिति | त्यसैले त्यस्तो अराजक प्परिस्थितिमा तपाईले भगवान के हुनुहुन्छ, कृष्ण के हुनुहुन्छ बुझ्न सक्नुहुन्न | तसर्थ कृष्णले भन्नुहुन्छ मनुष्याणां सहस्रेषु | हजारौं र लाखौं मानिसमध्ये, एकजनाले यो वर्णाश्रम-धर्मको वैज्ञानिक पद्धति लिन्छ | त्यो भनेको वेदका अनुयायी, कडा रुपमा | वैदिक सिद्धान्त पालन गर्ने यी मानिसहरु मध्ये, धेरै जसो, तिनीहरु कर्म-काण्डमा आशक्त हुन्छन् | त्यसैले कर्म-काण्डमा संग्लग्न लाखौं मानिसहरु मध्ये, एकजना ज्ञानमा विकसित हुन्छ | तिनीहरुलाई ज्ञानी भनिन्छ, वा काल्पना गर्ने दार्शनिक | कर्मी होइन तर ज्ञानी | त्यसैले लाखौं त्यस्ता ज्ञानी मध्ये, एकजना मुक्त हुन्छ | ब्रह्म-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति (भ गी १८|५४) | यो मुक्त स्तर हो | जो ब्रह्म साक्षात्कार बारेको आत्मा छ, ऊसँग शोक गर्ने वा चाहने गर्ने केहि हुँदैन | किनकि कर्मी स्तरमा हामीसँग दुई रोग हुन्छन्: चाहना र शोक | जे तपाईसँग छ, यदि त्यो गुम्छ, तब म शोक प्रकट गर्छु | "ओहो, मसँग यो र त्यो थियो र अहिले यो गुम्यो |" र जे हामीसँग छैन, हामी चाहना गर्छौं | त्यसैले पाउनको लागि, हामी चाहना गर्छौं, हामी कठिन मेहेनत गर्छौं | र जब त्यो गुम्छ, हामी फेरी शुक गर्छौं र रुन्छौँ | यो कर्मी स्तर हो | त्यसैले ब्रह्म​-भूतः स्तर..... ज्ञान स्तर भनेको ऊसँग अझै चाहना वा शोक हुँदैन | प्रसन्नात्मा | "ओहो, म, अहं ब्रह्मास्मि | यो शरीरसँग मैले के गर्ने ? मेरो कार्य दिव्य ज्ञान, ब्रह्म ज्ञान विकास गर्नु हो | त्यसैले त्यो स्तरमा, ब्रह्म​-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति समः सर्वेषु भूतेषु (भ गी १८।५४) | त्यो परिक्षा हो | उसको कुनै शोक हुँदैन | उसको कुनै चाहना हुँदैन | र ऊ सबै प्रति समान हुन्छ | पण्डिता: सम दर्शिन: | विद्या-विनय​-सम्पन्ने, ब्राह्मणे गवि हस्तिनि, शुनि च्ऐव श्व​-पाके च​, पण्डिताः सम​-दर्शिनः (भ गी ५|१८) उससँग कुनै भेद हुँदैन | यस प्रकारले, जब कोहि अवस्थित हुन्छ, तब मद्-भक्तिं लभते पराम् (भ गी १८।५४), तब ऊ भक्तिको स्तरमा आउँछ | र जब ऊ भक्तिको स्तरमा आउँछ, भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भ गी १८|५५), तब ऊ सक्षम हुन्छ |