NE/Prabhupada 0673 - एउटी भंगेरी समुद्र सुकाइदिन प्रयासरत छिन् । यसलाई दृढता भनिन्छ

Revision as of 21:10, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


भक्त: "जहाँ सम्म दृढताको कुरा छ, एक मानिसले त्यस भंगेरीको उदाहरण अनुसरण गर्नुपर्छ जसले आफ्ना अण्डा समुद्रको लहरमा गुमाइन् | एक भंगेरीले आफ्ना अण्डा समुद्रको किनारमा पारिन् | तर त्यस विशाल समुद्रको लहरमा सबै अण्डाहरु डुबे | ती भंगेरी धेरै निराश भइन् र समुद्रलाई आफ्ना अण्डा फिर्ता गर्न आग्रह गरिन् | त्यस समुद्रले उनको आवेदन ध्यान पनि दिएनन् र त्यसैले उनले समुद्र सुकाइदिने प्रण लिइन् | उनले सुरु गरिन्........"

प्रभुपाद: हेर्नुहोस् त, एउटा भंगेरीले समुद्र सुकाइदिने प्रण लिइन् | (हाँस्नुहुन्छ) यसलाई दृढता भनिन्छ | जस्तै हाम्रा गान्धी | उनले बेलायती विरुद्ध युद्ध घोषणा गरे | युद्ध अहिंसा हो, असहयोग | तपाई देख्नुहुन्छ | तर त्यस दृढता त्यहाँ थियो | कि "मैले बेलायतीहरुलाई भगाउनुपर्छ |" र उनले त्यसो गरे | र हतियास के थियो ? अहिंसा | "ठिक छ, तिमी युद्ध गर, तिमी मलाई मार, म तिमीलाई आक्रमण गर्नेछैन |" तपाई देख्नुहुन्छ ? उनी बने, के हो त्यो ? दृढता | मानिस हाँसे | "गान्धीले बेलायतीहरुसँग युद्ध घोषणा गरे, यति शक्तिशाली, बेलायती साम्राज्य |" र वास्तवमा बेलायतीले भारत गुमाएपछी, तिनीहरुले सम्पूर्ण साम्राज्य गुमाए | किनकि त्यो बेलायती साम्राज्यको गहना थियो | तिनीहरुले सुदुर-पुर्वमा सबै सम्पति गुमाए, तिनीहरुले इजिप्टमा गुमाए, तिनीहरुले सुएज क्यानलमा गुमाए, सब गुमाए | त्यसैले दृढता यति राम्रो कुरा छ | अघि बढ |

भक्त: "उनले आफ्नो सानो चुच्चोमा पानि सर्न थालिन् र सबजना उनको र उनको असम्भव दृढतामाथि हाँसे | उनको गतिविधिको समाचार फैलियो, र अन्तिममा गरुड, भगवान विष्णुको विशाल वहान, उहाँले सुन्नुभयो | उहाँ त्यस सानी बहिनि चरीप्रति कृपालु हुनुभयो, र त्यसैले उहाँ त्यस सानी भंगेरीलाई भेट्न आउनुभयो र उहाँले आफ्नो मदत वाचा गर्नुभयो | तसर्थ गरुडले एकैपटकमा समुद्रसँग सोध्नुभयो र उनको अण्डाहरु फिर्ता गर्नुभयो, अन्यथा उहाँ आफुले नै भंगेरीको कार्य लिनुहुनेछ | समुद्र यो कुरा देखि डराए र अण्डाहरु फिर्ता गरे | तसर्थ ती भंगेरी गरुडको कृपाले खुसी भईन् |"

प्रभुपाद: त्यसैले गरुड उनलाई बचाउन आउनुभयो | अघि बढ |

भक्त: त्यसैगरी, योग अभ्यास, विशेषगरी भक्ति योग, कृष्ण भावनामा, धेरै कठिन कार्य देखिन सक्छ, तर यदि कसैले सिद्धान्तहरु ठुलो दृढताका साथ सम्पन्न गर्छ, भगवानले अवश्य मदत गर्नुहुनेछ, किनकि भगवानले उनीहरुको मदत गर्नुहुन्छ जसले आफ्नो मदत गर्छन् |

प्रभुपाद: त्यति हो | कुनै प्रश्न ?

भक्त: प्रभुपाद, जब हजुरले भन्नुभयो कि दृढता सफलता प्राप्त गर्न जरुरि छ..... र कसरी कसैले सधैं यो उत्साह राख्न सक्छ, जस्तै कसरी कसैले सधैं यो उत्साह वा दृढताको आगो जलाई राख्न सक्छ ? जब यति धेरै कुरासँग व्यवहार गर्नुपर्छ कि.......

प्रभुपाद: दृढता, भनेको तिमी उत्साहित पनि हुनेछौ | त्यो दृढताको एउटा अंश हो | उत्साहाद् धैर्यात्, तत्-तत्-कर्म​ (उपदेशामृत ३) | उत्साहा, त्यस उत्साह दृढताको वास्तविक सुरुवात हो | जबसम्म तिमी उत्साही हुँदैनौ, तिम्रो दृढता कसरी निरन्तर हुन्छ ? त्यसैले दृढता, उत्साह, धैर्यता, नियममा कार्य गर्नु, यी दृढताका विभिन्न कार्य हुन् | धैर्यता यी कुराहरुमध्ये एक हो, उत्साह, धैर्यता, विश्वास सहित कार्य गर्नु | यी दृढताका विभिन्न भाग हुन् |