NE/Prabhupada 0689 - यदि तपाई दिव्य सङ्गमा रहनुहुन्छ भने तपाईको चेतना दिव्य बन्छ

Revision as of 04:38, 26 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0689 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid URL, must be MP3

Lecture on BG 6.35-45 -- Los Angeles, February 20, 1969


भक्तल: "उसको अघिल्लो जीवनको दिव्य चेतनाको गुणले, ऊ स्वत: योगीक सिद्धान्तमा आसक्त हुन्छ- त्यसको खोज नगरे पनि | त्यस्तो जिज्ञासु अध्यत्म्वाधि, योगको अभ्यास गर्दै, सधैं शास्त्रका कर्मकाण्डभन्दा माथि रहन्छ (भ गी ६|४४) |"

प्रभुपाद: हो |

भक्त: "तर जब त्यस योगी....."

प्रभुपाद: होइन, मलाई व्याख्या गर्न देउ | "दिव्य चेतनाको गुणले |" हामी यो चेतना तयार गर्दैछौं, कृष्ण भावना, दिव्य चेतना | र त्यस चेतना जानेछ | जस्तै स्वाद, गुलाफको फुलको वासना हावाले बोक्छ र यादि त्यो हावा हामीबाट गुज्रिन्छ, तब हामी पनि त्यस गुलाफको वासना अनुभव गर्छौं | त्यसैगरी, जब हामी मर्छौं, यो भौतिक शरीर सकिन्छ | "धुलोबाट आयौ, धुलोमा जानेछौ |" यो शरीर पाँच तत्वबाट बनेको छ: पृथ्वी, पानी, हावा, आगो, आकाश | जहाँसम्म पृथ्वीबाट बनेको वस्तुको कुरा छ, त्यो मिसिएको छ | कसैले यो शरीर जलाउँछ, कसैले गाड्छ, वा कसैले पशुलाई खान फ्याँक्छ | मानव समाजमा तीन विधि छन् | जस्तै भारतमा, हिन्दु, तिनीहरु शरीर जलाउँछन् | त्यसैले शरीर आउँछ, खरानीमा परिणत- भनेको पृथ्वी |खरानी भनी पृथ्वी | जो आफ्ना पुर्खाको शरीर जलाउँछन्, शरीर जमिनमा परिणत हुन्छ, जसरी इशाई बाइबलले भन्छ "जमिनबाट आयौ |" शरीर जमिन हो र फेरी जमिनमा परिणत हुन्छ | र जसलाई पशु र पंक्षी, गिद्धद्वारा खान फ्यालिन्छ, जस्तै भारतमा पर्सि समाज छ | तिनीहरु जलाउँदैनन्, न तिनीहरु गाड्छन् | तिनीहरु फ्याँक्छन्, र गिद्धहरु तत्काल आउँछन् र खान्छन् | तब शरीर विष्टामा परिणत हुन्छ | त्यसैले कि यो खरानीमा परिणत हुन्छ, वा धुलोमा वा विष्टामा | यो सुन्दर शरीर, जुन तपाईले यस्तो राम्ररी ख्याल राख्नुहुन्छ, यो तीन अवस्था, विष्टा, खरानी वा धुलोमा परिणत हुन्छ | त्यसैले सुक्ष्म तत्त्व- भनेको मन, बुद्धि र अहंकार- त्यो भनेको, सम्पूर्ण रुपमा रुपमा यसलाई चेतना भनिन्छ | त्यसले तपाईलाई बोक्छ, आत्मा, आत्माको सानो कण | त्यो तिन सुक्ष्म तत्त्व: मन, बुद्धि र अहंकारले बोक्छ | जस्तै स्वाद, यदि गुलाफको स्वाद, वासना, तपाईले आनन्द लिनुहुन्छ,"ओहो, यो धेरै राम्रो छ |" तर यदि यो गनाउने वासना छ, विष्टा वा कुनै अरु गनाउने स्थान बाट गुज्रिएको र तपाई भन्नुहुन्छ,"ओहो, यो दुर्गन्ध छ |" त्यसैले यो चेतनाले तपाईलाई कि विष्टाको गन्धमा बोक्छ वा गुलाफको वासनामा, तपाईको कर्म अनुसार, जसरी तपाईले आफ्नो चेतना बनाउनुहुन्छ | त्यसैले यदि तपाईले आफ्नो चेतना बनाउनुहुन्छ, आफ्नो चेतनालाई कृष्णमा अभ्यास गराउनुहुन्छ, तब तपाईलाई यसले कृष्ण सकक्ष लान्छ | त्यो बुझ्न धेरै कठिन छैन | तपाईले हावा देख्न सक्नुहुन्न तर तपाईले सुँघेर अनुभव गर्न सक्नुहुन्छ | "ओहो, हावा यसरी जाँदैछ |" त्यसैगरी, यी विभिन्न प्रकारका शरीरहरु चेतना अनुसार विकसित हुँदैछन् | त्यसैले यदि तपाईले आफ्नो चेतनालाई योगीक सिद्धान्तमा तालिम दिनुभएको छ, तब तपाईले त्यस्तै शरीर प्राप्त गर्नुहुन्छ | तपाईले राम्रो मौका पाउनुहुन्छ, तपाईले राम्रो परिवार पाउनुहुन्छ, राम्रो परिवार जहाँ तपाईलाई यस विधिको अभ्यास गर्न अनुमति हुन्छ, र स्वत: तपाईले आफ्नो पहिलेको शरीरमा छाड्नुभएको चेतना पुनर्जागृत गर्ने मौका पाउनुहुन्छ | त्यो यहाँ व्याख्या गरिएको छ | दिव्य चेतनाको गुणले | तसर्थ हाम्रो वर्तमान कर्तव्य भनेको कसरी त्यस चेतनालाई दिव्य बनाउने | त्यो हाम्रो कर्तव्य हुनुपर्छ | यदि तपाई दिव्य जीवन चाहनुहुन्छ, यदि तपाई भगवद धाम, आफ्नो घर फर्कन अध्यात्मिक विकास चाहनुहुन्छ, त्यो भनेको शाश्वत जीवन, आनन्दमय जीवन, ज्ञानले पूर्ण, तब हामीले आफुलाई दिव्य चेतना वा कृष्ण चेतनामा तालिम दिनुपर्छ | त्यो तपाईले सङ्गमा आएर धेरै सजिलोसँग गर्न सक्नुहुन्छ | सङ्गात् सञ्जायते कामः | यदि तपाईले दिव्य सङ्ग राख्नुहुन्छ, तब तपाईको चेतना दिव्य बन्छ | र यदि तपाईले नारकीय सङ्ग राख्नुहुन्छ, दानवीय सङ्ग, तब तपाईको चेतना त्यस प्रकारले तालिमप्राप्त हुन्छ | त्यसैले हामी आफ्नो चेतनालाई तालिम दिनुपर्छ, दिव्य | त्यो मानव जीवनको कर्तव्य हो | यदि हामी आफ्नो चेतना दिव्य बनाउँछौँ, तब हामीले अर्को दिव्य जीवनको लागि तयारी गर्दैछौं | जसरी विभिन्न स्तरका जीवन छन्, मानव जीवन एउटा मौका हो, तपाईको अर्को जीवन पूर्णत: दिव्य बनाउने | पूर्णत: दिव्य भनेको शाश्वत, आनन्दमय र ज्ञानले पूर्ण | त्यसैले स्वत:, दिव्य चेतनाले, तपाईले ती मानिसहरुको सम्पर्कमा जाने प्रयास गर्नुहुनेछ जसले दिव्य चेतना विकास गरेको छ | यस श्लोकमा यो व्याख्या गरिएको छ | अघि बढ |