NE/Prabhupada 0776 - 'कुकुर हुँदा के भयो त' यो छ शिक्षाको नतिजा

Revision as of 21:27, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on SB 6.1.12 -- Los Angeles, June 25, 1975

यहाँ आध्यायो ब्याधायः भनेर जनाईएको छ। याहाँ तीन किसिमका दुखःद परिस्थिति आई पर्छन, यो सबैलाई आई पर्दछ कुनै बिषेश ब्याक्तिलाई मात्र होईन। ती हुन, आध्यात्मिका, आदीभौतिक र आदीदैवीक। जब भौतिक शरीर मिलेपछि यस्को प्रकोप सहनु पर्दछ। यदी तिमीहरू यस्तो दुखःलाई रोक्न चाहान्छौ भने तिंमीहरुले नियमित जीवन यापन गर्नु। याहाँ अर्को श्लोकमा नियमित जीवन धान्नु पर्ने सिफारिस गरिएको छ।

तपस्या ब्रम्हचार्यणा
सामेन च दामेन च
त्यागेन सत्य सौचब्यम्
यामेन नियमेन व
(भागवतम् ६-१-१३)

यहि हुनँ मानव जीवनका लागि सिफारिस गरिएको कर्तब्य। कर्तब्य कर्महरू के के हुनँ. पहिलो सिफारिस गरिएको कर्तब्य हो तपस, मानिसहरुले कहि कठिनाई लिनै पर्दछ। यो मानिसको जीवन हो। यो सिफारिस जहितहि गरिएको छ। रीस्वदेवले पनि यस्तै सिफारिस गरेका थिए, तपो दिब्यम् पुत्रकायेन सुध्येद् सत्व। हे मेरा पुत्रहरू हो, तिमीहरू बिरालो, कुकुर र सुगुर जस्तोगरि नजीउनु है भनेर अह्राएका थिए। न्यायम् देहोदेहा भजमनृलोके कस्तनकामाम अर्हतेवीद् भुजामये। (भागवतम् ५-५-१) यदी म काम गरिन भने म कसरि पेट पाल्नु र? राती भएपछि मलाई यो मदपदार्थ, महीला या क्लब चाहिन्छ। यदी मैले काम गरिनभने कसरि यी सबै मोजमजा गर्न पाईन्छ ? यस्मा रिस्वदेवले भन्नु भयो, त्यस्तो खाल्को मोजमजा त सुगुरलाई पनि उपलब्ध भईरहेकै छ। यो त त्यति राम्रो किसिमको मोजमजा या ईन्द्रीयतृप्ती होईन। न्यायम् देहोदेहा भजमनृलोके कस्तनकामाम अर्हतेवीद् भुजामये। (भागवतम् ५-५-१) वीभुजा भनेको गू खानेवाला हो। तिनीहरु पनि गू खाएर मजा गरिरहेका छन। अनि आमा, दिदी बहीनि केहि नछुटाई यौनकृडा गर्दछन। यस्तो खाल्को ईन्द्रीयतृप्ती गर्ने सभ्यता त सुगुर र कुकुरहरूको पनि छ। तर मानिहरूको जीवन पनि त्यस्तैका लागी होईन। मानव जीवन त तपस्या गर्नका लागी हो। यो मानव जीवनमा जन्म र मृत्युको चक्करमा पर्नबाट रोक्न सकिन्छ। अनि लौकिक जीवान लिएर ज्ञानमय चीर जीवनको मजा लिन सक्ने छौ। मानव जीवनको उध्येश्य यहि हो। त्यो होईन। जे होस। शिक्षण बिश्वबिध्यालयको छत्रलाई दिन खोजेको के भने, यदि तिमी अदाईत्व जीवन यापन गर्यौ भने तिमी पछील्लो जीवनमा कुकुर भएर जन्मीने छौ भन्ने बुझाईदिनु हो। तर तिनीहरू भन्छन कि यदि म अर्को जीवनमा कुकुर भइनै भने पनि के बिग्रिन्छ र?- हास्दे। आजकलको शिक्षाको यहि नतिजा भईरहेको छ। कसैलाई वास्ता छैन। उस्ले सोच्दछ कि 'यदी मैले कुकुरको जुनी पाए भने गल्लीगल्लीमा करणी गर्नलाई केहि भाधा हुने छैन। यस्तै छ। तर उस्ले सोच्दछ कि उ बिकसित भएको भनेर। जताततै आजकल त बिना रोकटोक करणी गर्नेमा प्रतिबन्धन छैन; यस्तो किसिमको परिस्थितीमा तिनीहरू आईरहेका छन। यस्तो अवस्था भयो। तिनीहरूले पछिल्लो जन्मको बारेमा कुनै बिश्वास गर्दैनन, अन्त कुकुर र बिरालाको जस्तो जीवनको बारेमा त के भन्ने? यस्तै दशा भयो। सबै अन्धकार मात्र। यसै कारण मानिसहरुले कृष्णभावना अभियानलाई लिएनन भने मानव सभ्यता अन्धकारमय हुनेछ। यस्तो हुनुँ मानव सभ्यता होईन। मानव सभ्यता त जीम्मेवारीपुर्ण जीवन हो। जीम्मेवारी पुर्ण मानिस बन्नका लागि हामीले शिक्षा हशील गरेको हो, स्कुल कलेज गएका हौ। जीम्मेवार चै, जन्म मृत्युको चक्करलाई रोक्नु हो। यस बिषयमा धेरै ठाउँमा सुझाव दिईएको छ। मानव जीवनको त्यो मात्र लक्ष हो, पुनःजन्म जायया।