NE/Prabhupada 0781 - योगको वास्तविक पूर्णता भनेको कृष्णको चरणकमलमा मन एकाग्र पार्नु: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0781 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Chicago]]
[[Category:NE-Quotes - in USA, Chicago]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0780 - हामीले परम-सत्यको ज्ञानको झलक प्राप्त गर्न सक्छौं|0780|NE/Prabhupada 0782 - जप नत्याग । तब कृष्णले तिम्रो रक्षा गर्नुहुनेछ|0782}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|m5DZdXEtPYA|योगको वास्तविक पूर्णता भनेको कृष्णको चरणकमलमा मन एकाग्र पार्नु<br/>- Prabhupāda 0781}}
{{youtube_right|JMiyBYZLHbI|योगको वास्तविक पूर्णता भनेको कृष्णको चरणकमलमा मन एकाग्र पार्नु<br/>- Prabhupāda 0781}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:750705SB-CHICAGO_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750705SB-CHICAGO_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:28, 29 January 2021



Lecture on SB 6.1.21 -- Chicago, July 5, 1975


ब्राह्मणको योग्यता के हो ? तिमीले धेरै चोटी सुनिसक्यौ | शमो दम: सत्यं शौचम आर्जवं तितिक्षा, ज्ञानं विज्ञानम आस्तिक्यं ब्रह्म​-कर्म स्वभाव​-जम ( भ गी १८|४२) | यी गुणहरु विकशित हुनुपर्छ, पहिले सम, सम भनेको मानशिक सन्तुलन हो | मन कहिले नि व्याकुल हुदैन | मन व्याकुलहुने धेरौ कारणहरु छन् | जब मन व्याकुल हुदैन, तब सम​: | गुरुणापि दुःखेन न विचाल्यते | त्यो योगको पूर्णता हो | यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः​ यस्मिन स्थिते गुरुणापि दुःखेन न विचाल्यते ( भ गी ६|२२) त्यो तालिम हो | मन धेरै चन्चल छ | पाँच हजार वर्ष अघाडी, जब अर्जुनलाई कृष्णले सलाह दिनुभयो, " तिमि आफ्नो चन्चल मनलाई स्थिर गर ," उहाँले भन्नुभयो, " कृष्ण यो सम्भव छैन |" चञ्चलं हि मन: कृष्ण प्रमाथि बलवद दृढम् |( भ गी ६|३४) | " मेरो मन सधै उत्तेजित हुन्छ , र मनलाई बसमा ल्याउनु भनेको हावालाई रोक्नु जस्तै हुन्छ | त्यसैले यो सम्भव छैन |" तर वास्तवमा यो मन पहिले कृष्णमा स्थिर थियो | जसको मन कृष्णमा स्थिर भएको छ, उनीहरुले मन माथि विजय प्राप्त गरेका छन् | उनीहरुको मन स्थिर हुन्छ | यो चाहिएको छ | स वै मन: कृष्ण​-पदारविन्दयोर वचांसि वैकुण्ठ​-गुणानुवर्णने |( श्री भ ९|४|१८) | यो महाराज अम्बरिशको योग्यता थियो | उहाँ धेरै नै उत्तरदायी सम्राट हुनुहुन्छ, तर उहाँको मन सधै कृष्णको चरण कमलमा स्थिर थियो | यो चाहिएको छ | यो ब्राह्मणको योग्यता हो, कृष्णको चरण कमलमा आफ्नो मनलाई स्थिर गर्न कसरी अभ्यास गर्ने, र यो योगको पूर्णता हो | योग भनेको....केहि जादुई कमाल देखाउनु हैन | योगको पूर्णता भनेको मनलाई कृष्णको चरण कमलमा स्थिर गर्नु हो | तसर्थ भगवाद गीताको निस्कर्षको छैठौं अध्यायमा देखिएको छ , योगिनाम अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना श्रद्धावान भजते यो माम स मे युक्ततमो मत​: ( भ गी ६|४७) त्यो अर्जुनका लागि धेरै नै उत्साहजनक थियो, किनभने अर्जुनले सोच्नुभयो, " म बेकारको छु | मा आफ्नो मन एकाग्रह गर्न सक्दिन |" तर उहाँको मन एकाग्र भईसकेको थियो | तसर्थ कृष्णले उहाँलाई उत्साह दिनुभयो, " निरुत्साहित नहोऊ |" जसको मन ममा एकाग्रह भएको छ, ऊ प्रथम श्रेणीको योगी हो |" त्यसैले हामीले सधै कृष्णका बारेमा सोच्नु पर्छ| त्यो नै हरे कृष्ण मन्त्र हो | यदि तिमीले हरेकृष्ण जप गर्यौ भने, तिम्रो मन कृष्णमा एकाग्रह छ | त्यो नै योगको पूर्णता हो | त्यसैले ब्राह्मण हुन, पहिलो योग्यता : मनलाई उत्तजित नबनाएर एकाग्रह गर्नु हो, सम | र जब तिम्रो मन एकाग्रह छ भने, तब तिम्रो इन्द्रिय वशमा हुन्छन् | यदि तिमीले आफ्नो मनलाई एकाग्रह गरेर, " मा केवल हरे कृष्ण जप गर्छु र प्रशादम लिन्छु, अरु केहि नि गर्दिन ," तब इन्द्रीयहरू आफै वशमा आउँछन् | ताऽर मध्ये जिह्वा अति, लोभमोय सुदुर्मति |