NE/Prabhupada 0818 - सत्त्व गुणको स्तरमा सबैभन्दा असल व्यक्तिलाई बुझ्न सकिन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0818 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Seattle]] | [[Category:NE-Quotes - in USA, Seattle]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0817 - केवल ''म इसाई हुँ" "म हिन्दु हुँ" 'म मुसलमान हुँ" भनेर छाप लगाएर मात्र तपाईलाई केहि लाभ हुँदैन|0817|NE/Prabhupada 0819 - आश्रम भनेको आध्यात्मिक संस्कार सिक्ने वातावरण|0819}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|Pfdbe-FD4yw|सत्त्व गुणको स्तरमा सबैभन्दा असल व्यक्तिलाई बुझ्न सकिन्छ<br/> - Prabhupāda 0818}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681021SB-SEATTLE_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:34, 29 January 2021
Lecture on SB 7.9.8 -- Seattle, October 21, 1968
तमाल–कृष्णः हामी कसरी सत्वगुणमा प्रवेश गर्न सक्दछौँ ?
प्रभुपादः केवल हामीले निर्देशन दिएबमोजिम चार नियमहरू पालन गर्ने प्रयास गरः नशालु पदार्थको सेवन नगर्ने, जुवातास नखेल्ने, अवैध यौन सम्बन्ध नराख्ने तथा मांस भक्षण नगर्ने । यति नै हो । यो सत्वगुण हो । यो सत्व गुण हो । यी निषेधहरू दिइएका छन् । किन ? केवल तिमीहरूलाई सत्वगुणमा राख्नका लागि । प्रत्येक धर्ममा...र अब दश आज्ञाहरूमा समेत, मैले देख्दै छु “तैँले हत्या नगर्नू ।” त्यहाँ पनि यही आदेश दिइएको छ, तर मानिसहरू आज्ञापालन गरिरहेका छैनन् । त्यो अलग कुरा हो । कुनै पनि धार्मिक मानिस...सत्वगुणमा अवस्थित नभएसम्म कोही पनि धार्मिक हुन सक्दैन । एउटा रजोगुणी अथवा तमोगुणी मानिस, तिनीहरूलाई धार्मिक स्तरमा उकास्न सकिँदैन । धार्मिक स्तर भनेको सत्वगुण हो । त्यसपछि तिमीले बुझ्न सक्दछौ । सत्वगुणको स्तरमा हुँदा, तिमीले सबैभन्दा असल व्यक्तिलाई बुझ्न सक्दछौ । यदि तिमी तमोगुणमा छौ भने, यदि तिमी रजोगुणमा छौ भने, तिमीले सबैभन्दा असल व्यक्तिलाई कसरी चिन्न सक्छौ ? त्यो सम्भव छैन । त्यसैले, मानिसले आफूलाई सत्वगुणमा राख्नुपर्दछ, र सत्वगुण भनेको मानिसले निषेधित वस्तुहरू त्याग्नुपर्दछ । या त तिमीले दश आज्ञाहरू पालन गर अथवा यी चार नियमहरू पालन गर, कुरा एउटै हो । त्यसको अर्थ हो कि तिमीले आफूलाई सत्वगुणमा राख्नुपर्दछ । यो सन्तुलन सत्वगुणमा हुनै पर्दछ । भगवद्गीतामा उल्लेख गरिएको छ, परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भगवद्गीता १०।१२) अर्जुनले कृष्णलाई परमपवित्रका रुपमा स्वीकार्नुभयो । आफू पवित्र नभएसम्म तिमी परमपवित्रको नजिक कसरी जान सक्छौ ? त्यसैले, यो शुद्ध बन्नका लागि पाइला टेक्ने ढुंगा हो किनभने हामी अशुद्ध छौँ । त्यसकारण, शुद्ध बन्नका लागि...एकादशी, हामी किन एकादशी पालन गर्दछौँ ? शुद्ध बन्नका लागि । ब्रह्मचर्य, तपस्या, मनलाई सधैँ कृष्णभावनामृतमय बनाइराख्नु, शरीरलाई सधैँ सफसुग्घर राख्नु – यी वस्तुहरूले हामीलाई सत्वगुणमा रहन सहायता गर्दछन् । सत्वगुणबिना यो सम्भव छैन । तर कृष्णभावनामृत यति असल छ कि रजोगुण तथा तमोगुणमा रहेका मानिसहरू समेत, तिनीहरू पनि तत्काल सत्वगुणको स्तरमा आउन सक्दछन्, शर्त यो हो कि उसले चार नियमहरू पालन गर्न तथा हरे कृष्ण महामन्त्रको जप गर्न स्वीकार गर्नुपर्र्दछ । यो हरे कृष्ण महामन्त्रको जप तथा चार नियमहरू पालन गरेपछि तिमी अखण्ड रुपमा सत्वगुणमा स्थित हुन सक्दछौ । ढुक्क होऊ । निस्सन्देह । के यो त्यति कठिन छ र ? उफ् ? त्यो ठीक छ ।