NE/Prabhupada 0824 - आध्यात्मिक जगतमा कुनै विवाद हुँदैन

Revision as of 10:42, 26 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0824 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

751101 - Lecture BG 07.05 - Nairobi


यदि तपाईं मनुष्यको स्वभावलाई अध्ययन गर्नुहुन्छ भने मनुष्यमा हुने सम्पूर्ण स्वभावहरू भगवान्सँग पनि हुन्छ । तर भगवान्को स्वभाव चाहीँ परिपूर्ण तथा असीमित हुन्छ र हामीसँग यी सबै रासायनिक गुणहरू छन् — तर अत्यन्त सूक्ष्म मात्रामा । र भौतिक सम्पर्कमा आउँदा ती सबै अपूर्ण बन्न पुग्दछन् । त्यसकारण, यदि तपाईं भौतिक बन्धनबाट मुक्त हुनुभयो भने तपाईं परिपूर्ण बन्नुहुनेछ । तपाईं बुझ्न सक्नुुहुन्छ कि “म भगवान्जस्तै छु तर भगवान् अति महान् हुनुुहुन्छ र म अत्यन्त, अत्यन्त सानो छु ।” त्यसलाई आत्मा–साक्षात्कार भनिन्छ । त्यसलाई आत्मा–साक्षात्कार भनिन्छ । यदि तपाईं आफूलाई भगवान्समान सोच्नुहुन्छ भने त्यो तपाईंको मूर्खता हो । तपाईं गुणअनुसार भगवान्जस्तै हुनुहुन्छ तर परिमाणअनुसार तपाईं भगवान्जस्तो महान् हुनुहुन्न । यसलाई आत्मा–साक्षात्कार भनिन्छ । त्यसकारण, शास्त्रले भन्दछ कि “यदि आध्यात्मिक झिल्कोको सूक्ष्म भाग परमपूर्णसँग समान हुने भए त्यो झिल्को कसरी उहाँको अधीनमा आयो त ?” यो एउटा तर्क हो । हामी कसैको अधीनमा छौँ । भौतिक वातावरणमा हुँदा हामी पूर्ण रुपमा नियन्त्रणमा रहन्छौँ । तर जब हामी आध्यात्मिक रुपले मुक्त हुन्छौँ तब पनि हामी भगवान्को अधीनमै हुन्छौँ किनभने भगवान् सधैँ महान् नै रहनुहुन्छ र हामी सधैँ उहाँभन्दा सानो नै रहन्छौँ । त्यसकारण, वैकुण्ठ जगतमा कुनै पनि विवाद हुँदैन । भगवान् महान् हुनुहुन्छ र हामी साना छौँ, वैकुण्ठ जगतमा यसबारे कुनै विवाद हुँदैन । त्यसलाई वैकुण्ठ जगत भनिन्छ । तर भौतिक संसारमा “भगवान् महान् हुनुहुन्छ र हामी साना छौँ” भन्यो भने विवाद उत्पन्न हुन्छ । यही नै भौतिक संसार हो । भौतिक जगत तथा वैकुण्ठ जगतबीच रहेको भिन्नतालाई बुझ्ने प्रयास गर्नुहोस् । सम्पूर्ण जीवात्माहरू भगवान्का अत्यन्त सूक्ष्म अंश हुन्, तर वैकुण्ठ जगतमा सबैजना आफ्नो स्वरुपका बारेमा सचेत हुन्छन् । त्यहाँका जीवात्माहरू जान्दछन्, “मेरो स्थान के हो ? म भगवान्को सूक्ष्म अंश हुँ ।” त्यसकारण, त्यहाँ कुनै पनि विवाद हुँदैन । फलस्वरुप, त्यहाँ सबै कुरा अत्यन्त राम्रोसँग चलिरहेको हुन्छ । तर यहाँ भौतिक जगतमा....हुन त जीवात्मा भगवान्कै सानो अंश हो तर भौतिक जगतमा विवाद हुन्छ । जीवात्माले गलत रुपले ठान्दछ “म भगवान्समान छु ।” यो भौतिक जीवन हो । र मुक्ति भनेको... जब हामी जीवनसम्बन्धी गलत धारणाबाट मुक्त हुन्छौँ, त्यसलाई मुक्ति भनिन्छ । मुक्ति भनेको...त्यसकारण, सम्पूर्ण भक्तहरू जसले आधारभूत रुपले स्वीकार गरेका छन् कि “भगवान् महान् हुनुहुन्छ; र म उहाँको अत्यन्त, अत्यन्त सानो कण हुँ । त्यसकारण, सानाले ठूलाको सेवा गरेजस्तै मेरो वास्तविक दायित्व भगवान्को सेवा गर्नु हो ।” यसलाई मुक्ति भनिन्छ । यसलाई मुक्ति भनिन्छ । त्यसकारण, प्रत्येक भक्त जसले यो सिद्धान्तलाई स्वीकारेका छन्ः “भगवान् महान् हुनुहुन्छ र म अत्यन्त सूक्ष्म छु । मैले महान् (भगवान्) को सेवा गर्नुपर्दछ....” यो जीवात्माको प्रकृति हो । सबैजना कार्यालय जान्छन्, कारखानामा जान्छन्, काममा जान्छन् । यो के हो ? तिनीहरू सबैले आफूभन्दा ठूलाको सेवा गरिरहेका छन् । नत्र ऊ घरमै बस्न सक्दछ । ऊ किन कारखाना अथवा कार्यालयतिर गइरहेको छ ? यही नै नियम हो, सानाले ठूलाको सेवा गर्दछन् । त्यसकारण, भगवान् सबैभन्दा महान् हुनुहुन्छ । अणोरणीयान् महतो महीयान् (कठोपनिषद १।२।२०) । त्यसोभए, तपाईंको दायित्व के हो ? उहाँको सेवा गर्नु, यत्ति हो । यही नै स्वाभाविक अवस्था हो । भौतिक संसारमा उसले कसै न कसैको सेवा गरि नै रहन्छ, आफ्नो रोजीरोटीका लागि पनि उसले कसैको सेवा गर्नुपर्दछ; तर अझै पनि ऊ ठान्दछ,“म भगवान् हुँ ।” हेर्नुहोस्, ऊ कस्तो किसिमको भगवान् हो । (हाँसो चल्छ) यो बदमाशी हो, ऊ आफूलाई भगवान् ठानिरहेको छ । यदि उसलाई कार्यालयबाट गलहत्याएर निकालियो भने उसले रोजीरोटी पाउँदैन तापनि उसले आफूलाई भगवान् ठान्दछ । यो भौतिक संसार हो । सबैजना सोचिरहेका छन्, “म भगवान् हुँ ।” त्यसकारण, तिनीहरूलाई मूढ र बदमाश भनिन्छ । तिनीहरू भगवान्को शरण लिँदैनन् । न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः । माययापहृत–ज्ञानाः ...(भगवद्गीता ७।१५) न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः । माययापहृत–ज्ञानाः ...(भगवद्गीता ७।१५) अपहृतज्ञानाः । उसले वास्तविक ज्ञान गुमाएको छ । ऊ सानो छ, भगवान् महान् हुनुहुन्छ, त्यसकारण, उसको दायित्व नै भगवान्को सेवा गर्नु हो भन्ने कुरा उसले जान्दैन । यो लक्षण हो । र तपाईंले एउटै लक्षणबाट सबै कुरा बुझ्न सक्नुहुन्छ । जस्तै, भातको भाँडोबाट एउटा भातको सितोलाई परीक्षण गरेपछि सम्पूर्ण भातको स्थिति बुझ्न सकिन्छ, त्यसैगरी, एउटै लक्षणबाट तपाईंले बदमाशलाई चिन्न सक्नुहुन्छ केवल एउटै लक्षणबाट । त्यो लक्षण के हो ? न मां प्रपद्यन्ते । ऊ कृष्णको भक्त होइन, ऊ एउटा बदमाश हो । यत्ति नै हो । तपाईंले तत्काल थाहा पाउन सक्नुहुन्छ, केही पनि बिचार गर्नुपर्दैन, कि जो कृष्णको भक्त छैन, जो कृष्णको शरण लिन तत्पर छैन, ऊ बदमाश हो । यही नै हो । यही नै हाम्रो निष्कर्ष हो ।

धेरै धेरै धन्यवाद । हरे कृष्ण ।