NE/Prabhupada 0908 - यदि कृष्णले अनुमति दिनुभएन भने म कहिल्यै पनि सुखी हुने छैन

Revision as of 06:51, 8 June 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0908 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

730418 - Lecture SB 01.08.26 - Los Angeles


म सुखी हुने प्रयास गर्न सक्छु तर यदि कृष्णले अनुमति दिनुभएन भने म कहिल्यै पनि सुखी हुने छैन

नातासम्बन्धमा जेसुकै होस्....ठीक प्रह्लाद महाराजजस्तै । प्रह्लाद महाराज उभिइरहनुभएको छ उहाँको पिताको हत्या भइरहेको छ । के यो नैतिकता हो ? के तपाईं आफ्नो अगाडि आफ्ना पिताको हत्या भइरहेको देख्न मन पराउनुहुन्छ ? र हत्या हुँदा चुप लागेर बस्नुहुन्छ ? तपाईं हत्याको विरोध गर्नुहुन्न भने के त्यो नैतिकता हो ? यो नैतिकता हो भनेर कसैले पनि यसलाई स्वीकार गर्नेछैन, अहँ । तर वास्तवमै यस्तो भयो कि हिरण्यकशिपुको हत्या भइरहेको थियो... यहाँ हामीसँग यसको चित्र पनि छ र यहाँ प्रल्हाद महाराज आफ्ना पिताको हत्यारालाई माला लगाइदिँदै हुनुहुन्छ । (हाँसो चल्छ) “प्रिय हत्यारा भगवान्, हजुर यो माला लगाउनुहोस् । हजुर मेरा पितालाई हत्या गर्दै हुनुहुन्छ । हजुर अत्यन्त असल मानिस हुनुहुन्छ ।” (हाँसो चल्छ) हेर्नुहोस् त । यो आध्यात्मिक समझ हो । कसैले पनि अनुमति दिँदैन....यदि तिमी आफ्नो पितालाई सुरक्षा दिन सक्दैनौ भने तिमीले कम्तीमा विरोध त गर्नैपर्दछ, तिमी रुनै पर्दछ: “यहाँ मेरा पिताको हत्या हुँदैछ । यहाँ आउनुहोस्, आउनुहोस्, आउनुहोस् । सहायता गर्नुहोस्....” तर होइन । यहाँ प्रल्हाद महाराज त माला लिएर तयार हुनुभएको छ । जब प्रल्हादका पिताको हत्या भयो त्यसपछि प्रल्हादले नृसिंहदेवलाई भन्नुभयो: “प्रिय भगवान्, अब मेरा पिताको मृत्यु भइसकेको छ । त्यसकारण, सबैजना खुशी भएका छन् । अब कृपया आफ्नो क्रोध–भाव शान्त पार्नुहोस् ।” कोही पनि दुःखी भएको छैन । प्रह्लादले यही शब्द बोल्नुभयो । मोदेत साधुरपि वृश्चिक–सर्प–हत्या (श्रीमद्भागवत ७।९।१४) । एउटा साधुले कसैको पनि हत्या गर्ने अनुमति दिँदैन । कदापि दिँदैन । उसले पशुहत्याको समेत अनुमति दिँदैन । एउटा साधुले यस्तो अनुमति दिँदैन । एउटा पशुलाई किन हत्या गर्ने ? यो साधुको स्वभाव हो । तर प्रल्हाद महाराज भन्नुहुन्छ: मोदेत साधुरपि । एउटा साधु पनि खुशी हुन्छ । कहिले ? जब एउटा बिच्छी अथवा सर्पको हत्या हुन्छ तब साधु पनि खुशी हुन्छ । हुन त तिनीहरू पनि जीवित प्राणी हुन् । एउटा साधु कुनै जीवित प्राणीको हत्या भएको देखेर कदापि सन्तुष्ट हुँदैन । तर प्रल्हाद महाराज भन्नुहुन्छ: “सर्प अथवा बिच्छीको हत्या हुँदा एउटा साधु समेत प्रसन्न हुन्छन् । तर प्रल्हाद महाराज भन्नुहुन्छ: “सर्प अथवा बिच्छीको हत्या हुँदा एउटा साधु समेत प्रसन्न हुन्छन् । त्यसकारण, उहाँको हत्या हुँदा सबैजना खुशी भएका छन् ।” यस्ता असुरहरू जसले भक्तहरूलाई केवल दुःख मात्र दिन्छन्, यस्ता अत्यन्त खतरनाक असुरहरू । जब यस्ता असुरहरूको हत्या गरिन्छ तब सन्त पुरुषहरू समेत सन्तुष्ट हुन्छन् । हुन त सन्त पुरुषहरू कसैको पनि हत्या भएको देख्न चाहँदैनन् । त्यसकारण, कृष्ण अकिञ्चन–वित्त हुनुहुुन्छ । भौतिक रूपले आफ्नो सर्वस्व गुमाएको मानिसका लागि कृष्ण मात्र एउटा सान्त्वना हुनुहुन्छ । त्यसकारण, कृष्ण यति दयालु हुुनुहुन्छ कि यदि कसैले भौतिक ऐश्वर्य चाहन्छ र, र साथसाथै, भक्त पनि बन्न चाहन्छ भने.... श्रीचैतन्य चरितामृतमा उल्लेख गरिएको छ कि: “कुनै मानिस मलाई चाहन्छ । साथसाथै, ऊ भौतिक प्रगति पनि चाहन्छ भने.... ऊ एउटा मूर्ख हो । ऊ एउटा मूर्ख हो ।” त्यसकारण, मानिसहरू कृष्णभावनामृतमा आउन अत्यन्त भयभीत हुन्छन् । ओहो, मेरो भौतिक ऐश्वर्य समाप्त हुनेछ ।” किनभने तिनीहरू यो चाहँदैनन् । तिनीहरू भौतिक ऐश्वर्यमै चिप्किरहन चाहन्छन्.... साधारणतया, मानिसहरू चर्च अथवा मन्दिरमा भौतिक प्रगतिका लागि जाने गर्दछन् । “हे भगवान् हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस् ।” यही नै भौतिक सम्पन्नता हो । अथवा “मलाई यो दिनुहोस्, मलाई त्यो दिनुहोस् ।” तर यस्तो कर्मलाई पुण्यकर्म नै मानिन्छ किनभने तिनीहरू भगवान्को नजिक आएका छन् । तर नास्तिक मानिसहरू, तिनीहरू भगवान्को नजिक जाँदैनन् । उनीहरू भन्दछन: म किन भगवान्को नजिक जानुप¥यो ? म आफैँ धनको सृष्टि गर्नेछु, विज्ञानमा भइरहेको प्रगति देखेर म खुशी हुनेछु ।” यस्ता मानिसहरूलाई सबैभन्दा पापी भनिन्छ, यस्तो भन्ने मानिस, कि: “मेरो सुखशान्तिका लागि म मेरो आफ्नै शक्ति तथा ज्ञानमा भर पर्नेछु ।” तिनीहरु दुष्कृतिनः हुन् | तर जसले सोच्छ कि “मेरो सम्वृद्धि भगवान्को कृपामा निर्भर छ ।” भन्दछ भने ऊ पुण्यात्मा हो । किनभने आखिर भगवान्को अनुमति नभएसम्म केही पनि हासिल गर्न सकिँदैन । यो सत्य हो । तावद् तनुरिदं तनूपेक्षितानाम् (?) । यो पनि शास्त्रकै वाणी हो... कि हामीले आफ्नो निराशाजनक स्थितिलाई न्यूनीकरण गर्नका लागि अनेक उपायहरूको आविष्कार गरेका छौँ, कि हामीले आफ्नो निराशाजनक स्थितिलाई न्यूनीकरण गर्नका लागि अनेक उपायहरूको आविष्कार गरेका छौँ, उदाहरणार्थ, तिमीहरूले राम्रा–राम्रा औषधी तथा सुयोग्य चिकित्सक फेला पार्यौ भने । त्यो ठीक छ । तर जब एउटा मानिस बिरामी हुन्छ तब चिकित्सकलाई सोध: “के हजुर यो बिरामीको जीवनको ग्यारेण्टी लिन सक्नुहुन्छ ?” उसले कहिल्यै पनि सक्छु भन्ने छैन: “अहँ, म सक्दिनँ । म सक्दिनँ । म सक्दो प्रयास गर्नेछु । यत्ति हो ।” यसको अर्थ ह: भगवानले नै अनुमति दिनुहुन्छ । "म केवल माध्यम हुँ | यदि भगवानले म जीवित भएको चाहनुहुँदैन भने मेरा सम्पूर्ण औषधीहरू, मेरा सबै वैज्ञानिक ज्ञानहरू र चिकित्सासम्बन्धी ज्ञानहरू सबै असफल हुनेछन् ।” मेरा सम्पूर्ण औषधीहरू, मेरा सबै वैज्ञानिक ज्ञानहरू र चिकित्सासम्बन्धी ज्ञानहरू सबै असफल हुनेछन् ।” तिनीहरू सबै मूढ अर्थात् बदमाश हुन् । तिमी जे पनि गरिरहेका छौ त्यो अत्यन्त राम्रो हो, तर अन्ततः यदि भगवान् श्रीकृष्णले त्यसको अनुमति दिनुभएन भने त्यो असफल हुनेछ । तिनीहरू यो जान्दैनन् । त्यसकारण, तिनीहरू मूढ हुन् । र एउटा भक्तले जान्दछ कि: “मसँग भएको बुद्धिद्वारा म खुशी हुने प्रयास गर्न सक्छु, तर यदि कृष्णले अनुमति दिनुभएन भने म कदापि खुशी हुनेछैन ।” भक्त तथा अभक्तबीच हुने भिन्नता यही नै हो ।