"म आफ्नो शिष्यहरूलाई भन्छु, "यहाँ कृष्ण हुनुहुन्छ। उहाँ स्वयं भगवान् हुनुहुन्छ। तिमी केवल शरण ग्रहण गर, अनि तिम्रो जीवन सफल हुन्छ" र यिनीहरू त्यो गरी रहेका छन्। यो कुनै गाह्रो होइन, केवल जे हो त्यो स्विकार्ने हो। यो वेदको आज्ञा हो। यसमा व्यर्थ शुष्क चिन्तन गरे तपाईँ धूर्त कहलिनु हुन्छ। तब, ठिक असर हुँदैन। जस्तै एक डाक्टरले भन्छ, "यो औषधी यति-यति पटक खानुस्" र यदि तपाईँ भन्नुहुन्छ, "नाइँ, म अरू पनि प्रयोग अपनाउँछु", भने ठिक असर हुँदैन। त्यसै गरी, मैले भनेको जस्तै, तपाईँले नुन पनि ठिक मात्रा राख्नु पर्छ। धेरै पनि होइन, थोरै पनि होइन। यो वैदिक ज्ञान हो। तपाईँले एक शब्द पनि व्याख्या गर्न पाउनु हुन्न। यथा रूप ग्रहण गर्नु पर्ने हुन्छ; नत्र यो प्रभावकारी हुन्न। र यो व्यावहारिक रूपमा गरिएको छ। म साह्रै सावधान छु कि म मिलावट नगरूँ र यो प्रभावकारी होओस्।
|