NE/740531 प्रवचन - श्रील प्रभुपाद जेनेभामा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
व्यासदेवले आफ्नो गुरु नारदको निर्देश अनुसार भक्ति योगले ध्यान गर्नु भयो र उहाँले परम पुरुषोत्तम भगवान्को दर्शन प्राप्त गर्नु भयो । अपश्यत्पुरुषं पूर्णं । पूर्णं भनेको पुरा हो । त्यसैले हामी पनि पुरुष हौँ, जीव हौँ । पुरुष भनेको भोक्ता हो । त्यसैले हामीले भोग गर्न खोज्दै छौँ तर अपूर्ण छौँ , पूर्ण छैनौँ । हामीमा भोग्न कति धेरै इच्छा छ तर सक्दैनौँ किनकि हामी अपूर्ण छौँ । विद्यापतिले गाएको एउटा गीत छ:  तातल सैकेते वारि-बिंदु-सम (श्रील विद्यापति ठाकुर) । तातल सैकते । तातो समुद्र तटमा हामीलाई निकै धेरै पानी चाहिन्छ । तर यदि कसैले "हो । मैले पानी वितरण गर्छु" भन्छ भने "अलिकति पानी मलाई दिनुहोस्" भन्दा उ भन्छ "होइन एक थोपा पानी दिन्छु" । त्यसले मलाई आराम दिन्न । अतः हामीसँग धेरै इच्छाहरू छन् । भौतिक जीवनले यो पुरा हुँदैन । यो सम्भव छैन । 
740531 - प्रवचन SB 01.07.06 - जेनेभा