NE/740617 बिहानको पैदल यात्रा - श्रील प्रभुपाद जर्मनीमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
पश्चिमीहरूका लागि शरीर महत्त्वपूर्ण कुरा होइन, आत्मा महत्त्वपूर्ण कुरा हो भन्ने कुरा बुझ्न धेरै गाह्रो छ। पहिले त उनीहरूलाई आत्मा के हो भनेर थाहा हुँदैन, त्यसपछि महत्त्वको बारेमा । यो अवस्था हो उनीहरूको र यदि कसैले आत्मा के हो भनेर बुझ्न सक्दैन भने, भगवान्को बारेमा के बुझ्छ त ? यदि कसैले यो सूक्ष्म कणको बारेमा बुझ्न सक्दैन भने उसले सर्वोच्चलाई कसरी बुझ्छ र ? प्रयोगशालामा यदि कसैले सूक्ष्म कणको परीक्षण गर्छ, जस्तै तपाईँ अलिकति समुद्रको पानी लिनुहोस्, विश्लेषण गर्नुहोस्, तपाईँ रासायनिक परीक्षण गर्नुहोस्, तब तपाईँले समुद्रको पानीको संरचना बुझ्न सक्नुहुन्छ । तर समुद्रको एक सानो थोपाको बारे पानी थाहा छैन भने तपाईँले समुद्रलाई कसरी बुझ्न सक्नु हुन्छ ? यो अवस्था हो उनीहरूको ।  तिनीहरूले जीव आत्मा, जुन हामी छौ त्यो पनि बुझ्दैनन् । मात्र "आत्मा छैन" भन्दै ढाकछोप गर्छन् । यद्यपि तिनीहरूले प्रमाणित गर्न सक्दैनन् तर भन्छन् कि पदार्थबाट जीवन उत्पन्न हुन्छ ।
740617 - बिहानको पैदल यात्रा - जर्मनी