"हामीले सबै भन्दा पहिले यो बुझ्नु पर्छ कि हाम्रा इन्द्रियहरू अपूर्ण छन्। जसरी हामी यो कोठामा बसिरहेका छौँ। हामीले आँखाहरू पाएका छौँ, तर हामी यो पर्खालभन्दा बाहिर के भइरहेको छ, देख्न सक्दैनौँ। सूर्य यो पृथ्वी भन्दा चौध लाख गुना ठुलो छ तर हामीले हेर्दा त्यो एउटा सानो चक्का जस्तै देखिरहेका छौ। अनि, आँखाको पर्दा आँखा निरै छ तैपनि आँखाले देख्दैन। त्यसै गरी यदि बत्ती निभ्यो भने हामी देख्न सक्दैनौँ। त्यसैले, हामी निश्चित अवस्थामा मात्र देख्न सक्छौँ। त्यसो भए हाम्रो दृष्टिमाथि हामी कति निर्भर हुन उपयुक्त होला त? अनि, यदि हामीले टेलिस्कोप बनायौँ भने त्यो पनि अपूर्ण इन्द्रियहरूले बनाएको हो, त्यसैले त्यो पनि पूर्ण छैन। त्यसैले हाम्रो अपूर्ण इन्द्रियहरू चलाएर जे पनि बुझिन्छ, त्यो वास्तविक ज्ञान होइन। वास्तविक ज्ञान बुझ्ने प्रक्रिया भनेको वास्तविक ज्ञान भएको व्यक्तिबाट लिने हो। जसरी हामीले मेरो बुबा को हुनुहुन्छ भनेर चिन्तन वा अनुमान लगायौँ भने मेरो बुवा को हुनुहुन्छ भन्ने कुरा कहिल्यै बुझ्न सकिँदैन। तर आमाको शब्दबाट भने सिद्ध हुन्छ। जस्तै, "उहाँ तिम्रो बुबा हो" भने पछि थाहा हुन्छ। त्यसैले ज्ञानको प्रक्रिया अनुमान गर्नु होइन, सिद्ध व्यक्तिबाट प्राप्त गर्नु हो। यदि हामीले शुष्क चिन्तनबाट ज्ञान प्राप्त गर्छौँ भने त्यो पूर्ण ज्ञान हुने छैन।"
|