NE/Prabhupada 0005 - प्रभुपादको जीवन ३ मिनटमा



Interview -- September 24, 1968, Seattle

पत्रकारः के तपाईले अाफ्नाे बारेमा केही बताउन सक्नुहुन्छ ? जस्तै तपाईको शिक्षा दिक्षा कहाँ भएकाे थियाे र कसरी तपाइई कृष्णकाे शिष्य बन्नुभयाे ।

प्रभुपादः मेराे जन्म तथा शिक्षा दिक्षा कलकत्तामा भएकाे थियाे । कलकत्ता मेराे गृह नगर हाे । मेराे जन्म सन् १८९६ मा भएकाे थियाे र म मेराे पिताजीकाे प्रिय पुत्र थिएँ, त्यसकारण मेराे शिक्षा अलि ढिला सुरू भयाे , तापनि , मेरो शिक्षा आठ वर्षसम्म उच्च माध्यामिक, हाइ स्कुलमा भएको थियो । प्राथमिक विद्यालयमा चार वर्ष , उच्च माध्यमिक विद्यालयमा आठ वर्ष , र कलेजमा चार बर्ष । त्यसपछि म गान्धीजीकाे राष्ट्रिय अभियानसँग जाेडिन पुगेँ । र राम्रो संयाेगवस सन् १९९२ मा मैले मेराे गुरू महाराजलाई भेटें । र त्यही समयबाट म यस मार्गमा छु , र विस्तारै मैले गृहस्थ जीवन त्याग गरेँ । मेराे विवाह सन् १९१८ मा भएकाे थियाे जब म तेस्राे वर्षकाे विद्यार्थी थिएँ । र मेरा बच्चाहरू पनि भए । म व्यापार गरीरहेकाे थिएँ । सन् १९५४ मा मैले गृहस्थ जीवन त्यागिदिएँ । चार वर्षसम्म म एक्लै थिएँ , बिना परिवारकाे । त्यसपछि मैले सन् १९५९ मा सन्यास लिएँ । त्यसपछि मैले पुस्तक लेखनमा अाफुलाई समर्पित गरेँ । मेराे पहिलाे प्रकाशन सन् १९६२ मा अायाे , जसमा तीनवटा पुस्तक थिए र सन् १९६५ मा तपाइँको देशतर्फ लागेँ र यहाँ सेप्टेम्बर१९६५मा अाइपुगेँ । त्यही समयबाट, म अमेरिका, क्यानडा र युराेपमा कृष्णभावनामृतकाे प्रचार गर्ने प्रयास गरीरहकाे छु । र विस्तारै केन्द्रहरूका विस्तार भइरहेका छन्। शिष्यहरू पनि बढिरहेका छन् । हेराैँ अब अघाडि के गर्न सकिन्छ।

पत्रकारः स्वयं तपाई शिष्य कसरी बन्नु भयाे ? तपाई के हुनुहुन्थ्याे वा शिष्य बन्नु अघि कसकाे पालना गर्नुहुन्थ्याे ?

प्रभुपादः त्यही सिद्धान्त जुन मैले पहिले भनें , अास्था । मेराे एउटा साथीले मलाई तानेर बलपूर्वक मेराे गुरू महाराजकाे समीपमा लगे । र जब मैले मेराे गुरूसंग संवाद गरेँ , म प्रेरित भएँ । त्यही समयबाट अंकुरकाे सुरूवात भयाे ।