NE/Prabhupada 0011 - एकले कृष्णको पूजा मनबाट गर्न सक्छ



Lecture on BG 4.28 -- Bombay, April 17, 1974

भक्तिरसामृत-सिन्धुमा एउटा कथा छ ... कथा होइन | वास्तविकता | त्यसमा वर्णित छ कि एउटा ब्राह्मण जो भगवानका परम भक्त थिए, उनी मन्दिरमा एक विशेष प्रकारको अर्चना प्रदान गर्न चाहन्थे | तर उनीसँग पैसा थिएन |

एकदिन उनी भागवत् कथा सुनिरहेका थिए र उनले सुने कि कृष्ण लाई मानसिक रुपमा पनि पूजा गर्न सकिन्छ | उनले यो अवसर आत्मसात् गरे किनभने उनी धेरै लामो समय देखि यस बारे विचार गर्दैथे, कृष्णलाई कसरी सानदार ढंगमा पूजा गर्ने , तर उनीसँग पैसा थिएन |

र जब उनले यो थाहा पाए कि हामीले कृष्णलाई मानसिक रुपमा पनि पूजा गर्न सक्छौं, गोदावरी नदीमा स्नान गरेपछि उनी रुखको मुनि बसे र मनभित्र उनले विशिष्ठ प्रकारको राजसिंहासन तयार गरे जुन रत्नहरु जडित थियो र अर्च-विग्रहलाई आसनमा विराजमान गराएर उनी विग्रहलाई स्नान गराउँदै थिए, गंगा, यमुना, गोदावरी, नर्मदा, कावेरीका जलले | त्यसपछि उनले अर्च-विग्रहलाई राम्रो वस्त्र पहिर्याए, त्यसपछि पुष्प, मालाले पूजा-अर्चना गरे |

त्यसपछि उनी राम्ररी भोग पकाउँदै थिए , उनी परमान्न वा खीर पकाउँदै थिए | त्यो चिसो छ कि तातो छ भनेर उनी त्यसलाई परिक्षण गर्न चाहन्थे | किनकि परमान्न चिसो रुपमा लिइन्छ | परमान्न तातो लिइदैन | उनले आफ्नो औंला परमान्नमा राख्दा उनको औंला तातोले पोल्यो | त्यसपछि उनको ध्यान भङ्ग भयो, किनभने त्यहाँ केहि थिएन | उनले हरेक कार्य केवल मानसिक रुपले गरिरहेका थिए | तर उनले देखे कि उनका औंला जलेका छन् | उनी अचम्मित भए |

वैकुण्ठमा नारायण मुस्कुराउँदै हुनुहुन्थ्यो | लक्ष्मीजीले सोध्नुभयो," तपाई किन मुस्कुराउँदै हुनुहुन्छ ?" "मेरा एक भक्तले यसरी आराधना गरिरहेका छन् | उसलाई छिट्टै वैकुण्ठमा ल्याउनलाई मेरा मानिसहरु पठाऊ |"

त्यसकारण भक्ति-योग यति राम्रो छ कि यदि तपाईसँग अर्च-विगर्हलाई भव्य रुपमा पूजा-अर्चना गर्ने साधन छैने भने पनि तपाईले यसलाई मानसिक रुपमा गर्न सक्नुहुन्छ | त्यो पनि सम्भव छ |