NE/Prabhupada 0014 - भक्तहरु महान हुन्छन्



The Nectar of Devotion -- Calcutta, January 30, 1973

एक भक्तको लागि, कृष्ण आफ्नो हात भित्र हुनुहुन्छ। अजित​, जितो ऽप्य् असौ | यद्यपि कृष्णलाई कसैले जित्न सक्दैन, तर उहाँ आफ्ना भक्तद्वारा पराजित हुन रुचाउनुहुन्छ । त्यस्तो स्थिति छ। जस्तै उहाँ स्वेच्छाले माता यशोदाद्वारा पराजित हुनुभयो, राधारानीद्वारा पराजित हुनुभयो, आफ्ना मित्रहरुद्वारा पराजित हुनुभयो | कृष्ण पराजित हुनुहुन्थ्यो र आफ्नो मित्रलाई काँधमा बोक्नुपर्थ्यो |

व्यावहारिक रूपमा हामीले देख्छौं कि कहिलेकहीं राजाले आफ्ना सहयोगीहरुका बीचमा एउटा जोकर राख्छन् र कहिलेकहीं जोकरले ठट्टा गर्दै राजाको अपमान गर्छ तर राजाले त्यसबाट आनन्द प्राप्त गर्छन् | जोकरले कहिलेकहीं..... जस्तै बंगालमा एउटा प्रसिद्द जोकर छन् , गोपाल बन | एक दिन राजाले उनलाई सोधे, "गोपाल, तिमी र गधा के भिन्नता छ?" उनले तुरुन्तै राजासँगको दूरी नपे | उनले भने "महोदय, मात्र तीन फीट | भिन्नता मात्र तीन फीट छ।" सबै हाँस्न थाले | र राजाले त्यो अपमानमा आनन्द प्राप्त गरे | किनभने कहिलेकहीं यो आवश्यक हुन्छ |

त्यसकारण कृष्णले पनि... सबजना उनको असाधारण स्थानको प्रशंसा गर्छन् | त्यो कृष्णको स्थान हो - सर्वोच्च भगवान् | वैकुण्ठमा प्रशंसामात्र हुन्छ | त्यहाँ यस्तो कुनै कुरा छैन। तर वृन्दावनमा कृष्ण उहाँको भक्तबाट अपमान स्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ । मानिसहरूलाई थाहा छैन कि वृन्दावनको जीवन के हो । भक्तहरु धेरै महान हुन्छन्। राधारानीले आदेश दिनुहुन्छ, "कृष्णलाई यहाँ भित्र आउन नदेऊ ।" कृष्ण भित्र आउन पाउनुहुन्न |

उहाँले अन्य गोपीहरुको चापलूसी गर्नुहुन्छ : "कृपया मलाई त्यहाँ जाने अनुमति देऊ ।"

"हुँदैन, हुँदैन । आदेश छैन । तपाई जान सक्नुहुन्न ।"

कृष्णलाई त्यस्तो मनपर्छ |