NE/Prabhupada 0018 - गुरुको चरणकमलमा दृढ श्रद्धा



Lecture on SB 6.1.26-27 -- Philadelphia, July 12, 1975

प्रभुपादः हामीले यो समयलाई समाधान निकाल्न उपयोग गर्नुपर्छ, निरन्तर मर्ने र पुनः अर्को शरीर धारण गर्ने जीवनको समस्याको समाधान | उचित गुरुकहाँ नगएसम्म कसरी बुझ्न सकिनेछ ? यसै कारणले शास्त्रमा भनिएको छ, तद्-विज्ञानार्थम्: "यदि तिमीलाई जीवनका वास्तविक समस्या थाहा पाउने इच्छा छ, यदि तिमी कृष्ण भावनाभावित बन्न चाहन्छौ, यदि शाश्वत जीवन पाएर भगवद्-धाममा जान चाहन्छौ भने तिमी गुरु समक्ष जानुपर्छ।" र गुरु को हुन् ? यो निकै सरल कुरा हो । गुरुले कहिल्यै कुनै विचार उत्पादन गर्दैनन् कि "तिमीले यसो गर र मलाई पैसा देऊ, तिमी खुसी हुन्छौ |" ती गुरु होइनन् | त्यो धन कमाउने अर्को उपाय हो | यहाँ भनिएको छ, मुढ, सबजना मुर्खको स्वर्गमा बाँच्दैछन्, अजामीलले जस्तै आफ्ना विचार उत्पादन गर्दैछन्........ कसैले भन्छन् "यो मरो कर्तव्य हो", कसैले......ऊ मूर्ख हो | तिमीले गुरुप्रतिको आफ्नो कर्तव्य थाहा पाउनुपर्छ | तिमीहरुले दैनिक गाउँछौ, गुरु-मुख​-पद्म​-वाक्य​, चित्तेते कोरिया ऐक्य​, आर् ना कोरिहो मने आशा | यही हो जीवन । गुरु मुख पद्म..... तिमीहरुले प्रामाणिक गुरु स्वीकार गर्नुपर्छ र उहाँले दिनुभएको आज्ञा पालन गर्नुपर्छ | तब तिमीहरुको जीवन सफल हुन्छ।आर् ना कोरिहो मने आशा | तिमीहरु मुर्ख, तिमीहरुले अरु केहि आशा नगर | के तिमीहरुले दैनिक यस्तो गाउँदैनौ ? तर के तिमीहरुलाई त्यसको अर्थ थाहा छ ? वा तिमीहरुले केवल गाउँछौ मात्र ? यसको अर्थ के हो ? कसले व्याख्या गर्नेछ ? कसैलाई थाहा छ ? हँ, यसको अर्थ के हो?

भक्तः "मेरो एक मात्र इच्छा यो छ कि मेरो मन शुद्ध होस्, गुरुका मुखारविन्दबाट निस्किएका वाणीले । यो बाहेक मेरो अर्को कुनै इच्छा छैन।"

प्रभुपादः हो । यो आज्ञा छ | गुरु मुख पद्म वाक्य, चित्तेते कोरिया ऐक्य​ | चित्त भनेको चेतना अथवा हृदय । "म यहि मात्र गर्नेछु, बस् | मलाई मेरो गुरु माहाराजले भन्नुभएको छ; म यो गर्नेछु।" चित्तेते कोरिया ऐक्य​, आर् ना कोरिहो मने आशा। यो मेरो घमण्ड होइन तर म तिमीहरुको उपदेशको निमित्त भन्न सक्छु कि मैले यो गरें | तसर्थ मेरा गुरुभाईभन्दा बढी जे पनि सफलता तिमीले देख्छौ, यसको कारण यहि हो | मसँग कुनै क्षमता छैन, तर मैले आफ्ना गुरुको आज्ञालाई आफ्नो जीवन र आत्मा सरह लिएँ । यो सत्य हो । गुरु मुख​-पद्म​-वाक्य​, चित्तेते कोरिया ऐक्य​ | सबैले यसो गर्नुपर्छ। तर यदी कसैले यसमा थपथाप वा फेरबदल गर्दछ भने उसको अन्त्य हुन्छ । थपथाप,फेरबदल गर्नुहुन्न । तिमीहरु गुरुको शरणमा जानुपर्छ- गुरु भगवान् कृष्णका आज्ञाकारी दास हुनुहुन्छ र उहाँको आदेशलाई पालन गरेर सेवा गर्नुपर्छ। तब तिमीहरु सफल हुन्छौ | यदि तिमीहरूले कल्पना गर्छौ भने,"म गुरुभन्दा धेरै बुद्धिमान छु र मैले थपथाप वा फेरबदल गर्न सक्छु", तब तिम्रो अन्त्य हुन्छ | यो एकमात्र उपाय हो | अनि अगाडी गाऊ |

भक्तः श्री-गुरु-चरणे रति, एइ से उत्तम​-गति |

प्रभुपादः श्री-गुरु चरणे रति, एइ से उत्तम​-गति | यदी तिमीहरु प्रगति गर्न चाहन्छौ भने आफ्नो गुरुप्रति पूर्ण निष्ठा हुनुपर्छ। अनि ?

भक्तः ये प्रसादे पुरे सर्व आशा।

प्रभुपादः ये प्रसादे पुरे सर्व आशा | यस्य प्रसादात्..... यो सम्पूर्ण वैष्णव सिद्धान्तको उपदेश हो | जबसम्म हामीले यसो गर्दैनौं, हामी मुढ रहन्छौं र यसको वर्णन अजामिल-उपाख्यानमा गरिएको छ | हामीले आज यो श्लोक पढ्दैछौं, स एवं वर्तमानः अज्ञः। फेरी उनले भन्छन् | व्यासदेवले भनेका छन् कि "यो धुर्त आफ्नो छोरा नारायणको नामको सेवामा अवस्थित थियो |" उसलाई थाहा थिएन......"यो बेकार नारायण के हो ?" उसलाई आफ्नो छोरो थाहा थियो | तर नारायाण यति कृपालु हुनुहुन्छ कि उसले निरन्तर आफ्नो छोरोलाई बोलाउँथ्यो, "नारायण, कृपया यता आऊ | नारायण, कृपया यो लिऊ," तर कृष्णले सोच्नुहुन्थ्यो कि "उसले नारायण जप्दैछ |" कृष्ण यति धेरै कृपालु हुनुहुन्छ | उसले कहिल्यै सोचेन कि "म नारायणकहाँ जाँदैछु |" आफ्नो स्नेहको कारण उसले आफ्नो छोरोलाई बोलाउँथ्यो | तर उसले नारायणको पवित्र नाम जप्ने अवसर प्राप्त गर्यो | यो उसको राम्रो भाग्य हो | तसर्थ, यसको अनुसार हामीले नाम परिवर्तन गरेका छौं | किन ? किनकि हरेक नाम कृष्णको दास बन्नको निमित्त हो | जस्तै उपेन्द्र | उपेन्द्र अर्थात् वामनदेव | यदि तिमीले "उपेन्द्र, उपेन्द्र" वा त्यस्तै भन्छौ भने उक्त नाम पनि गनिन्छ | त्यसको विवरण पछि दिइनेछ |