NE/Prabhupada 0022 - कृष्ण भाेकाे हुनुहुन्न



Lecture on SB 1.8.18 -- Chicago, July 4, 1974


कृष्ण भन्नुहुन्छ , "मेरा भक्त , प्रेमसहित , "

यो मे भक्त्या प्रयच्छति |
(भ गी ९।२६)

कृष्ण भाेकाे हुनुहुन्न । कृष्ण भाेकाे भएर तपाईकाे अर्पण स्वीकार गर्न अाउनुभएकाे हाेइन । हाेइन । उहाँ भाेकाे हुनुहुन्न । उहाँ स्वयं पूर्ण हुनुहुन्छ , र अाध्यात्मिक संसारमा उहाँ सेवित हुनुहुन्छ , लक्ष्मी-सहस्र​-शत​-सम्भ्रम​-सेव्यमानम्, उहाँ सयौं हजारौं लक्ष्मीद्वारा सेवित हुनुहुन्छ । तर कृष्ण निकै नै कृपालु हुनुहुन्छ , किनभने यदि तपाई कृष्णकाे गम्भीर प्रेमी हुनुहुन्छ भने , उहाँले तपाईकाे पत्रं पुष्पं स्वीकार गर्नुहुन्छ ।

तपाई सबैभन्दा गरीब नै भएपनि तपाईले संकलन गर्न सक्ने वस्तुहरु उहाँले स्वीकार्नुहुन्छ, एउटा पात, थाेरै पानी , एउटा फुल । संसारकाे कुनै पनि भागमा, कुनै पनि व्यक्तिले संकलन गर्न र कृष्णलाई अर्पण गर्न सक्छ । "हे कृष्ण, मसँग अर्पण गर्नकाे लागि केही पनि छैन, म निकै गरीब छु । कृपया याे स्वीकार गर्नुहाेस् । " कृष्णले स्वीकार गर्नुहुनेछ । कृष्ण भन्नुहुन्छ , तद् अहम् अश्नामि, "म खान्छु |" मुख्य कुरा भक्ति हाे , स्नेह , प्रेम ।

त्यसकारण यहाँ अलक्ष्यम् भनिएकाे छ । कृष्ण देखिइनुहुन्न, भगवान् देखिइनुहुन्न, तर उहाँ यति कृपालु हुनुहुन्छ कि उहाँ तपाईकाे अगाडी अाउनुभएकाे छ, तपाईकाे भाैतिक आँखा सामु प्रकट हुनुभएको छ । कृष्ण यस भाैतिक जगतमा भाैतिक अाखाँ सामु देखिइनुहुन्न । जस्तै कृष्णकाे अभिन्न अङ्ग । हामी कृष्णकाे अभिन्न अङ्ग हाैँ , सारा जीवात्मा, तर हामी एक अर्कालाई देख्न सक्दैनौं । तपाईले मलाई देख्न सक्नुहुन्न , म तपाईलाई देख्दिनँ । " हाेइन , म तपाईलाई देख्छु ।" तपाई के देख्नुहुन्छ ? तपाई मेराे शरीर देख्नुहुन्छ । जब अात्मा याे शरीर छाेडेर जान्छ, तपाई किन रूनु हुन्छ," मेराे बुवा जानुभयाे ?" बुवा किन जानुभयाे ? बुवा त यहीं लडिरहनुभएकाे छ । त्यसाेभए तपाईले के देख्नुभयाे ? तपाईले अाफ्नाे बुवाकाे मृत शरीर देख्नुभएकाे छ , तपाईकाे बुवालाई हाेइन । त यदि तपाई श्रीकृष्णकाे अंश , अात्मालाई देख्न सक्नुहुन्न , भने कसरी तपाई कृष्णलाई देख्न सक्नुहुन्छ ?

त्यसकारण शास्त्रमा भनिएको छ ,

अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियैः (चै च मध्य १७।१३६)।

यी कम्जोर भाैतिक आँखाले श्रीकृष्णलाई देख्न सक्दैनन् , वा कृष्णकाे नाम सुन्न सक्दैनन् , नामादी । नामकाे मतलब नाम , रूप , गुण , लीला । यी वस्तुहरू तपाईका अपूर्ण भाैतिक आँखा वा इन्द्रियहरूबाट बुझ्न सकिंदैन । तर यदि यी पवित्र हुन्छन् , सेवोन्मुखे हि जिह्वादौ, यदि यी भक्तिकाे प्रक्रियाबाट पवित्र हुन्छन् भने तपाई श्रीकृष्णलाई सदा र सर्वत्र देख्न सक्नुहुन्छ ।

तर सामान्य व्यक्तिकाे लागि , अलक्ष्यम्: अदृश्य हुनुहुन्छ । कृष्ण सर्वत्र हुनुहुनछ , भगवान् सर्वत्र हुनुहुनछ, अण्डान्तर​-स्थ​-परमाणु-चयान्तर​-स्थम् | अलक्ष्यम् सर्व​-भूतानाम् (श्री भा १।८।१८)| यद्यपि कृष्ण बाहिर र भित्र दुवैतिर हुनुहुन्छ , तैपनि हामी भगवान् श्रीकृष्णलाई तबसम्म देख्न सक्दैनौं जबसम्म हामीसँग उहाँलाई देख्ने आँखा हुँदैनन् । त्यसकारण याे कृष्ण भावनामृत अभियान कृष्णलाई देख्न आँखा खाेल्नकाे निमित्त हाे, र यदि तपाई कृष्णलाई देख्न सक्नुहुन्छ , अन्तः बहिः, तब तपाईकाे जीवन सफल हुन्छ । त्यसकारण शास्त्रमा भनिएको छ, अन्तर् बहिर् । अन्तर् बहिर् यदि हरिस् तपसा ततः किं नान्तर् बहिर् यदि हरिस् तपसा ततः किम् | हरेक व्यक्ति पूर्ण बन्न प्रयासरत छ , तर पूर्णता भनेको जब कुनै व्यक्तिले श्रीकृष्णलाई बाहिर र भित्र देख्न सक्छ । याे नै पूर्णता हाे ।