NE/Prabhupada 0032 - मैले जे बताउनुपर्छ, आफ्ना पुस्तकहरुमा बताएको छु



Arrival Speech -- May 17, 1977, Vrndavana

प्रभुपाद: म बोल्न सक्दिनँ । म धेरै कमजोर अनुभव गर्दैछु | म चन्दिगढ़को कार्यक्रम लगायतका स्थानमा जानुपर्ने थियो, तर मैले उक्त कार्यक्रम पनि रद्द गर्नुपर्यो किनभने मेरो स्वास्थ धेरै बिग्रँदै छ। त्यसैले मैले वृन्दावनमा आउन प्राथमिकता दिएको हुँ । यदी मर्नुपर्यो भने यहि स्थानमा मृत्यु होस् । कुनै नयाँ कुरा भन्नु छैन। मैले जे बताउनु पर्छ, आफ्ना पुस्तकहरुमा बताएको छु । अब तिमीहरूले त्यो बुझ्ने प्रयास गर र आफ्नो प्रयासलाई निरन्तरता देऊ ।

म उपस्थित हुँदा वा नहुँदा केहि फरक पर्दैन | | जसरी कृष्ण शाश्वत रुपमा रहनुहुन्छ, त्यसैगरी जीवहरु पनि शाश्वत रुपमा रहन्छन् । तर कीर्तिर् यस्य स जीवति: "जसले भगवानको सेवा गरेको छ, ऊ सदैव जीवित रहन्छ।" मैले तिमीहरूलाई कृष्णको सेवा गर्न सिकाएको छु, र कृष्णसँग हामी सबै शाश्वत रुपमा रहनेछौं। हाम्रो जीवन शाश्वत हुन्छ | न हन्यते हन्यमाने शरीरे (भ गी २।२०) | यो शरीरको अस्थायी अन्तर्धानको कुनै मतलब हुँदैन । शरीर त अन्तर्धान हुनको लागि हो । तथा देहान्तर प्राप्तिः (भ गी २।१३) | त्यसैले कृष्णको सेवा गर्दै तिमीहरू सदा जीवित होऊ । धेरै धेरै धन्यवाद |

भक्तहरू: जय !