NE/Prabhupada 0037 - जसले कृष्णलाई जान्नुहुन्छ, उहाँ गुरु हुनुहुन्छ



Lecture on BG 7.1 -- Hong Kong, January 25, 1975


भगवानका शक्तिहरुको विषयमा कसरी जान्न सकिन्छ, भगवानको सृजनात्मक शक्ति कसरी बुझ्न सकिन्छ, र भगवानको शक्तिस्वरुप के छ, उहाँले यो सबै कसरी गर्नुहुन्छ, सबै कुरा- यो पनि ठुलो विज्ञान हो। यसलाई कृष्ण विज्ञान भानिन्छा । कृष्ण-तत्व ज्ञान।

येइ कृष्ण-तत्त्व​-वेत्ता, सेइ गुरु हय
(सी सी मध्य ८।१२८)

चैतन्य महाप्रभुले बताउनभएको छ कि गुरु को हुनुहुन्छ । गुरुको अर्थ येइ कृष्ण-तत्त्व​-वेत्ता, सेइ गुरु हय: "जसले कृष्णलाई जान्नुहुन्छ, उहाँ गुरु हुनुहुन्छ |" गुरु उत्पन्न गर्न सकिंदैन । जसले कृष्णलाई सम्भव भएसम्म जान्नुहुन्छ .... हामीलाई थाहा हुन सक्दैन। कृष्णको विषयमा शतप्रतिशत जान्न सम्भव हुँदैन। त्यो सम्भव छैन | भगवानका शक्तिहरु अनगन्ती छन। परास्य शक्तिर् विविधैव श्रूयते (सी सी मध्य १३।६५ अभिप्राय) ।

भगवानको एक शक्ति एक प्रकारले कार्यरत भइरहेको हुन्छ भने अर्को शक्ति अर्कै किसिमले चलिरहेको हुन्छ। तर ती सबै कृष्णकै शक्तिहरू हुन। परास्य शक्तिर् विविधैव श्रूयते । मयाध्यक्षेण प्रकृतिः सूयते स​-चराचरम् (भ गी ९।१०) प्रकृति......हामीले यो फुल प्रकृतिबाट उम्रिएको देख्छौं, र फुलमात्र होइन, धेरै वस्तुहरू उम्रिरहेको हुन्छन्- बीजबाट। गुलाबको बीजबाट गुलाबको बोट उम्रिन्छ। बेलको बीजबाट बेलको बोट। यस्तो कसरी भइरहेको छ? उही जग्गा, उही पानी र बीउ पनि उस्तै देखिन्छ, तर उम्रने बेलामा भिन्न किसिमले उम्रिन्छ। यस्तो कसरी सम्भव छ ? यसलाई भनिन्छ परास्य शक्तिर् विविधैव श्रूयते स्वाभाविकी ज्ञान​।

सामान्य मानिसहरु अथवा तथाकथित वैज्ञानिकहरूले भन्छन् "यो प्रकृतिले उत्पादन गरेको हो |" तर तिनीहरूलाई प्रकृति भनेको के हो, प्राकृतिक गतिविधिहरुको निरिक्षण कसले गरिरहेको छ भन्ने कुरा थाहा छैन, भौतिक प्रकृति कसरी कार्यरत छिन् | यो कुरा भगवद् गीतामा बताइएको छ मयाध्यक्षेण (भ गी ९।१०) | कृष्णले भन्नुहुन्छ "मेरो निगरानीमा प्रकृतिले काम गरिरहेको छ |" यो तथ्य हो। प्रकृति, पदार्थ.... स्वचालित ढंगले पदार्थ आफैं सम्मिलित हुँदैन । यी गगनचुम्बी भवनहरू, पदार्थबाट बनाइएका हुन्, तर पदार्थ स्वतः गगनचुम्बी भवन बनेको होइन । त्यस्तो सम्भव छैन । त्यहाँ सानो, सुक्ष्म आत्मा, ईन्जीनियर या वास्तुकार छन्, जसले पदार्थलाई लिन्छ र सजाएर गगनचुम्बी भवन बनाउँछ। यो हाम्रो अनुभव हो। त्यसैले पदार्थ स्वतः काम गर्दैछ भनेर कसरी भन्न सकिन्छ? पदार्थ स्वतः कार्य गर्न सक्दैन। यसलाई उच्चकोटिको दिमाग, उच्च हात, तसर्थ उच्च पद्यतिको आवश्यकता पर्दछ ।

जस्तै यो भौतिक संसारमा हामीसँग उच्च पद्यति छ, सुर्य, सुर्यको चाल, तापशक्ति, सुर्यको प्रकाश शक्ति | यसलाई कसरी प्रयोगमा ल्याइएको छ? यो कुरा शास्त्रमा बताइएको छ: यस्याज्ञया भ्रमति सम्भृत​-काल​-चक्रो गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५।५२) सुर्यलोक पनि यस पृथ्वी जस्तै ग्रह हो। जसरी यो ग्रहमा धेरै राष्ट्रपतिहरू हुन सक्छन्, तर पहिले यहाँ केवल एक राष्ट्रपति थिए, त्यसैगरी प्रत्येक लोकहरूमा एक राष्ट्रपति हुन्छन् । सुर्यलोकमा पनि त्यस्तै छन् भन्ने ज्ञान हामीले भगवद् गीताबाट पाउँछौं। कृष्णले भन्नुहुन्छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम्: (भ गी ४।१) | "मैले सर्वप्रथम भगवत गीताको विज्ञान विवस्वानलाई बताएको थिएँ |" विवश्वान सुर्यलोकका लोकपति हुन्, र उनको छोरा मनु हुन् । यो समय हो | यो समय चलिरहेको छ | यसलाई वैवस्वत मनुको समयावधि भनिन्छ | वैवस्वत भनेको विवस्वानबाट आएको, विवस्वानका पुत्र। उनको नाम हो वैवस्वत मनु।