NE/Prabhupada 0046 - तपाई पशु नबन्नुहोस् - प्रतिकार गर्नुहोस्
Morning Walk -- May 28, 1974, Rome
योगेश्वरः भगवानले जानुभनदा अघि केहि प्रश्नहरू लेखेर छाडेका छन् । म हजुरलाई केहि प्रश्नहरू सोधुँ ?
प्रभुपादः हुन्छ ।
योगेश्वरः बारम्बार आउने समस्याहरु मध्ये एउटा हो आतंककारीहरु, यसको मतलब, विषेश गरेर राजनैतिक अभिप्राय भएका मानिसहरू |
प्रभुपादः हो। मुलभूत सिद्वान्त मैले पहिले नै भनिसकेको छु । तिनीहरू पशु जस्तै भएकाले कहिलेकहीं साह्रै खतरानाक जनावर जस्तै । त्यहि हो। यहाँ विभिन्न किसिमका जनावरहरू छन् । बाघ र सिंह, तिनीहरू खतरानाक पशुहरू हुन् । तर तपाईहरू पशुको समाजमा बाँचिरहनुभएको छ | पशुको समाज, कोहि खतरानाक छन्, यो त केहि अचम्मको कुरा होइन। वास्तवमा तपाईहरू पशुको समाजमा बस्नुभएको छ । त्यसै कारणले तपाईहरू मानव बन्नुहोस् , आदर्श । यहि हो समस्याको समाधान।
हामीहरूले पहिले बताएका छौं कि यो पशुको समाज हो। यदि कोहि खतरनाक पशु देखिन्छ भने किन अचम्म मान्ने ? वास्तवमा यो पशुको समाज हो। हात्ती आएपनि बाघ आएपनि, पशु नै त हुन्। तर तपाईहरू पशु नबन्नुहोस् । यसको प्रतिकार गर्नुहोस् । यसको आवश्यकता छ। मानिसहरूलाई तर्कसंगत पशु मानिएको छ। तर्कसंगत हुनु आवश्यक कुरा हो। तपाईहरू पनि कुनै एक किसिमको पशु जस्तै हुनुभयो भने त्यसले तपाई मदत गर्दैन | तपाईहरू सबै वास्तवमा मानिस बन्नुपर्दछ। तर, भनिएको छ दुर्लभं मानुषं जन्म तद् अप्य् अध्रुवम् अर्थदम् (श्री भा ७।६।१ )। यी मानिसहरूसँग जीवनको लक्ष्य छैन। मानिसको जीवनको लक्ष्य के हो... तिनीहरुलाई थाहा छैन। तिनीहरूको पशु-प्रवृत्तिलाई विभिन्न उपायद्वारा सच्याइएको छ |
जस्तै, तिनीहरू नग्न नृत्य हेर्न जान्छन् । यो पशु प्रवृत्ति हो, उसले आफ्नी पत्निलाई दिनहुँ नाङ्गै देख्छ, तर पनि ऊ पैसा तिरेर नाङ्गो नाच हेर्न जान्छ। किनभने तिनीहरूमा यस्तो पशुतामा व्यस्त रहने बाहेक अरू काम छैन। हो कि होईन? अरु नाङ्गा स्त्रीहरू हेर्न किन जानु ? तपाईहरूले आफ्नी पत्निलाई रातदिन नाङ्गो देख्नुहुन्छ । किन तपाई... किनभने तिनीहरूको अर्को काम छैन। पशु । पुन: पुनश् चर्वित-चर्वणानाम् (श्री भा ७।५।३० ) | एउटा कुकुर, उसलाई रसको स्वाद थाहा हुँदैन। कुकुरले हड्डी केवल यता-उता गर्दै टोकिरहेछ। किनभने ऊ पशु हो। पशुको अरु काम हुँदैन ।
त्यसैले यो सारा समाज पशुको समाज हो | विशेषत: पश्चिमी मुलका मानिसहरु | तिनीहरूले आफ्नो सभ्यतालाई पशुप्रवृत्तिको आधारमा विकास गरेका छन्, त्यसको मतलब, "म यो शरिर हुँ र मेरो जीवनको राम्रो प्रयोग ईन्द्रीयतृप्ति गर्नु हो।" यो पशु हो | "म यो शरिर हुँ ।" शरिर मतलब ईन्द्रियहरू | "र ईन्द्रियतृप्ति गर्नु नै सर्वोत्तम पूर्णता ।" यो तिनीहरूको सभ्यता हो। त्यसै कारण तपाईहरूले वास्तविक मानव सभ्यता ल्याउनुपर्छ। तपाई चकित नहुनुहोस, एक पशु, विभिन्न आकारमा, विभिन्न क्षमतामा, आउँछन् | जे भए पनि, ऊ एक पशु हो। आधारभुत सिद्वान्त पशुता छ। किनकि ऊ सोचिरहेछ "म शरिर हूँ..." कुकरले सोचिरहेछ "म कुकुर हुँ, धेरै बलवान र बलियो कुकुर," यसै गरि अर्को मानिसहरू सोचिरहेछ "म ठुलो राष्ट्र हुँ' |" तर आधारभुत सिद्वान्त के हो? कुकुरले पनि शरिरको आधारमा सोच्दछ, र ठुलठुला राष्ट्रहरूपनि शरिरकै आधारमा सोच्ने गर्दछन् ।
यसै कारण ठुला यो राष्ट्र र कुकुरमा केहि फरक छैन। फरक यति नै हो कि, प्रकृतिको कृपाले गर्दा उसका श्रेष्ठ इन्द्रियहरू छन् । र ऊसंग कुनै शक्ति छैन, या शिक्षा छैन श्रेष्ठ इन्द्रियलाई प्रयोगमा ल्याउन, कसरि अध्यात्मिक उन्नति गर्ने र यो भौतिक जगतबाट निस्किने | तिनीहरूमा यो विचार छैन। तिनीहरूले केवल यस्तो श्रेष्ठ ईन्द्रियलाई पशुप्रवृत्तिमा लगाइरहेका छन् । यहि हो अर्थ। ऊसँग शिक्षा छैन कसरी श्रेष्ठ बुद्धिको सहि उपयोग गर्ने | त्यसैले उसले केवल पशुप्रवृत्तिमा लगाइरहेको छ। र संसारभरका मानिसहरू, जब कुनै पश्चिम मुलुकका मानिसलाई देख्दछन्, "तिनीहरु विकसित छन् |" के हो यो? पशु प्रवृत्तिमा विकास | आधारभुत सिदान्त त पशुता रहेको छ। यो सुन्दा तिनीहरू छक्क पर्छन् । तिनीहरु पनि नक्कल गर्छन् | तिनीहरु पशुतामा, पशु सभ्यतामा विस्तार गर्दैछन् | अब हामीहरूले मानव सभ्यताका लागि प्रतिकार गर्नैपर्छ।