NE/Prabhupada 0079 - मेरो लागि कुनै श्रेय छैन



Lecture on SB 1.7.6 -- Hyderabad, August 18, 1976

यी विदेशीहरु,यिनीहरू न हिन्दु हुन्, न भारतीय न ब्राह्मण | यिनीहरु कसरी बोलिरहेका छन् ? यिनीहरु मूर्ख र धुर्त त होइनन्। यिनीहरु सम्माननीय र शिक्षित परिवारबाट आएका हुन्। इरानमा पनि हाम्रो केन्द्र छ। तेहरानमा, म अहिले त्यहींबाट आउँदैछु । हामीसँग धेरै धेरै मुसलमान शिष्यहरू छन् र उनीहरुले पनि यसलाई ग्रहण गरेका छन्। अफ्रिकामा पनि स्वीकार गरेका छन् । अस्ट्रेलीयामा पनि स्वीकार गरेका छन्। सारा संसारभरि। यहि हो चैतन्य महाप्रभुको लक्ष्य ।

पृथिवीते आछे यत नगरादि ग्राम
सर्वत्र प्रचार हैबे मोर नाम

यो भगवान् चैतन्य महाप्रभुको भविष्यवाणी हो | संसारभरि जति धेरै गाँउ र नगरहरू छन्, सर्वत्र यस कृष्ण भावनामृत अभियान फैलिनेछ। मलाई यसको श्रेय छैन तर यो मेरो सानो भन्दा सानो र विनम्र प्रयास मात्र हो। यदि एकजना व्यक्तिले केहि सफलता पाउन सक्छ भने किन हामी सबैले नगर्ने ? चैतन्य महाप्रभुले सबैलाई शक्ति दिनुभएको छ। भारतीयलाई |

भारत​-भूमिते हैल मनुष्य​-जन्म यार​ (चै च अादि ९।४१ ) |

उहाँले मनुष्यसँग यसो भन्नु भएको हो, कुकुर बिरालोसँग होइन।

मनुष्य​-जन्म यार जन्म सार्थक करि |

सर्वप्रथम जीवनको प्रयोजन के हो बुझ्ने प्रयास गर्नुहोस् । त्यसलाई जन्म सार्थक भनिन्छ ।

जन्म सार्थक करि कर पर उपकार।

जानुहोस् । सर्वत्र कृष्ण भावनाको ठुलो माग छ।