NE/Prabhupada 0090 - व्यवस्थित प्रबन्ध-अन्यथा इस्कोन कसरी चल्नेछ?



Morning Walk -- December 5, 1973, Los Angeles

प्रभुपाद: सबजना कृष्णका परिवार हुन् तर हामीले हेर्नुपर्छ कि उसले कृष्णको लागि के गर्दैछ। जस्तै, सबैजना देशका जनता हुन्। किन एक मानिसलाई ठुलो अोहदा र श्रेय दिइन्छ?

प्रभुपाद: किन? किनभने उनी प्रतिष्ठित छन्।

सुदामा: हो।

प्रभुपाद: को पनि सेवामा लाग्नुपर्छ। केवल "म कृष्णको परिवारको हुँ" सोच्ने र कृष्णको लागि केहि नगर्ने, त्यो हुँदैन.....।

सुदामा: त्यो त राम्रो भएन।

प्रभुपाद: त्यो राम्रो हुँदैन। त्यसको मतलब उसले.......शीघ्र नै उसले फेरि कृष्णलाई भुल्नेछ | उसले फेरि भुल्नेछ |

सुदामा: वास्तवमा अर्को तत्त्व धेरै कडा छ। यहाँ मानिसहरु, किनकि, तिनीहरू कृष्णका परिवारका भएता पनि, तर तिनीहरूले बिर्सिएको कारण हामी पनि तिनीहरूको विस्मृतिको प्रभावमा पर्छौं।

प्रभुपाद: हो। विस्मृति भनेको माया हो।

सुदामा: हो।

प्रभुपादः माया भनेको केहि होइन | यो विस्मृति हो | त्यति हो। यसको आफ्नै अस्तित्व छैन। विस्मृति, यो टिक्दैन। तर जबसम्म यो छ, तबसम्म यो निकै दु:खदायी हुन्छ |

सुदामा: मलाई केहि भक्तहरूले सोधेका थिए कि कहिलेकहीं उनीहरू खुसी हुँदैनन् । तिनीहरु खुसी नभए तापनि, मानसिक हिसाबले, तिनीहरुले कृष्णभावनालाई निरन्तरता दिनुपर्छ | म उनीहरुलाई भन्छु कि, मानिस खुसी नभए तापनि....

प्रभुपाद: तर तिमीले उनिहरूलाई उदाहरण दिनुपर्छ। तिमीले फरक किसिममा उदाहरण दियौ भने, तिनीहरुले कसरी तिम्रो अनुसरण गर्नेछन् ? कुरा गर्नु भन्दा उदाहरण दिनु राम्रो हो। तिमी किन बाहिर बस्दैछौ?

सुदामा: म....

प्रभुपाद: अघिल्लो पटक मेरो स्वास्थ्य यति बिग्रिएको थियो कि मैले यो ठाउँ छोड्नुपरेको थियो | यसको मतलब यो होइन कि म यो समाज छोड्छु | मैले भारतमा गएर केहि उपचार गरेँ। वा लन्डन आएँ। त्यो ठिकै छ । स्वास्थ्यको अवस्था कहिलेकहीं.....तर यसको मतलब यो होइन कि हामीले यो समाज छोड्नुपर्छ | यदि मेरो स्वास्थ्य ठीक भएन भने, म जान्छु.....मेरा सयवटा केन्द्रहरू छन्। र तिमी आफ्नो स्वास्थको उपचारका लागि यो संसार छोडेर त जानेछैनौ । तिमी यो संसारमा नै रहनुपर्छ ? तब तिमी किन यो समाज बाहिर जान्छौ? (विराम).....श्री नरोत्तम दास ठाकुर | हामीहरू भक्तहरूको साथमा रहनुपर्छ। मैले मेरा परिवारलाई किन छाडें ? किनभने उनिहरू भक्त थिएनन्। तसर्थ म आएँ...... अन्यथा, बुढ्यौलीमा, म आराममा हुने थिएँ | हुँदैन ।अभक्तहरूको साथमा बस्नु ठिक हुँदैन, परिवारक सदस्य हुन् वा अरु नै हुन् । जस्तै महारज विभीषण​। उहाँको दाजु अभक्त हुनाले उहाँले उसलाई त्याग्नुभयो। उहाँ श्रीरामचन्द्रकहाँ जानुभयो। विभीषण​ | तिमीलाई थाहा छ ?

सुदामा: थाहा छ।

हृदयानन्द​: यसो भए प्रभुपाद, भनिएको छ सन्यासीहरु एक्लै बस्नुपर्छ, त्यसको मतलब, भक्तहरुसँग मात्र |

प्रभुपाद: को.......! कहाँ भनिएको छ सन्यासी एक्लै बस्नुपर्छ?

हृदयानन्द​: मेरो मतलब, कहिलेकहीं हजुरका पुस्तकहरुमा |

प्रभुपाद: हँ?

हृदयानन्दः कहिलेकहीं हजुरका पुस्तकहरुमा। के त्यसको मतलब भक्तहरुका साथमा हो?

प्रभुपादः सामान्यतया सन्यासी एक्लै बस्न सक्छन्। तर सन्यासीको कर्तव्य प्रचार गर्नु हो।

सुदामाः मलाई यो कार्य कहिल्यै रोक्न मन छैन |

प्रभुपाद: हँ?

सुदामाः मलाई कहिल्यै पनि प्रचार रोक्न मन छैन ।

प्रभुपादः प्रचार, तिमीले प्रचार उत्पादन गर्न सक्दैनौ। तिमीले गुरुले दिनुभएको आदेशको सिद्धान्तका आधारमा प्रचार गर्नुपर्छ। तिमीले आफ्नै किसिमको प्रचार उत्पादन गर्न सक्दैनौ ।यो आवश्यक छ। कोहि अगुवा हुनुपर्छ। अगुवाको मातहतमा रहेर । यस्य प्रसादाद् भगवत्.......यो किन भनिएको छ ? जहाँ पनि, कार्यलयमा पनि एउटा निकटतम अगुवा हुन्छ। तिमीले त्यस अगुवालाई खुसी पार्नुपर्छ। त्यो तिम्रो सेवा हो। जस्तै कार्यलयमा, एउटा विभागमा कार्यालय परिवेक्षक हुन्छन्। यदि तिमीले आफ्नै तरिकाले कार्य गर्यौ भने," म आफ्नो काम गर्दैछु", र कार्यालय परिवेक्षक तिम्रो कामबाट खुसी भएनन् भने के तिमीलाई लाग्छ त्यस प्रकारको सेवा ठिक हुन्छ? त्यसैगरी, हामीसँग, जहाँ पनि हामीसँग निकटतम मालिक हुन्छन्। हामीले काम गर्नैपर्छ। यो व्यवस्थित हुन्छ । यदि सबैले आफ्नै तरिकाको जीवन कल्पना गर्छन्, उत्पादन गर्छन् भने त्यहाँ अराजकता हुनैपर्छ |

सुदामाः हो, यो सत्य हो।

प्रभुपाद: हो।अहिले हामी अन्तर्राष्ट्रिय संगठन भएका छौं। त्यसमा आध्यात्मिक र भौतिक दुवै पक्ष छन्। त्यो भौतिक पक्षको होइन | त्यो पनि आध्यात्मिक पक्ष हो, मतलब व्यवस्थित प्रबन्ध। अन्यथा कसरी गर्न सकिन्छ? जस्तै गौरसुन्दरले घर बेचिदिए, र अब पैसाको पत्तो पनि छैन। यो के हो? उनले कसैलाई यस बारेमा सोधेनन्। उनले घर बेचिदिए, र पैसा कहाँ छ, पत्तो छैन?