NE/Prabhupada 0096 - हामीले व्यक्ति भागवतबाट अध्ययन गर्नुपर्छ



Lecture on BG 13.4 -- Miami, February 27, 1975

म सोच्दैछु,"अमेरिकी, भारतीय, हिन्दु, मुस्लिम," मेरो हृदयमा यी सब फोहोर कुराहरु छन् | तपाई आफ्नो हृदय सफा गर्नुहोस् | हृद्य् अन्तः-स्थः अभद्राणि | हाम्रा हृदयमा फोहोर कुराहरु छन्, त्यसैले यदि हामीले आफ्नो हृदय सफा गर्यौं भने हामी यो उपाधिबाट मुक्त हुन्छौं | नष्ट प्रायेषु अभद्रेषु नित्यं भागवत​-सेवया (श्री भा १|२|१८) | नष्ट प्रायेषू | यदि हामी नियमित रुपमा श्रीमद् भागवतम् अथवा भगवद्-गीता सुन्छौं भने यी फोहोर कुराहरु सफा हुनेछन् | नित्यं भागवत ...

र भागवत भनेको पुस्तक भागवत र व्यक्ति भागवत | व्यक्ति भागवत भनेको आध्यात्मिक गुरु | वा कोहि उच्च भक्त | उहाँ भागवत हुनुहुन्छ, महा-भागवत, भागवत | भागवत-सेवया भनेको भगवद्-गीता र भागवतम् पढ्नु मात्र होइन, तर हामीले व्यक्ति भागवतबाट पढ्नुपर्छ | त्यो आवश्यक छ |

चैतन्य महाप्रभुले सल्लाह दिनुभयो, भागवत परा गिया भगवात स्‍थाने: "यदि तपाईलाई भागवत जान्न मन छ भने व्यक्ति भागवतकहाँ जानुहोस् जसले आत्मानुभूति गर्नुभएको छ |" व्यवसायिक होइन | त्यसले तपाईको मदत गर्दैन | आधिकारिक व्यवसायिक- म मन्दिर जान्छु, चर्च जान्छु, र पुनः नारकीय स्थितिमा फर्कन्छु....होइन, तपाई केवल व्यक्ति भागवतसँग सङ्ग गर्नुहोस्, जसले आत्मा-साक्षात्कार गर्नुभएको छ र उहाँबाट उही पुस्तक, उही ज्ञान सुन्नुहोस् | कृष्णका प्रतिनिधि | जस्तै कृष्णले भन्नुहुन्छ, तत् समासेन मे शृणु | मे शृणु :"मबाट वा मेरो प्रतिनिधिबाट सुन | तब तिमीलाई फाइदा हुनेछ |"

त्यसैले यी केन्द्रहरु पीडित मानिसहरुलाई अवसर प्रदान गर्न खोलिएको छ, यो जीवनमा मात्र होइन, जन्म-जन्मान्तर |

एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव​
गुरु-कृष्ण​-कृपाय पाय भक्तिऌअता-बीज
(चै च १९|१५१)

यो हाम्रो कर्तव्य हो, हामीले यो कर्तव्य कृष्णको तर्फबाट लिएका छौं | कृष्ण आफैं सिकाउन आउनुहुन्छ | जस्तै उहाँले आफ्नो श्रीमद् भागवतम् छोड्नुभयो | त्यसपछि साधारण मानिसलाई बुझाउन उहाँले आफ्ना भक्तहरुलाई जिम्मा दिनुभयो | हामी त्यो कार्य गर्न प्रयासरत छौं | हामीले केहि उत्पादन गरेका छैनौं अथवा हामीसँग आफ्नो केहि छैन | सारा सम्पत्ति यहीं छन् | हामी केवल सेवक जसरी बाँड्दैछौं | त्यति हो | र हामीलाई केहि कठिनाइ छैन | यदि हामीले केवल भगवद्-गीता, कृष्णको उपदेश यथारुपमा प्रस्तुत गर्दछौं भने हाम्रो कर्तव्य पुरा हुन्छ | हामीलाई केही उत्पादन गर्नुपर्दैन; न त केहि उत्पादन गर्न हामीसँग कुनै शक्ति छ | जस्तै, अरु धेरै मानिस छन् | तिनीहरु नयाँ विचार, नयाँ दर्शन उत्पादन गर्छन्....सब बेकार | त्यसले मदत गर्दैन | वास्तविक ज्ञान लिनुहोस् |