NE/Prabhupada 0099 - कसरी कृष्णबाट मान्यता प्राप्त हुने



Lecture on BG 13.4 -- Bombay, September 27, 1973

जसरी हामीले विभिन्न वर्गका मानिसहरु पाउँछौं, यद्यपी तिनीहरु सबै बम्बईमा छन्, या कुनै शहरमा, त्यसैगरी, सबै जीवहरु उही गुणका छैनन् | कोहि भौतिक प्रकृतिको सत्त्व गुणबाट प्रभावित छन्, कोहि भौतिक प्रकृतिको रजो गुणबाट प्रभावित छन्, र कोहि भौतिक प्रकृतिको तमोगुणबाट प्रभावित छन्, जो तमोगुणमा छन्, तिनीहरु पानीमा खसेको जस्तै हुन् | जब आगो पानीमा खस्छ, त्यो पुरै निभ्छ | र यदि आगोको झिल्को सुख्खा घाँसमा खस्छ भने सुख्खा घाँसको फाइदा लिएर, आगो सल्किन्छ | त्यो फेरी आगो बन्छ |

त्यसैगरी, जो सत्त्व गुणमा छन्, तिनीहरुले सजिलै कृष्ण भावना जगाउन सक्छन् | किनकि भगवद् गीतामा भनिएको छ, येषां त्व् अन्त​-गतं पापाम् (भ गी ७|२८) | किन मानिसहरु यो मन्दिरमा आउँदैनन् ? किनकि कठिनाइ यो छ कि तिनीहरु घोर अज्ञानतामा छन् | न मां दुष्कृतिनो मूढः प्रपद्यन्ते नराधमाः(भ गी ७|१५) | तिनीहरु आउन सक्दैनन् | तिनीहरु केवल पापमा संग्लग्न हुन्छन्, तिनीहरुले यो कृष्ण भावनालाई सराहना गर्न सक्दैनन् | त्यो सम्भव छैन | तर यो मौका सबैको लागि दिइएको छ | हामी आवेदन गर्दैछौं,"कृपया यहाँ आउनुहोस् | कृपया..." यो कृष्णको तर्फबाट हाम्रो कर्तव्य हो | जसरी कृष्णले व्यक्तिगत रुपमा भगवद्-गीता सिकाउन आउनुहुन्छ र सबैलाई भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​ (भ गी १८|६६ |

त्यो हाम्रो कर्तव्य हो | त्यसैले कृष्णले धेरै सराहना गर्नुहुन्छ,"ओहो ! यी व्यक्तिहरु मेरो तर्फबाट गर्दैछन् | मलाई त्यहाँ जानुपर्दैन | तिनीहरुले मेरो कार्य लिएका छन् | हामीले के कार्य लिएका छौं ? हामी केवल मानिसहरुलाई भन्छौं,"कृपया कृष्णमा आत्मसमर्पण गर्नुहोस् |" त्यसैले हामीहरु धेरै प्रिय छौं | कृष्णले भन्नुहुन्छ,न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रिय​-कृत्तमः (भ गी १८|६९ | हाम्रो कार्य भनेको कसरी कृष्णबाट मान्यता प्राप्त हुने |

हामीहरु मतलब गर्दैनौं कि मानिस कृष्ण भावनामा बदलिन्छ या बदलिन्न | हाम्रो कर्तव्य भनेको आवेदन गर्नु हो, त्यति हो,"प्रिय महासय,कृपया यता आउनुहोस्,कृष्णको अर्च-विग्रहको दर्शन गर्नुहोस्, नमस्कार गर्नुहोस्, प्रसाद लिनुहोस्, र घर जानुहोस् |" तर मानिसहरु मान्दैनन् | किन? अब, यो कार्य तिनीहरुले लिन सक्दैन जो पापी गतिविधिले भरिएका छन् |

त्यसैले कृष्णले भन्नुहुन्छ, येषां त्व् अन्त​-गतं पापां | जसले आफ्ना पापी गतिविधि पूर्ण रुपले सकेको छ | येषां त्व् अन्त​-गतं पापां जनानां पुण्य​-कर्मणाम् (भ गी ७|२८)। को पापी गतिविधिबाट मुक्त हुन सक्छ? जो सधैं पुण्य गतिविधिमा संग्लग्न हुन्छ | यदि तपाई पुण्य गतिविधिमा संग्लग्न हुनुहुन्छ भने पाप गर्ने मौका कहाँ हुन्छ ? त्यसैले सबभन्दा पुण्य गतिविधि भनेको हरे कृष्ण महामन्त्र जप्नु हो | यदि तपाई सधै संग्लग्न हुनुहुन्छ, हरे कृष्ण, हरे कृष्ण, यदि तपाईको मन सधै कृष्ण भावनामा संग्लग्न हुन्छ भने मनमा अरु कुरा आउने स्थान नै हुँदैन | यो कृष्ण भावनाको विधि हो | जब हामी कृष्णलाई भुल्छौँ, त्यहाँ माया हुन्छिन्, तत्काल कब्जा गर्छिन् |