NE/Prabhupada 0106 - सिधै कृष्ण भक्तिको लिफ्ट लिनुहोस्



Lecture on BG 18.67 -- Ahmedabad, December 10, 1972

मम वर्त्मानुवर्तन्ते भनेको, जस्तै अमेरिकामा धेरै गगनचुम्बी भवनहरु छन् | १०५ तल्ला | मलाई लाग्छ यो पछिल्लो निर्माण हो | मानौं तपाईलाई माथिल्लो तल्लामा जानुपर्छ | त्यहाँ भर्याङ्ग हुन्छ | सबजना त्यहाँ जान खोज्दैछन् | मानौं कसैले १० पाइला पार गरेको छ | अर्कोले मानौं ५० पाइला | अर्कोले १०० पाइला | तर तपाईलाई मानौं १००० पाइला पार गर्नुपर्छ | तर भर्याङ्ग त एउटै छ | मम वर्त्मानुवर्तन्ते | किनकि लक्ष्य माथिल्लो तल्लामा जानु हो | तर जसले १० पाइला पार गरेको छ, ऊ ५० पाइला पार गर्नेभन्दा पछाडि हुन्छ | र जसले ५० पाइला पार गरेको छ, ऊ १०० पाइला पार गर्ने भन्दा पछाडि हुन्छ | त्यसैगरी, विभिन्न विधिहरु छन् | तर सबै विधि उही होइनन् | तिनीहरुको लक्ष्य एउटै छ, कर्म, ज्ञान, योग, भक्ति, तर भक्ति उच्चतम हुन्छ | किनकि जब तपाई भक्तिको स्तरमा आउनुहुन्छ, तब तपाईले कृष्णलाई बुझ्न सक्नुहुन्छ | कर्म, ज्ञान, योगबाट होइन | त्यो सम्भव छैन | तपाई प्रयास गर्दै हुनुहुन्छ, तपाई त्यो लक्ष्यतिर जाँदै हुनुहुन्छ, तर कृष्ण भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति भ गी १८|५५) | उहाँ भन्नुहुन्न,"ज्ञानबाट, कर्मबाट, योगबाट |" होइन | त्यो तपाईले बुझ्न सक्नुहुन्न | तपाई अघि बढ्न सक्नुहुन्छ | तर यदि तपाई कृष्णलाई बुझ्न चाहनुहुन्छ भने भक्ति | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः भ गी १८|५५) | यो विधि हो | तसर्थ मम वर्त्मानुवर्तन्ते भनेको "सबजना मकहाँ आउन प्रयासरत छन्, उनीहरुको क्षमता, दक्षता अनुसार, तर जसले वास्तविक रुपमा मलाई बुझ्न चाहन्छ, सजिलो विधि...." जस्तै भर्याङ्ग छ, तर यो देशमा होइन, युरोपेली र अमेरिकी देशहरुमा, त्यहाँ सँग-सँगै लिफ्ट हुन्छ | पाइला-पाइला गरेर माथिल्लो तल्लासम्म जानुभन्दा तपाई यो लिफ्टको सहायता लिनुहोस् | तपाई तत्काल जानुहोस्, एक सेकन्डमा | यदि तपाईले यो भक्तिको लिफ्ट लिनुभयो भने तपाई तत्काल कृष्णसँग प्रत्यक्ष सम्पर्कमा आउनुहुन्छ | पाइला-पाइला जानुभन्दा | किन तपाईले लिनुपर्यो ? तसर्थ कृष्णले भन्नुहुन्छ,सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​: (भ गी १८|६६) "तिमी केवल ममा आत्मसमर्पण गर | तिम्रो कार्य सकियो |" किन तपाईले त्यस्तो मेहेनत गर्नुपर्यो, पाइला पछि पाइला पछि पाइला पछि पाइला ?