NE/Prabhupada 0108 - अनुवाद र मुद्रण निरन्तर गर्नुपर्छ



Room Conversation "GBC Resolutions" -- March 1, 1977, Mayapura


जे भए पनि, मुद्रण र अनुवाद जारी रहनुपर्छ | त्यो हाम्रो मुख्य कर्तव्य हो। त्यो रोक्न मिल्दैन। चल्नै पर्छ । जस्तै म दृढ रहेको कारण अहिले हामीसँग धेरै हिन्दी पुस्तक छन्। म केवल अडिग थिएँ, "हिन्दी कहाँ छन् ? हिन्दी कहाँ छन्?" यसले थोरै मूर्त रूप पाएको छ । र मैले उनलाई घोच्दै थिएँ: "हिन्दी कहाँ छन् ? हिन्दी कहाँ छन्?" उनले त्यसलाई वास्तविक तुल्याएका छन्। त्यसैगरी फ्रान्सेली भाषाको लागि पनि, धेरै महत्त्वपूर्ण, हामीले अनुवाद गर्नुपर्छ र सकेसम्म धेरै पुस्तकहरु छाप्नुपर्छ । "पुस्तक छाप" भनेको हामीसँग पहिलेदेखि नै पुस्तक छन् । केवल निश्चित भाषामा अनुवाद र प्रकाशन गर। त्यति हो। विचार पहिलेदेखि नै छ। तिमीहरुले विचारको निर्माण गर्नुपर्दैन। फ्रान्स धेरै महत्त्वपूर्ण देश हो। त्यसैले मुद्रण र अनुवाद गर्नुपर्छ। यो मेरो अनुरोध हो।