NE/Prabhupada 0123 - शरणागत हुन बाध्य-यो विशेष कृपा हो
Lecture-Day after Sri Gaura-Purnima -- Hawaii, March 5, 1969
भक्त: के हामी कृष्णलाई उहाँप्रति बाध्यतापूर्वक शरणागत गराउन अनुरोध गर्न सक्छौं, हाम्रो परिस्थितिको कारणले ?
प्रभुपाद: हो, तपाई उहाँलाई अनुरोध गर्न सक्नुहुन्छ | र कहिलेकहीं उहाँले बाध्य बनाउनुहुन्छ | उहाँले तपाईलाई यस्तो परिस्थितिमा राख्नुहुन्छ कि तपाईसँग उहाँप्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | हो | त्यो विशेष कृपा हो | त्यो विशेष कृपा हो | हो | मेरो गुरु महाराजले मैले प्रचार गरेको चाहनुहुन्थ्यो, तर मलाई यो मन पर्दैनथ्यो, तर उहाँले मलाई बाध्य बनाउनुभयो | यो मेरो व्यवहारिक अनुभव हो | मलाई सन्यास आश्रम स्वीकार्ने कुनै इच्छा थिएन, तर मेरो गुरु महाराजले यो चाहनुहुन्थ्यो | मेरो त्यति झुकाव छैन, तर उहाँले मलाई बाध्य बनाउनुभयो | त्यो पनि गरिन्छ | त्यो विशेष कृपा हो | जब उहाँले मलाई बाध्य गराउनुभयो, त्यस समयमा मैले सोचेको थिएँ कि "यो के हो ? के...? मैले कुनै गल्ति गरिरहेको छु वा त्यो के हो ?" म अल्मलिएको थिएँ | तर केहि पछि, मैले बुझें कि यो मप्रति गरिएको उच्चतम कृपा हो | तपाई बुझ्नुहुन्छ? जब कृष्णले कसैलाई शरणागत हुन बाध्य गराउनुहुन्छ, त्यो ठुलो कृपा हो | तर साधारणतया, उहाँले त्यसो गर्नुहुन्न | तर उहाँले त्यो व्यक्तिलाई त्यसो गर्नुहुन्छ जो कृष्णको सेवामा निकै इमानदार छ तर त्यहि समयमा ऊसँग भौतिक आनन्दको लागि केहि इच्छा हुन्छ | त्यस परिस्थितिमा उहाँले गर्नुहुन्छ, कि "यो मूर्ख मानिसलाई थाहा छैन कि भौतिक सुविधाले उसलाई कहिल्यै खुसी बनाउँदैन, र उसले इमानदारीपूर्वक मेरो कृपा खोज्दैछ | ऊ मूर्ख छ | तसर्थ ऊसँग भौतिक आनन्दको लागि जेसुकै साधन, थोरै साधन छ, त्यसलाई तोडिदिन्छु | तब ऊसँग ममा शरणागत हुने बाहेक अरु केहि उपाय हुँदैन |" यो कुरा भगवाद् गीता, अँ, श्रीमद् भागवतममा भनिएको छ | यस्याहम् अनुघृनामि हरिष्ये तद्-धनं सनै: (श्री भा १०।८८।८)| कृष्ण भन्नुहुन्छ कि "यदि मैले कसैलाई विशेष कृपा गर्छु भने म उसलाई कंगाल बनाउँछु | म उसका इन्द्रियतृप्तिका सम्पूर्ण स्रोत खोसिदिन्छु |" तपाई बुझ्नुहुन्छ ? यो श्रीमद् भागवतममा भनिएको छ | किनकि यो भौतिक जगतमा सबैजना धेरै पैसा, व्यापार, सेवा, यो बाटो वा त्यो बाटोबाट खुसी हुन प्रयासरत छन् | तर विशेष परिस्थितिमा कृष्णले उसको व्यापार वा सेवा असफल बनाइदिनु हुन्छ | तपाईलाई त्यो मन पर्छ ? (हाँस्नुहुन्छ) त्यस समयमा ऊसँग कृष्ण प्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | तपाई बुझ्नुहुन्छ ? तर कहिलेकहीं, जब हामी आफ्नो व्यापारमा वा कमाउने प्रयासमा असफल हुन्छौं, हामी दु:खी हुन्छौं कि "ओहो, कृष्ण मप्रति यति निर्दयी हुनुहुन्छ कि मैले यसमा विश्वास गर्न सकिनँ |" तर त्यो उहाँको कृपा हो, विशेष कृपा | तपाईले त्यसरी बुझ्नुपर्छ |