NE/Prabhupada 0133 - म एउटा शिष्य चाहन्छु जसले मेरा आदेशहरु पालन गर्छ



Arrival Lecture -- San Francisco, July 15, 1975

कहिलेकहीं मानिसले मलाई धेरै श्रेय दिन्छन् कि मैले सारा संसारभरि आश्चर्यजनक कार्य गरें | तर मलाई थाहा छैन कि म आश्चर्यजनक मानिस हुँ | तर मलाई एउटा कुरा थाहा छ कि म कृष्णले बोल्नुभएको कुरा बताउँदैछु | त्यति हो | मैले कुनै थप-घट वा परिवर्तन गरिनँ | तसर्थ म भगवद् गीता यथारूप प्रस्तुत गर्दैछु | यो श्रेय म लिन सक्छु कि मैले कुनै नचाहिने थप-घट वा परिवर्तन गरेको छैन | र मैले व्यवहारिक रुपमा देख्दैछु कि यो सफल भएको छ | मैले यति धेरै युरोपेली वा अमेरिकीलाई घुस दिएको छैन | म गरिब भारतीय हुँ | म अमेरिका चालिस रुपैंया सहित आएँ र अहिले मसँग चालिस करोड छ | यसमा कुनै जादु छैन | तिमी पछाडी जान सक्छौ | तिमी सुत्दैछौ | यो नै रहस्य हो कि यदि तपाई इमान्दारीपूर्वक गुरु बन्न चाहनुहुन्छ..... यदि तपाई ठग्न चाहनुहुन्छ भने त्यो अर्को कुरा हो | धेरै ठगहरु छन् | मानिस पनि ठगिन चाहन्छन् | जब हामी भन्छौं कि "यदि तिमि मेरो शिष्य बन्न चाहन्छौ भने तिमीले चार कुरा त्याग्नु पर्नेछ: अवैध सम्बन्ध नराख्ने, चिया पिउने र चुरोट तान्नेसम्मको नशा नगर्ने, मांस भक्षण नगर्ने र जुवा-तास नखेल्ने," तिनीहरु मेरो निन्दा गर्छन्,"स्वामीजी धेरै रुढिवादी हुनुहुन्छ |" र यदि मैले भन्छु कि "तिमी सबै नचाहिने कार्य गर्न सक्छौ, जे तिमीलाई मन लाग्छ | तिमी केवल यो मन्त्र लिऊ र मलाई १२५$ देऊ," तिनीहरुले रुचाउनेछन् | किनकि अमेरिकामा, १२५$ केहि पनि होइन | जसले पनि तत्काल तिर्न सक्छ | यदि मैले त्यसरी ठगेको भए मैले लाखौं डलर कमाउने थिएँ होला | तर म त्यो चाहन्न | म एउटा शिष्य चाहन्छु जसले मेरो उपदेश पालन गर्छ | म लाखौं चाहन्न | एकश् चन्द्रस् तमो हन्ति न च तर​-सहस्रसः | यदि आकाशमा एउटा चन्द्रमा छ भने त्यो प्रकाशको लागि पर्याप्त हुन्छ | लाखौं ताराको आवश्यकता छैन | मेरो स्थिति भनेको म कम्तिमा एउटा शिष्य शुद्ध भक्त भएको देख्न चाहन्छु | अवश्य पनि, मसँग धेरै इमान्दार र शुद्ध भक्तहरु छन् | त्यो मेरो राम्रो भाग्य हो | तर म सन्तुष्ट हुने थिएँ, यदि मैले एकमात्र पाउँथें | तथाकथित लाखौं ताराको आवश्यकता छैन |

तसर्थ विधि प्रस्तुत गरिएको छ र यो धेरै सरल छ, यदि हामी भगवद् गीताको सबै उपदेश बुझेर श्रीमद् भागवतम् पढ्छौं भने..... वा तपाईले पढ्नुहुँदैन भने पनि चैतन्य महाप्रभुले धेरै सरल विधि दिनुभएको छ | त्यो पनि शास्त्रमा सिफारिश गरिएको छ |

हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम्
कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा
(चै च अादि १७।१२१)

यदि हामी वैदिक साहित्य पढ्न चाहन्छौं भने त्यो धेरै राम्रो हो | त्यो सहि आधार हो | हामीसँग अहिले पचास पुस्तक छन् | तपाई पढ्नुहोस् | दर्शन, धर्म, समाजशास्त्रमा धेरै महान विद्वान बन्नुहोस् | सबै कुरा श्रीमद् भागवतममा छ, राजनीति पनि | र तपाई सम्पूर्ण ज्ञान सहितको पूर्ण मानिस बन्नुहुन्छ | र यदि तपाईसँग समय छैन, तपाई त्यति राम्रो छात्र होइन वा तपाई यी सब पुस्तक पढ्न सक्नुहुन्न भन्ने सोच्नुहुन्छ भने हरे कृष्ण जप्नुहोस् | कुनै पनि मार्गबाट तपाई पूर्ण बन्नुहुनेछ, दुवै वा कम्तिमा एक | यदि तपाई पुस्तक पढ्न सक्नुहुन्न भने हरे कृष्ण जप्नुहोस् | तपाई पूर्ण बन्नुहुनेछ | र यदि तपाई पुस्तक पढ्नुहुन्छ र हरे कृष्ण जप्नुहुन्छ भने त्यो धेरै राम्रो हो | तर यसमा कुनै हानी छैन | यदि तपाई हरे कृष्ण महामन्त्र जप्नुहुन्छ तर तपाई पुस्तक पढ्न सक्नुहुन्न भने कुनै क्षति हुँदैन | कुनै हानी हुँदैन | जप नै पर्याप्त हुन्छ | तर यदि तपाई पढ्नुहुन्छ भने आफुलाई विपक्षीबाट पनि जोगाउन सक्नुहुन्छ | त्यसले तपाईलाई प्रचार कार्यमा मदत गर्छ | किनकि प्रचार कार्यमा तपाईले धेरै प्रश्नको उत्तर दिनुपर्छ, तपाईले धेरै विपक्षी तत्त्वसँग भेट्नुपर्छ, यदि वैदिक साहित्य पढेर तपाई आफ्नो स्थानमा बलियो हुनुहुन्छ भने तपाई कृष्णको धेरै प्रिय बन्नुहुन्छ | कृष्ण भन्नुहुन्छ,

न च तस्मात् मनुष्येषु
कश्चित् मे प्रिय​-कृत्तमः
(भ गी १८।६९)
य इमं परमं गुह्यं
मद्-भक्तेषु अभिधास्यति
(भ गी १८|६८)

जसले यस गुह्य ज्ञान प्रचार गर्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) यदि ऊ यस सन्देश संसारलाई प्रचार गर्न योग्य छ भने ऊ तत्काल परम भगवानबाट धेरै मान्यता-प्राप्त हुन्छ |