NE/Prabhupada 0137 - जीवनको उद्देश्य के हो? भगवान् को हुनुहुन्छ?



Lecture on BG 7.4 -- Nairobi, October 31, 1975


हरिकेश: "अनुवाद- पृथ्वी, जल, वायु, अग्नि, आकाश, मन, बुद्धि र मिथ्या अहंकार- यी आठ मेरा विभिन्न भौतिक शक्तिहरु हुन् |"

प्रभुपाद:

भूमिर् आपो ऽनलो
वयुः खं मनो बुद्धिर् एव
च अहङ्कार इतीयं मे
भिन्ना प्रकृतिर् अष्टधा
(भ गी ७।४)

कृष्णले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ | भगवानले व्याख्या गर्दै हुनुहुन्छ कि भगवान को हुनुहुन्छ | त्यो वास्तविक ज्ञान हो | यदि तपाई भगवानको बारेमा कल्पना गर्नुहुन्छ भने यो सम्भव हुँदैन | भगवान् असिमित हुनुहुन्छ | तपाई बुझ्न सक्नुहुन्न | भगवान् कृष्णले सुरुवातमा भन्नुभयो, असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु (भ गी ७।१) | समग्रं | समग्र भनेको जे पनि....वा समग्र भनेको पूर्ण | अध्ययन र ज्ञानको लागि जे पनि विषय छन्, सबैको कुल परिणाम | भगवान् सबैको कुल परिणाम हुनुहुन्छ | तसर्थ उहाँले आफ्नो व्याख्या गर्नुहुन्छ |

सर्वप्रथम, हामीसँग भगवानको जानकारी छैन - तर व्यवहारिक रुपमा हामी विशाल जमिन, विशाल पानी, समुद्र, विशाल आकाश, र आगो देख्छौं | यति धेरै कुराहरु, भौतिक कुराहरु | भौतिक कुराहरु, मन पनि.....मन पनि भौतिक हो | र अहंकार | सबै सोच्दैछन् कि "म केहि हुँ | म......" कर्ताहम् इति मन्यते | आहङ्कार​-विमूढात्मा | यो झुटो अहंकार हो | यो अहंकार भनेको झुटो अहंकार | र शुद्ध अहंकार पनि हुन्छ | त्यस शुद्ध अहंकार भनेको अहं ब्रह्मास्मि, र झुटो अहंकार: "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म अफ्रिकी हुँ," "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ," "म यो हुँ |" यो ठुयो अहंकार हो | वर्तमान समयमा..... वर्तमानमा होइन, सधैं, हामी यी सबै कुराले घेरिएका छौं | त्यो हाम्रो दर्शनको सुरुवात हो: यो जमिन कहाँबाट आयो ? यो पानी कहाँबाट आयो ? यो आगो कहाँबाट आयो ? यो प्राकृतिक जिज्ञासा हो | यो आकाश कहाँबाट आयो ? कसरी ताराहरु अवस्थित छन्, यति धेरै लाखौँ र लाखौं ? यो बुद्धिमान व्यक्तिको जिज्ञासा हो | त्यो दार्शनिक जीवनको सुरुवात हो | तसर्थ जो विचारशील मानव छन्, क्रमिक रुपमा, तिनीहरु परन् भगवान् कृष्णलाई बुझ्न जिज्ञासु हुन्छन् |

कृष्ण हुनुहुन्छ र कृष्णले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ, "म यस्तो छु |" तर दुर्भाग्यवश हामीले कृष्णलाई बुझ्दैनौं तर हामीले भगवान् को हुनुहुन्छ भन्ने कल्पना गर्छौं | यो हाम्रो रोग हो | कृष्णले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ, भगवानले आफ्नो व्याख्या गर्दै हुनुहुन्छ | हामीले त्यस बयान मान्दैनौं, तर कि हामीले नकार्छौँ वा हामीले भगवानलाई कुनै हात-खुट्टा वा अरु अङ्ग नभएको मान्छौं | यो हाम्रो रोग हो | तसर्थ अघिल्लो श्लोकमा व्याख्या गरिएको छ,

मनुष्याणां सहस्रेषु
कश्चिद् यतति सिद्धये
यतताम् अपि सिद्धानां
कश्चिन् मां वेत्ति तत्त्वतः
(भ गी ७।३)

लाखौं-लाखौं मानिसमध्ये, वास्तावमा तिनीहरु मात्र बुझ्न गम्भीर छन्, "जीवनको लक्ष्य के हो ? भगवान को हुनुहुन्छ ? मेरो सम्बन्ध के हो...." कोहि इच्छुक छैन | जस्तै....... स एव गो खर (श्री भा १०।८४।१३) | सबजना बिरालो र कुकुर जसरी जीवनको शारीरिक अवधारणामा रुचाउँछन् | यस्तो स्थिति छ | अहिलेमात्र होइन, सधैं, यो भौतिक परिस्थिति हो | तर कोहि, मनुष्याणां सहस्रेषु, लाखौं मध्ये एक मानिसले बुझ्ने प्रयास गर्छ, आफ्नो जीवन पूर्ण बनाउन | र त्यस्तो पूर्णतामध्ये..... पूर्णता भनेको उसको वास्तविक मौलिक परिस्थिति, कि ऊ यस भौतिक शरीर होइन, ऊआत्मा हो, ब्रह्म | त्यो पूर्णता हो, ज्ञानको पूर्णता, ब्रह्म-ज्ञान |