NE/Prabhupada 0163 - धर्म भनेको भगवानले दिनुभएको संहिता र कानून



Lecture on BG 4.3 -- Bombay, March 23, 1974

जीवनको उद्धेश्य भगवद् धाम फर्कनु हो | त्यहि नै जीवनको परम उद्देश्य हो| हामी यस भौतिक संसारमा खसेका छौं| हामी दुःखी छौँ | तर हामीलाई थाहा छैन | हामी जनावर जस्तै पटमुर्ख छौं | हामीलाई आफ्नो जीवनको लक्ष्य के हो थाहा छैन | भगवद् गीतामा जीवनको लक्ष्य वर्णन गरिएको छ :जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३|९) | जब हामीले बुझ्छौँ कि "जन्म, मृत्यु, जरा र व्याधिको दोहोरिने प्रक्रिया म चाहन्न........" कोहि पनि मर्न चाहँदैन, तर ऊ मर्नैपर्छ | उसले यो सोच्दैन कि " यो मेरो समस्या हो| म मर्न चाहन्न तर मृत्यु त निश्चित छ | त यो नै समस्या हो | कोहि पनि यसलाई कसरी समाधान गर्ने भन्नेमा सजग छैन | उनीहरु ,मेरो मतलब , सामान्य अस्थायी समस्यामा अल्झिएका छन् |अस्थायी समस्या भनेको समस्या होइनन् | वास्तविक समस्या त कसरी जन्म, मृत्यु, जरा र व्याधिलाई रोक्ने भन्ने हो | यो वास्तविक समस्या हो| यो भनेको भौतिक संसारबाट मुक्त भए पछि गर्न सकिन्छ| यो हाम्रो समस्या हो| त्येसैले कृष्ण यहाँ बारम्बार आउनुहुन्छ.............. यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत ((भ गी ४|७) | धर्मस्य ग्लानिः | ग्लानिः भनेको जब परिस्थिति विकृत हुन्छ| त मानिसहरु तथाकथित धर्मको नाममा विकृति मच्चाउँछन्, "यो मेरो धर्म |" "यो हिन्दु धर्म |" "यो मुस्लिम धर्म |" "यो इसाई धर्म |"" यो बौद्ध धर्म |" र " यो सिख धर्म |" "यो त्यो धर्म ,त्यो धर्म...... " उनीहरुले विभिन्न धर्म उत्पादन गरेका छन्| तर वास्तविक धर्म भनेको धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) | धर्म भनेको भगवानले दिनुभएको संहिता र कानून हो| धर्मको सरल अर्थ भनेको: धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) राष्ट्रको सरकारले दिएको कानून जस्तै | नियम उत्पादन गर्न सकिन्न | मैले बारम्बार भनेको छु| जसरी सरकारले कानून बनाउँछ | त्यसरी नै भगवानले धर्म बनाउनुहुन्छ | यदि तिमी भगवानको धर्म स्वीकार गर्छौ भने त्यहि धर्म हो | र भगवानको धर्म भनेको के हो त? यदि तिमी कसैलाई समर्थन गर्न चाहन्छौ भने यसलाई समर्थन गर| अरुले पनि हेरिरहेका छन् | भगवानको धर्म... भगवद् गीतामा भेट्टाउन सक्छौ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६)|त्यो हो भगवानको धर्म | "सम्पूर्ण बेकार धर्म छाडिदेऊ | भक्त बन, ममा शरणागत आत्मा बन| " त्यहि धर्म हो|