NE/Prabhupada 0168 - नम्र र विनम्र बन्ने संस्कृति



Room Conversation -- February 4, 1977, Calcutta


प्रभुपाद: हामीले भिक्षा माग्न सक्छौं | भारतमा ठूला विद्वानले पनि भिक्षा माग्ने गर्छन् | यसको अनुमति छ | भिक्षु | उनीहरु रुचाउँछन् | त्रिदण्डी -भिक्षु | वैदिक परम्परामा उचित व्यक्तिले भिक्षा माग्नु न त अवैध हुन्छ, न त लज्जास्पद नै हुन्छ | ब्रह्मचारीहरु तथा सन्यासीहरुलाई माग्ने अनुमति छ | र उनीहरु सहज रुपमा स्वीकार्छन्| | त्रिदण्डी -भिक्षु |

सत्स्वरुप: त्रिदण्डी -भिक्षु |

प्रभुपाद: हो| हाम्रो भारतीय संस्कृतिमा, ब्रह्मचारी, सन्यासी र ब्राह्मणले भिक्षा माग्न स्वीकार्य छ | यो वैदिक संस्कृति हो | र गृहस्थहरुले उनीहरुलाई आफ्नै सन्तानका रूपमा व्यवहार गर्छन् | यो हो वास्तविक सम्बन्ध हो|

सत्स्वरूप : तर यो संस्कृतिको प्रचलन नै नभएको नौलो स्थानमा यसो गरियो भने के हुन्छ ?

प्रभुपाद: तसर्थ यहाँ हिप्पीहरु छन्| यो तिमीहरुको संस्कृति हो- धर्मको नाममा हिप्पीहरु र हत्याराहरु| यो तिमीहरुको संस्कृति हो | भ्रूणहत्या | यहाँ त्यस्तो राम्रो संस्कृति नै नभएको कारण भ्रूणहत्याको नतिजा देखिन्छ, हत्या र बम पड्काउने जस्ता वातावरण नै अप्रिय बनाउने नतिजा देखिन्छ | यो हो तिमीहरुको संस्कृति| प्रोटेस्टेन्ट र क्याथोलिक बिचको झगडा र बमबारी .......मानिसहरु त्रसित छन्| आरामसँग बाटोमा हिंड्न सक्दैनन् | यो हो तिमीहरुको संस्कृति | र भिक्षा माग्नु नराम्रो भन्छौ | सम्पूर्ण मानिस, सारा जनतालाई नै त्रसित राख्नुलाई राम्रो भन्छौ, र यदि कोहि विनम्र भएर भिक्षा माग्छ भने त्यसलाई नराम्रो भन्छौ | यो हो तिमीहरुको संस्कृति | वैदिक परम्पराले विनम्रता सिक्नका लागि भिक्षा माग्ने अनुमति दिन्छ, भिखारी बन्न होइन | धेरै प्रतिष्ठित परिवारका मानिस पनि यसको अभ्यास गर्छन् | यो मगन्तेले मागेको जस्तो होइन | यो त विनम्र बन्न सिक्नको लागि हो| र येशूले पनि भन्नुहुन्छ "विनम्र व्यक्तिलाई मात्र भगवान् मिल्नुहुन्छ|" यो मगन्तेले मागेको जस्तो होइन| तिमीहरुलाई यो संस्कृतिको बारेमा थाहा नै छैन| तिमीहरुको आफ्नै संस्कृति छ, आसुरी संस्कृति, मानिसहरु आफ्नै बच्चाको हत्या गर्न पनि तयार छन् | यो संस्कृति कसरी बुझ्छौ ? मैले सहि भनें कि गलत ?

सत्स्वरुप: हजुरले सहि भन्नुभयो |

प्रभुपाद: हो| पत्रमा वर्णन गर| तिमीहरुले चौथो श्रेणी, दशौँ श्रेणीको संस्कृति पाएका छौ | विनम्र बन्ने संस्कृतिको बारेमा कसरी बुझ्छौ त?

सत्स्वरुप: जुन जिल्ला अधिकृत हामीमाथि मुद्दा दायर गर्न प्रयासरत छ, आदि-केशव, उसले यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गर्छ, किनभने धेरै वकिलहरु भन्छन् कि हामीलाई आफ्नो धर्मको अभ्यास गर्ने अधिकार छ| यो धार्मिक स्वतन्त्रता हो | उसले भन्छ........

प्रभुपाद: स्वतन्त्र ......यो आधिकारिक धर्म हो |

सत्स्वरुप: उसले भन्छ कि "तर यो धर्मको कुरा होइन" उसले भन्छ "मन नियन्त्रण र धर्मबीच कुनै समानता नै छैन|" यो त व्यक्तिगत इच्छाको कुरा हो| मलाई लाग्दैन कि मनको सहि अवस्थामा रहेको व्यक्तिले अरुलाई आफ्नो मनमाथि नियन्त्रण गर्न अनुमति दिन्छ | यसलाई सम्मोहनको रुपमा सोच्नुहोस् |"

प्रभुपाद: मन नियन्त्रण नै सबैकुरा हो |

सत्स्वरुप: जे पनि |

प्रभुपाद: तिमीहरु पनि प्रयासरत छौ| आहिले तिनीहरु पनि हाम्रा भक्तहरुलाई जबर्जस्ती अपहरण गरेर मन नियन्त्रण गर्ने प्रयास गर्दैछन् | यो अर्को मन नियन्त्रण हो| उनीहरुले हामीलाई मन दिइसकेका छन् र तिमीहरु उनीहरुको मन जबर्जस्ती अपहरण गरेर नियन्त्रण गर्न चाहन्छौ | के यो मन नियन्त्रण होइन ? यहाँ उसको मन कृष्णभावानामा पहिला नै स्थिर छ र जबर्जस्ती तिमीहरु उसलाई भाँड्न चाहन्छौ | के यो मन नियन्त्रण होइन ? "र तिमीहरुको मन नियन्त्रणको विधि राम्रो छ | मेरो मन नियन्त्रणको विधि नराम्रो छ|" यो तिम्रो दर्शन हो | हरेक मानिस, हरेक पटमूर्खले भन्नेछ "मेरा क्रियाकलापहरु राम्रा छन् र तिम्रा नराम्रा छन्|"