NE/Prabhupada 0171 - लाखौं वर्षको लागि राम्रो सरकार बिर्सिदेऊ, जबसम्म...



Lecture on SB 1.2.28-29 -- Vrndavana, November 8, 1972


वर्णाश्रम अनुसार तालिम हुनुपर्छ| केहि श्रेणीका व्यक्तिहरुलाई राम्रा ब्राह्मण बन्ने तालिम दिनुपर्छ| केहि व्यक्ति;लाई राम्रा क्षत्रिय बन्ने तालिम दिनुपर्छ| कोहि व्यक्तिलाई राम्रा वैश्य बन्न तालिम दिनुपर्छ| र शुद्रलाई त कुनै तालिम नै चाहिंदैन| सबैजना शुद्र हुन् | जन्मना जायते शुद्र:| जन्मबाट नै सबजना शुद्र हुन् | संस्काराद् भवेद् द्विजः|तालिमद्वारा नै व्यक्ति ब्राह्मण, क्षत्रिय,वैश्य बन्छ | त्यो तालिम कहाँ छ ? सबैजना शुद्र छन् | र राम्रो सरकारको अपेक्षा कसरी गर्न सकिन्छ, शुद्र सरकार ? सबै शुद्रहरु राम्रो-नराम्रो मार्गबाट भोट लिंदैछन्| र तिनीहरु सरकारी पद कब्जा गर्दैछन्| तसर्थ तिनीहरुको एकमात्र काम भनेको.... कलि, यो युगमा विशेषगरी, म्लेच्छ राजन्य-रुपिनः, खाने र पिउने, मासु खाने ,रक्सी पिउने | म्लेच्छहरु, यवनहरु, तिनीहरु सरकारी पदमा छन् | राम्रो सरकारको अपेक्षा कसरी गर्न सकिन्छ ? लाखौं वर्षको लागि राम्रो सरकारको बारेमा बिर्सिदेऊ, जबसम्म वर्णाश्रम-धर्मको स्थापना हुँदैन | राम्रो सरकारको बारेमा त कुरा नै उठ्दैन| प्रथम श्रेणीको क्षेत्रीय हुनुपर्छ जसले सरकारलाई आफ्नो अधिनमा राख्न सक्छ| परिक्षित महाराज जस्तै| उहाँ भ्रमण गर्दै हुनुहुन्थ्यो र एउटा कालो वर्णको मान्छेले गाईलाई मार्न लागेको देख्नेबित्तिकै उहाँ तुरुन्त आफ्नो तरवार लिनुभायो" तँ को होस्, धूर्त, यहाँ?" ती हुन् क्षत्रिय | गाईको पालनपोषण गर्नेहरु वैश्य हुन् | कृषि-गोरक्ष्य​-वाणिज्यं वैश्य​-कर्म स्वभाव​-जम् (भ गी १८|४४) |

संस्कृति कहाँ छ ? तसर्थ यो कृष्णभावनामृत अभियान महत्वपूर्ण छ| समाजका आगुवाहरुले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ, कसरी सामाजिक अवस्थाको स्तरोन्नति गर्न सकिन्छ त | यहाँ मात्र होइन, सबैतिर, महोदय | सबै कार्यहरु अज्ञान र भ्रममा चलिरहेका छन् | अस्पष्ट, कुनै स्पष्ट विचार छैन | यहाँ स्पष्ट विचार छ: वासुदेव​-परा वेदाः| वेद, ज्ञान, तिमीहरु मानिसहरुलाई शिक्षा दिंदैछौ तर उनीहरुलाई वासुदेव, कृष्णका बारेमा सिकाउने शिक्षा कहाँ छ? भगवद् गीता केहि ठाउँमा प्रतिबन्धित छ | भगवान् वासुदेव स्वयं बोल्दै हुनुहुन्छ, तर यसलाई प्रतिबन्धित गर्छन् | र यदि कसैले पढ्दैछ, कोहि धूर्तले पढ्दैछ भने उसले हटाइदिन्छ | कृष्ण बिनाको भगवद् गीता | यो चलिरहेको छ| पुरै बेकार | बेकार समाजमा मानव सभ्यताको अपेक्षा गर्न सकिदैन| यहाँ मानव जीवनको वास्तविक उद्देश्य भनिएको छ: वासुदेव​-परा वेदा वासुदेव​-परा मखाः, वासुदेव​-परा योगाः.| धेरै योगीहरु छन् | म स्पष्ट भन्न सक्छु, कि वासुदेव बिनाको योग- केवल नाक थिचेर श्वास फेर्नु | त्यो योग होइन |