NE/Prabhupada 0180 - हरे कृष्ण मन्त्र रोगाणुनाशक हो



Lecture on SB 1.5.11 -- New Vrindaban, June 10, 1969

प्रभुपाद: विनापि पद​-चातुर्यं भगवद्-यशः-प्रधानां वचः पवित्रम् इत्य् अह तद् वाग् पवित्र इति | यो धेरै शुद्ध छ | के भनिन्छ ? रोगाणुनाशक | सम्पूर्ण संसार मायाको प्रभावले संक्रमित छ र यस कृष्ण भावनामृत अभियान, हरे कृष्ण मन्त्र रोगाणुनाशक हो | यो पक्का हो | रोगाणुनाशक | तद्-वाग्-विसर्गो जनताघ​-विप्लवः | भगवद्-यशः-प्रधानां वचः पवित्रम् इत्य् अह तद् वाग् इति, स चासौ वाग्-विसर्गो वचः प्रयोगः | जनानां समुहो जनता, तस्य अघं विप्लवति नशयति | विप्लव भनेको यसले मार्छ | किनकि रोगाणुनाशक | उदाहरणको लागि हामीले भन्न सक्छौं, कसरी यस कृष्ण भावनामृत अभियान रोगाणुनाशक हो, जसले यसलाई गम्भिरतापूर्वक ग्रहण गरेका छन्, उनीहरुको पापी संक्रमण तत्काल रोकिन्छ, चार नियामक सिद्धान्तद्वारा अवैध सम्बन्ध, नशा, जुवा र मांस-भक्षण रोकिन्छ | यो कति रोगाणुनाशक छ त | यी चार गतिविधिले पाप बढाउँछ | अरु सम्पूर्ण पापहरु एकपछि अर्को, एकपछि अर्को गर्दै आउँछन् | चोर्ने, अनि ठग्ने, अनि...... अरु धेरै कुराहरु आउनेछन् यदि हामी यी चार गतिविधिहरुमा संग्लग्न हुन्छौं | र यदि हामीले यी चार गतिविधिहरु रोक्छौं भने अरु पाप गर्ने स्वीच बन्द हुन्छ | तपाईले यो थाहा पाउनुपर्छ | र यो कसरी पालन गर्न सकिन्छ ? यस हरे कृष्ण जपको रोगाणुनाशक विधिद्वारा | अन्यथा, केवल सैद्धान्तिक ज्ञानले केहि हुनेछैन | त्यसैले यो वास्तवमा रोगाणुनाशक हो | जनताघ​-विप्लवः | यसले मानिसको पुनः पाप गर्ने प्रवृत्तिलाई रोकिदिन्छ | र यदि हामीले निरन्तरता दिन्छौं कि "मसँग यस रोगाणुनाशक विधि हरे कृष्णको जप छ | तसर्थ मैले पापका यी चार सिद्धान्त पालन नगरे पनि म संक्रमणमुक्त हुन्छु |" जस्तै इसाई चर्चमा तिनीहरु गएर क्षमायाचना गर्छन् | त्यो ठिकै छ | क्षमायाचना रोगाणुनाशक हुन्छ | तर तपाईले किन पुन: गर्नुहुन्छ ? के अर्थ रहन्छ ? तपाई चर्च गएर क्षमायाचना गर्नुहुन्छ | त्यो धेरै राम्रो हो | तपाईको पाप माफ हुन्छ | त्यो ठिकै छ | तर तपाई फेरी पाप किन गर्नुहुन्छ ? यसको जवाफ के छ ? हँ ? यसको सम्भावित जवाफ के हुनेछ यदि मैले कुनै इशाई सज्जनलाई सोध्छु कि "तपाई पाप गर्दै हुनुहुन्छ, ठिकै छ, चर्चमा भगवानका प्रतिनिधि वा भगवानका पुत्र येशु ख्रिस्ट अगाडी गएर क्षमचना गर्नुहुन्छ | तपाईका पापहरु निष्प्रभावी, माफ हुन्छन् | त्यो ठिकै छ ? तर तपाई पुनः किन पाप गर्नुहुन्छ ?" यसको जवाफ के हुनेछ ?

नर-नारायण: तिनीहरुले फेरी क्षमायाचना गर्नेछन् |

प्रभुपाद: तिनीहरुले फेरी क्षमायाचना गर्नेछन् | त्यसको मतलब यो व्यापार बनेको छ | कि "म पाप गर्छु........" त्यो राम्रो विचार होइन | यो आपराधिक सुची जुन तपाईले टिप्नुभएको छ, त्यसमा प्रतिबन्धित छ कि........ नाम्नो बलाद् यस्य हि पाप​-बुद्धिः | जसले सोच्छ कि "मसँग यो रोगाणुनाशक विधि छ, त्यसैले म पाप गरिरहनेछु र हरे कृष्ण जप्नेछु, अनि यो निष्प्रभावी हुनेछ," त्यो सबभन्दा ठुलो पाप हो |