NE/Prabhupada 0182 - आफुलाई शुद्ध आवस्थामा राख



Lecture on SB 2.3.15 -- Los Angeles, June 1, 1972

कृष्णको बारेमा सुनेर एउटा लाभ भनेको ऊ बिस्तारै पापमुक्त हुन्छ, केवल सुनेर | हामी पापी थिएनौं भने हामी यस संसारमा आउने थिएनौं | अत: भगवद् धाम जानुभन्दा पहिला हामी पापमुक्त हुनुपर्छ| किनभने भगवानको साम्राज्य .... भगवान् शुद्ध हुनुहुन्छ, साम्राज्य पनि शुद्ध छ| कुनै पनि अशुद्ध जीवात्मा प्रवेश गर्न सक्दैन| त्यसैले व्यक्ति शुद्ध हुनुपर्छ| भगवद् गीतमा यसको उल्लेख छ| येषाम् त्व् अन्त​-गतम् पापम् | "जो जीवनका सम्पूर्ण पापका फलबाट पूर्ण मुक्त छ," येषाम् त्व् अन्त​-गतम् पापम् जनानम् पुण्य​-कर्मणाम्, "र पुण्य कर्ममा संग्लग्न संग्लन हुन्छ, कुनै पनि पापकर्म हुँदैन....." त्यसैले यो कृष्ण भावनामृत अभियानले उसलाई सबै पापकर्म नाश गर्ने र आफुलाई अखण्ड राख्ने मौका दिन्छ: अवैध सम्बन्ध नराख्ने, नशा नगर्ने,मांसाहार नगर्ने,जुवातास नखेल्ने | यदि हामीले यी नियमहरु पालना गर्यौं भने दिक्षा पछि मेरा सबै पापहरु पखालिनेछन् | र यदि मैले आफुलाई त्यो शुद्ध अवस्थमा राख्छु भने पुनः पापी बन्ने त प्रश्न नै उठ्दैन| तर एकपटक पखालिसकेपछि ,नुहाएपछि पुनः शरीरभरि धुलोमैलो छर्छौ भने त्यस्तो प्रक्रियाले केही मदत नै गर्दैन | यदि तिमी "म फेरी नुहाउछु र फेरी मैलिन्छु"भन्छौ भने नुहाउनुको के अर्थ रहन्छ ? पखालिऊ | एक पटक पखालिएपछि आफुलाई त्यस शुद्ध अवस्थामा राख | त्यो आवश्यक छ | यो तब सम्भव हुन्छ कबा तिमी कृष्णको बारेमा सुनेर सदैव कृष्णको सम्पर्कमा रहन्छौ | त्यति हो| तिमी शुद्ध रहनुपर्छ | र त्यो हो : पुण्य-श्रवण ​-किर्तन: | यदि कृष्णको बारेमा सुन्छौ भने तिमी सधैं पुण्यको अवस्थामा रहनेछौ | पुण्य-श्रवण ​-किर्तन: | कि तिमी जप गर वा... तसर्थ हामी नित्य रुपमा हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे /हरे राम हरे राम राम राम हरे हरे जप गर्ने सल्लाह दिन्छौं | त्यसैले हामी पाप कर्ममा पतन हुनबाट सधैँ सावधान हुनुपर्छ| सबैजना सावधान हुनुपर्छ र निरन्तर जप कार्यमा लाग्नुपर्छ | तब ऊ ठिक हुन्छ | श्रीण्वताम् स्व​-कथा: कृष्ण: पुण्य-श्रवण-कीर्तन: (श्री भा १।२।१७) | र क्रमिक रुपमा कृष्णको बारेमा सुन्दै गर्दा हृदयका सम्पूर्ण फोहोरहरु सफा हुनेछन् | हृदयका फोहोर भनेको "म यो शरीर हुँ; म अमेरिकी हुँ ; म भारतीय हुँ; म हिन्दु हुँ; मुस्लिम हुँ; म यो हुँ;म त्यो हुँ|" यी सबै आत्माको विभिन्न प्रकारका आवरण हुन्| आवारणरहित आत्मा पूर्ण चेतनशील हुन्छ कि "म भगवानको नित्य दास हुँ|" व्यक्तिको अर्को कुनै पहिचान छैन| त्यसलाई मुक्ति भनिन्छ| जब व्यक्तिले यो बुझ्छ कि "म भगवान् कृष्णको नित्य दास हुँ, र मेरो एक मात्र कर्तबव्य भनेको उहाँको सेवा गर्नु हो,"त्यसलाई मुक्ति भनिन्छ| मुक्ति भनेको तिमीसँग अर्को दुई हातखुट्टा हुने होइन | उही कुरा हो, हृदय सफा हुन्छ| जस्तै एक व्यक्तिलाई ज्वरो आएको छ| ज्वरोका धेरै लक्षण छन्, तर जब ज्वरो हट्छ, सबै लक्षण जान्छन् | हाम्रो भौतिक जगतको ज्वोरो भनेको इन्द्रियतृप्ति हो| इन्द्रियतृप्ति | यो ज्वरो हो | जब हामी कृष्ण भावनामृतमा संग्लन हुन्छौं, यो इन्द्रियतृप्तिको कार्य बन्द हुन्छ| यहि नै फरक छ | यो भनेको तिमीहरुले कृष्ण भावनामा कति प्रगति गरेका छौ भन्ने परिक्षा हो|