NE/Prabhupada 0184 - आफ्नो आशक्तिलाई भौतिक ध्वनिबाट आध्यात्मिक ध्वनिमा स्थानान्तरित गर्नुपर्छ



Lecture on SB 3.26.47 -- Bombay, January 22, 1975


यो ध्वनि धेरै महत्वपूर्ण कुरा हो | यो ध्वनि नै भौतिक संसारको बन्धनको मुख्य कारण हो | जस्तै ठुला-ठुला शहरमा तिनीहरु चलचित्रको ध्वनिमा आशक्त हुन्छन् | यो मात्र हैन, हामीले रेडियो संचारद्वारा अरु कुरा पनि सुन्दैछौं | ध्वनि प्रतिको आशक्ति | र त्यो भौतिक स्वरको कारण नै हामी भौतिक बन्धनमा अल्झिएका छौं | कुनै नायिका, कुनै चलचित्र कर्मी, गायक र अरु मानिसहरु उक्त ध्वनि सुनेर यति मनोरन्जन लिन्छन्, कि एउटा गीतको लागि कलाकारलाई पन्ध्र हजार रुपैंया दिइन्छ | बम्बईमा यस्ता धेरै छन् | केवल हेर्नुहोस् कि यस भौतिक ध्वनिप्रति हाम्रो कति धेरै आकर्षण छ | त्यसैगरी, यदि हामीले त्यहि आशक्तिलाई हरे कृष्ण महामन्त्र सुन्नतर्फ लगाउँछौं भने हामी मुक्त हुन्छौं | एउटा भौतिक हो; अर्को आध्यात्मिक | हामीले आध्यात्मिक ध्वनितर्फ आशक्त हुन अभ्यास गर्नुपर्दछ | त्यसपछि हाम्रो जीवन सार्थक हुन्छ | चेतो दर्पण​-मार्जनम् भव​-महा​-दावाग्नि-निर्वापणम् श्रेय:-कैरव​-चन्द्रिका​-वितरणम् विद्या​-वधु-जिवनम् आनन्दाम्बुधि-वर्धनम् प्रति-पदम् पुर्णामृतस्वादनम्... परम् विजयते श्री-कृष्ण-सङ्कीर्तनम् (चै च अन्त्य २०|१२) यस कृष्ण भावनामृत अभियानको प्रयोजन भनेको "पहिले नै तिम्रो ध्वनिप्रति आशक्ति छ | अब यो आशक्तिलाई केवल आध्यात्मिक ध्वनितर्फ लगाऊ | त्यसपछि जीवन सार्थक हुन्छ |" यस हरे कृष्ण अभियानले मानिसलाई भौतिक ध्वनिलाई आध्यात्मिक ध्वनि आकर्षित हुन सिकाउँछ | त्यसैले नरोत्तम दस ठाकुर गाउनुहुन्छ, गोलोकेर प्रेम​-धन​, हरि-नाम​-सङ्कीर्तन​, रति न जन्मिलो मोरे तय | यो ध्वनि आध्यात्मिक जगतबाट आउँछ, गोलोकेर प्रेम​-धन, जपेर, श्रवण गरेर, हामीले भगवानसँगको निष्क्रिय प्रेमलाइ विकास गर्न सक्छौं | यो अत्यन्त आवश्यक छ | प्रेम पुम्-अर्थो महान् | भौतिक संसारमा हामीले धर्मार्थ​-काम​-मोक्ष (श्री भा ४|८|४१)लाई धेरै महत्वपूर्ण मानेर स्वीकार्दैछौं | पुरुषार्थ | धर्मबाट हामीले धार्मिकता प्राप्त गर्छौ र धार्मिकता प्राप्त गरेपछि हाम्रो आर्थिक उन्नति हुन्छ | धनम् देहि, रुपम् देहि, यसो देहि, देहि देहि | काम​ | किन देहि देहि? हाम्रो कामवासना तृप्त गर्न | धर्मार्थ-काम र जब हामीले आफ्नो इच्छा पुरा गर्न सक्दैनौं, त्यसपछि हामीले मोक्ष प्राप्त गरेर भगवानसँग एक हुन चाहन्छौं | यी हाम्रो चार प्रकारको भौतिक कार्यहरु हुन् | तर आध्यात्मिक कार्य भनेको प्रेम पुम्-अर्थो महान् | भगवानको प्रेम प्राप्त गर्नु भनेको सर्वोच्च पूर्णता प्राप्त गर्नु हो | प्रेम पुम्-अर्थो महान् | जीवनको यो लक्ष्य प्राप्त गर्न, प्प्रेम पुम्-अर्थो महान्, विशेषगरी यस युगमा, कलियुगमा, हामीले अरु कुरा गर्न नसकेको कारण यो धेरै नै कठिन छ | यस युगमा धेरै अवरोधहरु हुन्छन् | त्यसैले कलौ... यो नै एकमात्र मार्ग हो, हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम्: (चै च आदि १७|२१) "हरे कृष्ण मन्त्र जप," केवलं, "मात्र" | कलौ नस्त्य् एव नस्त्य् एव नस्त्य् एव गतिर् अन्यथा​ | यस कलि-युगमा, भौतिक बन्धनबाट मुक्त हुनु नै प्रमुख कार्य भएको कारण...... भुत्वा भुत्वा प्रलियते (भ गी ८|१९)| मानिसहरुले बुझ्दैनन् कि हाम्रो वास्तविक पीडा के हो | परम पुरुषोत्तम भगवान् कृष्णले व्यक्तिगत रुपमा भन्नुहुन्छ, " यो तिमीहरुको दुःख हो |" के? जन्म-मृत्यु -जरा व्याधि:(भ गी १३|९) "बारम्बार दोहोरिने जन्म र मृत्यु | यो तिम्रो जीवनको वास्तविक दुःख हो |" तिमीहरु यो दुख, त्यो दुख भनेर के सोच्दैछौ ? ती सबै अस्थायी हुन् | तिनीहरु सबै भौतिक प्रकृतिको नियमले बाँधिएको छ | तिमी त्यसबाट बाहिर निस्किन सक्दैनौ | प्रकृते: क्रियामाणानी गुणै: कर्माणी सर्वष: (भ गी ३|२७) | हामी प्रकृतिको तीन गुणमा बाँधिएका कारणले प्रकृतिले हामीलाई कुनै कार्य गर्न बाध्य बनाउँछिन् | तसर्थ तिमी प्रकृतिको निर्देशन अनुसार चल्नुपर्छ | र जबसम्म तिमी भौतिक प्रकृतिको अधीनमा हुन्छौ, तबसम्म तिमीले जन्म, मृत्यु, जरा र व्याधी स्वीकार्नुपर्छ | यो नै वास्तविक दुःख हो |