NE/Prabhupada 0187 - सधैं उज्यालो प्रकाशमा बस



Lecture on SB 2.8.7 -- Los Angeles, February 10, 1975


त अज्ञानता भन्ने चलिरहन्छ| तसर्थ भावी पुस्ताको मार्गदर्शनका लागि, परीक्षित महाराजले यो प्रश्न सोध्नुभयो, कि "कसरी जीवात्माले यो भौतिक शरीर प्राप्त गर्दछ? यो स्वत: हुन्छ कि, कुनै कारण बिना हुन्छ कि, कारणवश हुन्छ ?" तर कारणवश.... यसको वर्णन गर्नेछु| यो... जब त्यहाँ कुनै कारण छ... जस्तै कुनै किटाणुको संक्रमण हुन्छ भने, तुरुन्तै रोगले ग्रसित हुन्छौ| रोग स्वतः आउँछ | यो स्वतः हुन्छ| तर संक्रमण नै रोगको कारण हो| यदि संक्रमित हुनबाट सावधान रहन्छौ भने नीच जन्म अथवा दुःखको कारणबाट बच्न सकिन्छ| तसर्थ हामीले यो समाज बनाएका छौँ | समाज भनेको यहाँ तिमीले आफ्नो स्तर उन्नतिको लागि कारण प्राप्त गर्छौ | जस्तै, धेरे संस्थाहरु छन्, समान स्तरका मानिस छन् | "समान पखेटा भएका चराहरु समान रुपमा पखेटा फर्फराउँछन् |" यहाँ एउटा समाजमा छ | यहाँ को बस्न चाहन्छन्? यहाँ को आउँछन् ? किनभने यो समाज मुक्ति प्राप्तिको लागि हो... मानिसहरु भौतिक जीवनमा दुःखको सामना गर्दैछन् | कोहि पनि खुसी छैन | यो तथ्य हो | किनभने उनीहरु अज्ञानतामा छन्, उनीहरु दुःखलाई खुसी मान्दैछन् | यसलाई माया भनिन्छ | यसलाई माया भनिन्छ | यन् मैथुनादि-गृहमेधि-सुखं हि तुच्छम् (श्री भा ७|९|४५) | माया यौन जीवनमा प्रकट हुन्छिन् | उनीहरु यौन जीवनलाई राम्रो भन्छन्, तर यौन सम्बन्धपछि धेरै पीडाहरु उत्पन्न हुन्छन् | वैध होस् य अवैध, यसले फरक पार्दैन | वैध पीडा होस् अथवा अवैध, तर त्यो पीडा हो | हामी सबैलाई थाहा छ | त्यसैले, सबै... नराम्रो मोलतोललाई राम्रो प्रयोगमा ल्याउनु | हामीसँग भौतिक शरीर छ | केहि कारण थियो | केहि कारण थियो कि हामी मनोरन्जन गर्न चाहन्छौँ तर कृष्णलाई सेवा गर्न चाहँदैनौं | यो हो कारण | कृष्ण-बहिर्मुख हञा भोग वाञ्छा करे | हामी कृष्णको सेवा गर्दैछौं | त्यो हाम्रो वास्तविक स्थिति हो, कृष्णको सेवा गर्ने, तर कहिलेकहीं हामी चाहन्छौं: " किन कृष्णको सेवा गर्ने?किन गुरुको सेवा गर्ने? म आफैं भोग गर्छु |" तर त्यो सुख कृष्णको सेवा गरेर मिलेको थियो, हामीले कृष्ण जस्तै स्वतन्त्र भोक्ता बन्ने इच्छा गर्यौं | यो तल झर्नुको मुख्य कारण हो | कृष्णसँग हामीले राम्रो भोग गर्न सक्छौं | तिमीले कृष्णको तस्विर देखेको छौ, कसरी कृष्ण गोपीहरुसँग नाच्दै हुनुहुन्छ, मनोरन्जन लिंदै हुनुहुन्छ; कसरी ग्वालाहरुसँग खेल्दै हुनुहुन्छ | कृष्णसँग हाम्रो वास्तविक मनोरन्जन हुन्छ | यदि हामीले कृष्ण बिना भोग गर्न चाहन्छौं भने त्यो माया हो | त्यो माया हो | माया सधैँ साथमा हुन्छिन्, र हामी... किनभने अन्धकार नभएसम्म, उज्यालोको गुण हामीले थाहा पाउन सक्दैनौं; त्यसैले कृष्णले अन्धकार वा माया पनि बनाउनु भयो ताकी हामीले उज्यालोको आभास गर्न सकौं | दुईवटा कुरा आवश्यक छन् | उज्यालो नभए अन्धकारको सराहना गर्न असम्भव छ, र अन्धकार... अन्धकार बिना, उज्यालोको गुण थाहा हुँदैन | दुई कुराहरु छन्, सँगसँगै | जस्तै सुर्यको किरण विद्यमान छ, र यहाँ छायाँ छ, सँगसँगै | तिमी छायाँमा रहन सक्छौ; तिमी सूर्यको किरणमा रहन सक्छौ | त्यो तिम्रो छनौटमा भर पर्छ| यदि तिमी अन्धकारमा रहन्छौ भने तिम्रो जीवन पीडादायी हुन्छ, र यदी हामी उज्यालोमा रहन्छौं भने... त्यसैले हामीलाई वैदिक सहित्यले सिकाउँछ कि, तमसी मा: "अन्धकारमा नबस |" ज्योतिर् गमः "उज्यालोतर्फ जाऊ |" त्यसैले यो प्रयास, कृष्ण भावनामृत अभियान मानिसहरुलाई अन्धकार रुपी जीवनबाट उज्यालोतर्फ लिएर आउने प्रयास हो | त्यसैले यो मौका नगुमाऊ | कुनै कारणवश तिमी यो अभियानमा सहभागी भएको छौ | कृपया राम्रोसँग उपयोग गर | अन्धकारतर्फ नजाऊ | सधैँ उज्यालोमा बस | धन्यवाद |