NE/Prabhupada 0191 - कृष्णलाई नियन्त्रण गर्नु - यो वृन्दावन जीवन हो



Lecture on SB 6.1.52 -- Detroit, August 5, 1975

प्रभुपाद: कृष्णको कृपाबाट, गुरुको कृपाबाट, दुवै.... एकजनाको मात्र कृपा पाउने प्रयास नगर | गुरु कृष्ण कृपाय पाय भक्ति लता-बीज | गुरुको कृपाद्वारा मानिसले कृष्णलाई पाउँछ | र कृष्ण सेइ तोमार​, कृष्ण दिते पारो | गुरु स्वीकार गर्नु भनेको उहाँसँग कृष्ण माग्नु हो | कृष्ण सेइ तोमार, किनकि कृष्ण कृष्णको भक्तसँग हुनुहुन्छ | कृष्ण मालिक हुनुहुन्छ, तर कसले कृष्णलाई नियन्त्रणमा राख्न सक्छ ? उहाँको भक्तले | कृष्ण परम नियन्त्रक हुनुहुन्छ, तर उहाँ आफ्नो भक्तबाट नियन्त्रित हुनुहुन्छ | उहाँ कृष्ण हुनुहुन्छ , भक्ति-वत्सल​ | जस्तै एउटा ठुलो पिता, उच्च न्यायालयको न्यायाधीश र ... एउटा कथा छ कि प्रधानमन्त्री ग्लाडस्टोनलाई भेट्न कोहि आएको थियो | र श्री ग्लाडस्टोनले भने " पख | म व्यस्त छु |" ऊ घण्टौं कुरेर बसेको थियो, त्यसपछि ऊ उत्सुक भयो : "यी महासयले के गर्दै हुनुहुन्छ ?" उसले भित्र हेर्ने इच्छा गर्यो.... उसले देख्यो कि ग्लाडस्टोन घोडा बनेका थिए र आफ्नो बच्चालाई आफुमाथि राखेका थिए | उनले त्यसो गर्दै थिए | तिमी बुझ्छौ ? प्रधानमन्त्री, उनले बेलायाती साम्राज्यलाई नियन्त्रण गर्छन्, तर उनी आफ्नो छोराको स्नेहको अधिनमा छन् | यसलाई स्नेह भनिन्छ | त्यसैगरी, कृष्ण परम नियन्त्रक हुनुहुन्छ |

ईश्वर: परम: कृष्ण: सच्-चिद्-आनन्द​-विग्रह:
अनादिर् आदिर् गोविन्द: सर्व​-कारण​-कारणम्
( ब्र स ५|१)

उहाँ परम नियन्त्रक हुनुहुन्छ, तर उहाँ आफ्नो भक्त, श्रीमती राधारानीद्वारा नियन्त्रित हुनुहुन्छ | उहाँ अधिनमा हुनुहुन्छ | यो सजिलै बुझ्न सकिने लिला होइन.... कृष्ण आफ्ना भक्तबाट नियन्त्रित हुन स्वेच्छापूर्वक सहमत हुनुहुन्छ | त्यो कृष्णको स्वभाव हो |माता यशोदा जस्तै | यशोदा मतले पनि कृष्णलाई बाँधेर नियन्त्रण गर्नुहुन्छ :" तिमी धेरै बदमास छौ, म तिमीलाई बाँध्छु |" यशोदा मातासँग एउटा लट्ठी छ, र कृष्ण रुँदै हुनुहुन्छ, कृष्ण रुँदै हुनुहुन्छ | यी कुरा तिमी अध्ययन गर | यो कुरा श्रीमद् भागवतममा लेखिएको छ, कुन्तीले प्रार्थना गर्दै हुनुहुन्छ, उहाँले कसरी प्रशंसा गर्दै हुनुहुन्छ " मेरो प्रिय कृष्ण, तपाई सर्वोच्च हुनुहुन्छ | तर यशोदा माताको लट्ठी देखेर तपाई रुँदै हुनुहुन्छ, त्यो दृश्य म हेर्न चाहन्छु |" कृष्ण यति भक्त-वत्सल हुनुहुन्छ कि उहाँ सर्वोच्च नियन्त्रक हुनुहुन्छ | तर यशोदा माता जस्तो भक्त, राधारानी जस्तै भक्त, गोपीहरु जस्तै भक्त, ग्वालबाल जस्तै भक्तले कृष्णलाई नियन्त्रण गर्न सक्नुहुन्छ | त्यो वृन्दावन जीवन हो | यो कृष्ण भावनामृत अभियानले तिमीलाई त्यहाँ लाने प्रयास गर्दैछ | मूर्ख मानिसहरु, उनीहरु भट्टकिएका छन् | मानिसहरुलाई कृष्ण भावनामृत अभियानको महत्व थाहा छैन | हामीहरु मानव सभ्यतालाई सर्वोच्च लाभ, स्थान दिने प्रयास गर्दैछौं | हामीहरु भगवानसँग एक हुन चाहँदैनन्, तर उनीहरुले भगवानलाई नियन्त्रण गर्ने अधिकार दिंदैछौं | यो कृष्ण भावनामृत अभियान हो |

धेरै धेरै धन्यवाद |

भक्तहरु: जय !