NE/Prabhupada 0193 - हाम्रो संघमा सबैले यी पुस्तकबाट श्रवण गर्दैछन्



Room Conversation with Professor Durckheim German Spiritual Writer -- June 19, 1974, Germany


डा पी.जे.सहेर : के तपाई कृपया आफ्नो तरिकाको बारेमा अझै बताउनुहुन्छ.... मानिसले भगवानको नाम जप गर्छ, कृपया तपाई करुणा गरेर यसलाई अझै स्पष्ट पार्न सक्नुहुन्छ, एउटा कुनै तरिकाले वा के आउँछ...... (जर्मन ) त्यसको थपमा के गर्नुपर्छ वा त्यसको निरुपण कसरी हुन्छ, कुल रुपमा, तपाईको शिक्षाको पूर्ण प्रणालीमा ?

प्रभुपाद : हुन्छ | यो भक्ति-मार्ग भनेको, पहिलो कुरा भनेको श्रवणम्, सुन्नु | जस्तै यी पुस्तकहरु मानिसहरुलाई श्रवण गर्ने मौका दिन लेखिएका हुन् | त्यो पहिलो कार्य हो | यदि हामीले भगवानको बारेमा श्रवण गरेनौं भने अरु केही नै कल्पना गर्न थाल्छौं | हुँदैन | हामीले भगवानको बारेमा श्रवण गर्नुपर्छ | हामीले यसरी असीवटा पुस्तक प्रकाशित गरेका छौं, केवल भगवानको बारेमा श्रवण गर्न | जब तिमीले पूर्ण तरिकाले सुन्छौ त्यसपछि तिमीले अरुलाई वर्णन गर्न सक्छौ | यसलाई कीर्तनम् भनिन्छ | श्रवणम्, कीर्तनम् | जब यो प्रक्रिया चल्छ,सुन्ने र बोल्ने वा व्याख्या गर्ने, कीर्तनम् भनेको व्याख्या गर्नु हो | जसरी हाम्रो समाजमा उनीहरु यी पुस्तकबाट श्रावण गर्छन् र बाहिर अरुलाई बुझाउन जान्छन् | यसलाई कीर्तन भनिन्छ | र यी दुई प्रक्रिया, श्रवण र कीर्तनबाट तिमीलाई स्मरण हुन्छ, स्मरणम् | यो भनेको स्मरण गर्नु हो , तिमीले सधैं भगवानको सङ्ग गर्नेछौ |

डा. पी.जे सहेर : सबै समयमा, " मलाई स्मरण गर्ने |"

प्रभुपाद : हो हो | श्रवणं कीर्तनं विष्णो: स्मरणं पाद​-सेवनम् (श्री भा ७|५|२३) | त्यसपछि विग्रहको पुजन गरेर, भगवानको चरण कमलमा फुल अर्पण गरेर, माला बनाएर, शृङ्गार गरेर, पाद​-सेवनम्, अर्चनं वन्दनम्, प्रार्थना गरेर, दास्यम्, सेवा गरेर | यस प्रकार, नौ प्रकारका प्रक्रिया छन् |

डा पी.जे. सहेर : हाम्रो इसाई धर्ममा पनि त्यस्तै कुरा छ, समानान्तर छ..... (जर्मन)

प्रभुपाद : हो, इसाई तरिका, प्रार्थना गर्नु | त्यो भक्ति हो, त्यो भक्ति हो | ( जर्मन ) कलि - युग भनेको झगडा हो | कोहि पनि सत्य कुरा जान्न इच्छुक छैनन्, उनीहरु केवल झगडा गर्न चाहन्छन् | " मेरो धारणामा यस्तो " म भन्छु, " मेरो धारण यस्तो|" तिमी भन्छौ, "उसको धारणा |" धेरै मूर्ख धारणा र आफैंबीच झगडा | यो युग | कुनै स्तरीय धारणा छैन | सबैसँग आफ्नै धारणा छ | तसर्थ झगडा हुनैपर्छ | सबैजना भन्छन्, " म यस्तो सोच्छु |" तिम्रो त्यस्तो सोचाईको महत्व के छ ? यो नै कलि-युग हो | किनकि तिमीसँग स्तरीय ज्ञान छैन | यदि एउटा बच्चाले आफ्नो बुबालाई भन्छ, " मेरो धारणामा, तपाईले यस्तो गर्नुपर्छ |" के त्यो धारणा ग्रहण गर्नुपर्छ त ? यदि उसलाई केहि थाहा छैन भने उसले आफ्नो धारणा कसरी व्यक्त गर्न सक्छ ? तर यहाँ, यो युगमा, सबैजना आफ्नै धारणाका साथ तयार छन् | तसर्थ यो झगडा हुन्छ | जस्तै संयुक्त राज्य, सबै ठुला मानिसहरु त्यहाँ संयुक्त हुन जान्छन् , तर उनीहरुले केवल झन्डा बढाएका छन् | त्यति हो | झगडा, यो समाज केवल झगडा गर्ने समाज हो | पाकिस्तान, हिन्दुस्तान, अमेरिका, भियतनाम| यो संस्था संयुक्त हुन खोलिएको थियो तर यो झगडा गर्ने संस्थामा परिवर्तन भएको छ | त्यति हो.... सबैकुरा | किनकि सबैजना अपूर्ण छन्, कसैले पूर्ण ज्ञान दिन सक्दैन |

जर्मन नारी : के तपाईको मतलब कलि-युग सधैं विद्यमान हुन्छ ?

प्रभुपाद : होइन | यस अवधिमा मूर्ख मानिसहरु उत्पन्न भएका छन् (विराम)..... झगडाको कुनै समाधानमा नपुगेर उनीहरुले झगडा बढाएका छन् | किनकि उनीहरुसँग स्तरीय ज्ञान छैन | तसर्थ ब्रह्म-सुत्रमा भनिएको छ कि तिमी परम सत्यको बारेमा जिज्ञासा गर्न उत्सुक हुनुपर्छ | अथातो ब्रह्म जिज्ञासा | यसको जवाफ, अर्को श्लोक छ कि ब्रह्म, वा परम सत्य भनेको जसबाट सबै कुरा उत्पन्न भएको छ | अथातो ब्रह्म जिज्ञासा, जन्माद्य अस्य यत​: (श्री भा १|१|१) | अब तिमीले यो कहाँ छ खोज......सबैजनाले परम कारण खोज्ने प्रयास गर्दैछन् | त्यो लक्ष्य हुनुपर्छ | कि यदि तिमीले यी दार्शनिक उद्धरणहरुको अनुसरण गर्यौ भने तिम्रो झगडा रोकिनेछ | तिमी धीर हुन्छौ | यो श्लोक पनि तत्त्व जिज्ञासा हो | तत्त्व जिज्ञासा भनेको परम सत्यको बारेमा जिज्ञासा गर्नु हो | बस, किनकि समाजमा धेरै बुद्धिमानी श्रेणीका मानिस हुनु जरुरि छ, जसले परम सत्यको बारेमा छलफल गर्छन् र अरुलाई पनि जानकारी दिन्छन्," यो नै परम सत्य हो, मेरा प्यारा साथीहरु, मेरा प्यारा,......" तिमी यस्तो गर | यो जरुरी छ | तर यहाँ सबैजना परमसत्य छन् | त्यो नै झगडाको कारण हो |