NE/Prabhupada 0210 - सम्पूर्ण भक्ति-मार्ग भगवानको कृपामा निर्भर हुन्छ
Lecture on SB 1.15.30 -- Los Angeles, December 8, 1973
यदि तिमी भगवद्-गीता बुझ्न चाहन्छौ भने तिमीले प्रत्यक्ष रुपमा सुनेको व्यक्तिको जस्तै विधिबाट बुझ्नुपर्छ | यसलाई परम्परा विधि भनिन्छ | मानौं मैले आफ्ना आध्यात्मिक गुरुबाट केहि सुनेको छु, मैले तिमीलाई उही कुरा भन्छु | यो परम्परा विधि हो | तिमीले कल्पना गर्न सक्दैनौ कि मेरो आध्यात्मिक गुरुले के भन्नुभयो | वा तिमीले कुनै पुस्तक पढे पनि तिमीले बुझ्न सक्दैनौ, जबसम्म तिमीले मबाट बुझ्दैनौ | यसलाई भनिन्छ परम्परा विधि | तिमी वरिष्ठ गुरुसम्म पुग्न सक्दैनौ, मेरो मतलब, तत्काल अगाडिका आचार्यलाई उपेक्षा गरेर | जस्तै हाम्रो, यो गौ......., चैतन्य महाप्रभुको सम्प्रदाय; हामीले चैतन्य महाप्रभुलाई प्रत्यक्ष रुपमा बुझ्न सक्दैनौं | यो सम्भव छैन | हामीले उहाँलाई गोस्वामीहरुको माध्यमबाट बुझ्नुपर्छ | तसर्थ तिमीले चैतन्य चरितामृतमा पाउँछौ कि हरेक अध्यायको अन्त्यमा, लेखकले भन्नुहुन्छ, रूप-रगुनाथ-पदे..... त्यो के हो ? कृष्णदास | रुप-रगुनाथ-पदे सद यार आश चैतन्य-चरितामृत कहे कृष्ण-दास | यो विधि हो | उहाँले भन्नुहुँदैन कि "मैले चैतन्य महाप्रभुलाई प्रत्यक्ष रुपमा बुझेको छु |" होइन | त्यो बुझाइ होइन | त्यो मूर्खता हो | तिमीले चैतन्य महाप्रभु के हुनुहुन्छ बुझ्न सक्दैनौ | तसर्थ उहाँ बारम्बार भन्नुहुन्छ, रुप-रगुनाथ-पदे सद यार आश चैतन्य-चरितामृत कहे कृष्ण-दास | "म कृष्ण दास हुँ, कविराज, जो सधैं गोस्वामीहरुको अधिनमा छ |" यो परम्परा विधि हो | त्यसैगरी, नरोत्तम दास ठाकुरले पनि भन्नुहुन्छ, एइ छय गोसाइ जार् तार् मुइ दास्, "म ती व्यक्तिको दास हुँ जसले षड्-गोस्वामीहरुलाई आफ्नो मालिकको रुपमा स्वीकारेको छ | म अरु कुनै व्यक्तिको दास बन्नेछैन जसले यो तरिका स्वीकार्दैन र ......."
तसर्थ हामी भन्छौं, वा हामी आफ्ना आध्यात्मिक गुरुलाई प्रार्थना गर्छौं, रूपानुग-वराय ते, रूपानुग-वराय ते, किनकि उहाँ रुप गोस्वामीको अनुसरण गर्नुहुन्छ, तसर्थ हामी उहाँलाई आध्यात्मिक गुरुको रुपमा स्वीकार्छौं | यो होइन कि कोहि रुप गोस्वामीभन्दा ठुलो भएको छ वा...... | होइन | ताङ्देर चरण-सेबि-भक्त-सने वास् | यो परम्परा विधि हो | अब यहाँ, उही कुरा दोहोर्याइएको छ: अर्जुन, जसले प्रत्यक्ष रुपमा कृष्णबाट सुने | कहिलेकहीं केहि मानिसले भन्छन्- यो धूर्तता हो- कि "अर्जुनले कृष्णबाट प्रत्यक्ष सुने, तर हामीले कृष्णलाई आफ्नो उपस्थितिमा पाउँदैनौं, त्यसैले हामीले कसरी स्वीकार्ने ?" यसमा प्रत्यक्ष उपस्थितिको प्रश्न उठ्दैन, किनकि तिमीसँग परम ज्ञानको कुनै धरान छैन | कृष्णका वाणी, भगवद्-गीता, कृष्णभन्दा अभिन्न छ | यो कृष्णभन्दा अभिन्न छ | जब तिमीले भगवद्-गीता सुन्छौ, तब तिमीले कृष्णबाट प्रत्यक्ष सुन्दैछौ किनकि कृष्ण अभिन्न हुनुहुन्छ | कृष्ण परम हुनुहुन्छ | कृष्ण, कृष्णको नाम, कृष्णको रुप, कृष्णको गुण, कृष्णको उपदेश, सबै कृष्णको, यिनीहरु सब कृष्ण हुन् | यिनीहरु सब कृष्ण हुन् | यो बुझ्नुपर्छ | यिनीहरु कृष्णभन्दा अभिन्न छन् | तसर्थ कृष्णको रुप यहाँ छ, उहाँ कृष्ण हुनुहुन्छ | उहाँ मुर्ति हुनुहुन्न | "उहाँ ढुंगाको मुर्ति हुनुहुन्छ |" होइन | उहाँ कृष्ण हुनुहुन्छ | उहाँ तिमी सामु प्रकट हुनुभएको छ किनकि तिमीले कृष्णलाई देख्न सक्दैनौ | तिमीले ढुंगा, काठ देख्न सक्छौ; तसर्थ उहाँ त्यस्तो रुपमा प्रकट हुनुभएको छ | तिमीले सोच्छौ कि यो ढुंगा र काठ हो, तर उहाँ ढुंगा र काठ होइन; उहाँ कृष्ण हुनुहुन्छ | यसलाई भनिन्छ परम सत्य | त्यसैगरी, कृष्णका वाणीहरु पनि कृष्णभन्दा अभिन्न हुन्छन् | जब कृष्णका वाणी भगवद्-गीतामा छन्, ती कृष्ण हुन् |
जस्तै दक्षिण भारतका ब्राह्मण | जब उनले आफ्नो...... उनी अशिक्षित थिए, उनले भगवद्-गीता पढ्न सक्दैनथे | तर उनको गुरु महाराजले भन्नुभएको थियो कि "तिमीले हरेक दिन भगवद्-गीताका अठार अध्याय पढ्नुपर्छ |" उनी भ्रमित थिए कि "म अशिक्षित छु, मैले सक्दिनँ..... ठिकै छ, भगवद्-गीता पढ्नुपर्यो |" उनी रंगनाथ मन्दिरमा थिए | उनले भगवद्-गीता लिए र यसरी सुरु गरे | उनले पढ्न सक्दैनथे | उनलाई चिन्ने मित्रहरुले हाँसो उडाउँदै थिए, "ब्राह्मण, तिनीले भगवद्-गीता कसरी पढ्दैछौ ?" उनले जवाफ दिएनन् किनकि उनलाई थाहा थियो कि उनका मित्रले उनको हाँसो उडाउँदै थिए "मलाई थाहा छैन...... म अशिक्षित छु |" तर जब चैतन्य महाप्रभु आउनुभयो, उहाँ पनि भ्रमित हुनुभयो, "ब्राह्मण, तिमीले भगवद्-गीता पढ्दैछौ ?" उनले भने,"महाशय, म अशिक्षित छु | मैले पढ्न सक्दिनँ | यो सम्भव छैन | तर मेरो गुरु महाराजले मलाई पढ्ने आदेश दिनुभयो | मैले के गर्न सक्छु ? मैले यस पुस्तक लिएको छु |" यी गुरुको वाणीको दृढ अनुयायी हुन् | उनी अशिक्षित छन् | उनले पढ्न सक्दैनन् | कुनै सम्भावना छैन | तर उनका गुरु महाराजले आदेश दिए,"तिमीले भगवद्-गीता, अठार अध्याय पढ्नुपर्छ |" अब यो के हो ? यसलाई भनिन्छ व्यवसायात्मिका बुद्धिः | म अपूर्ण हुन सक्छु | यसको मतलब हुँदैन | तर यदि मैले आफ्ना गुरु महाराजका वाणी अनुसरण गर्ने प्रयास गर्छु भने म पूर्ण हुन्छु | यो रहस्य हो | यस्य देवे परा भक्तिर् यथा देवे तथा गुरौ (श्वे उ ६|२३) | यदि कसैको भगवानप्रति दृढ श्रद्धा छ र त्यति नै श्रद्धा गुरुप्रति छ, यथा देवे तथा गुरौ, तब उसको अघि शास्त्र प्रकट हुन्छ | यो शिक्षा होइन | यो विद्वता होइन | यो गुरु र कृष्णप्रतिको श्रद्धा हो |
तसर्थ चैतन्य चरितामृतमा भनिएको छ गुरु-कृष्ण-कृपाय पाय भक्ति-लता-बीज (चै च मध्य १९|१५१) | शिक्षाबाट होइन, विद्वताबाट होइन, कहिल्यै भनिएको छैन | चैतन्य महाप्रभुले भन्नुहुन्छ, गुरु-कृष्ण-कृपाय, गुरुको कृपाले, कृष्णको कृपाले | यसमा कृपाको प्रश्न उठ्छ | यसमा कुनै विद्वता वा ऐश्वर्य वा धनको प्रश्न उठ्दैन | होइन | सम्पूर्ण भक्ति मार्ग कृष्णको कृपामा निर्भर हुन्छ | त्यसैले हामीले कृपा खोज्नुपर्छ | अथापि ते देव पदाम्बुज-द्वय-प्रसाद-लेशानुगृहीत एव हि, जानाति तत्त्वम्... (श्री भा १०|१४|२९) | प्रसाद-लेश , लेश भनेको अंश | जसले भगवानको कृपाको थोरै अंश प्राप्त गरेको छ, उसले बुझ्न सक्छ | अरु, न चान्य एको ऽपि चिरं विचिन्वन् | अरु, तिनीहरु लाखौं वर्षसम्म कल्पना गर्न सक्छन् | यो बुझ्न सम्भव छैन | त्यसैले हामीले भगवद्-गीता यथारुप प्रस्तुत गर्दैछौं, किनकि हामी अर्जुनले बुझेको जसरी भगवद्-गीता प्रस्तुत गर्दैछौं | हामी डा. राधाकृष्णन्, यो विद्वान, त्यो विद्वान, यो धूर्त, त्यो धूर्तकहाँ जाँदैनौं | होइन | हामी जाँदैनौं | त्यो हाम्रो कार्य होइन | यहि हो परम्परा |