NE/Prabhupada 0217 - देवाहुति एक आदर्श महिला हुन्



Lecture on SB 3.28.1 -- Honolulu, June 1, 1975


यी राजकुमारी, अर्थात् मनुकी पुत्री, उनले कर्दम मुनिको सेवा गर्न सुरु गरिन् | र योग आश्रममा, त्यो एउटा झुपडी थियो, त्यहाँ राम्रो खानेकुरा थिएन, कुनै दासी थिइन, त्यस्तो केहि थिएन | उनी बिस्तारै धेरै पातली र दुब्ली भइन्, उनी धेरै सुन्दर थिइन्, राजकी पुत्री | कर्दम मुनिले सोचे कि "उनका पिताले मलाई दिए र उनको स्वास्थ र सुन्दरता ह्रास आउँदैछ | त्यसैले पति भएको कारण मैले उनको लागि केहि गर्नुपर्छ |" योगीक शक्तिबाट उनले वुटा ठुलो शहर जस्तै विमान निर्माण गरे | त्यो योगीक शक्ति हो | ७४७ होइन | (हाँसो) एउटा ठुलो शहर, त्यहाँ ताल थियो, त्यहाँ बगैंचा हो, त्यहाँ दासी थिए, ठुलो-ठुलो महल र सम्पूर्ण कुराहरु आकाशमा उड्दै थिए, र उनले आफ्नी पत्नीलाई ग्रहहरु देखाए | यस प्रकारले..... यो चौथो अध्यायमा वर्णित छ, तपाईले पढ्न सक्नुहुन्छ | एउटा योगीको रुपमा उनले आफ्नी पत्नीलाई हरेक रुपमा सन्तुष्ट पारे | त्यसपछि उनले बच्चाको इच्छा गरिन् | कर्दम मुनिले उनीसँग नौ पुत्री र एउटा पुत्र जन्माए, यो वाचासँग कि "जब तिमीले आफ्नो बच्चा जन्माउँछौ, तब म टाढा जानेछु | म सधैंको लागि तिमीसँग बस्नेछैन |" उनले स्वीकार गरिन् | बच्चा पाएपछि, जसमा कपिलदेव एक पुत्र थिए, र जब उहाँ हुर्कनुभयो, उहाँले पनि भन्नुभयो,"मेरी प्रिय माता, मेरा पिताले घर छाड्नुभयो | मैले पनि घर छाड्नेछु | यदि तपाईले मबाट केहि उपदेश चाहनुहुन्छ भने तपाईले ग्रहण गर्न सक्नुहुन्छ | त्यसपछि म जानेछु |" जानुभन्दा अगाडि उहाँले आफ्नी आमालाई उपदेश दिनुभयो |

अब, देवहूति एक आदर्श महिला हुन् | उनीसँग राम्रा पिता थिए, उनीसँग राम्रा पति थिए र उनीसँग सर्वोत्कृष्ट पुत्र थिए | महिलाको जीवनमा तीन स्तर हुन्छन् | पुरुषका दश स्तर हुन्छन् | यी तीन स्तरहरु भनेको जब उनी सानी हुन्छिन्, उनी पिताको सुरक्षामा रहनुपर्छ | जस्तै देवहूति जब हुर्किएकी थिइन्, युवती, उनले आफ्ना पतिलाई प्रस्ताव गरिन् कि "म ती सज्जनसँग विवाह गर्न चाहन्छु, ती योगीसँग |" र पिताले पनि स्वीकार गरे | जबसम्म उनी विवाहित थिइनन्, उनी आफ्ना पिताको सुरक्षामा बसिन् | र उनी विवाहित भएपछि योगी पतिसँग बसिन् | जब उनी धेरै प्रकारले समस्यामा थिइन् किनकि उनी राजकुमारी थिइन्, राजाकी पुत्री | र यी योगी, उनी झुपडीमा थिए, खाना थिएन, आश्रय थिएन, त्यस्तो केहि थिएन | उनले पिडा भोग्नुपर्यो | उनले कहिल्यै भनिनन् कि "म राजाकी पुत्री हुँ | म जीवनको यस्तो ऐश्वर्यवान अवस्थामा हुर्किएको थिएँ | अब मसँग एउटा पति छन् जसले मलाई राम्रो घर, राम्रो भोजन दिन सक्दैनन् | ऊसँग सम्बन्धविच्छेद गर्नुपर्यो |" होइन | त्यसो कहिल्यै गरिएन | त्यो स्थिति थिएन | "मेरा पति, उहाँ जे भए पनि, मैले यी सज्जनलाई आफ्नो पतिको रुपमा स्वीकारेको कारण मैले उहाँको सुव्यवस्थाको विचार गर्नुपर्छ, उहाँको स्थान जे भए पनि, यसले फरक पार्दैन |" यो महिलाको कर्तव्य हो | त्यो वैदिक उपदेश हो | आजकल, जब कुनै सानो गल्ति हुन्छ, असहमति - सम्बन्धविच्छेद | अर्को पति खोज | होइन | उनी बसिन् | र तब उनले सबभन्दा राम्रो बच्चा प्राप्त गरिन्, भगवान् कपिल | यी तीन स्तर हुन्छन् | महिलाले इच्छा गर्नुपर्छ...... सर्वप्रथम, आफ्नो कर्म अनुरुप उनलाई उपयुक्त पिताकहाँ स्थान दिइन्छ, त्यसपछि उपयुक्त पति, त्यसपछि कपिलदेव जस्ता एउटा राम्रो बच्चा |