NE/Prabhupada 0224 - कमजोर जगमा ठुलो भवन निर्माण गर्ने

Subscript text



Arrival Address -- Mauritius, October 1, 1975


दर्शन मानसिक कल्पना होइन | दर्शन प्रमुख विज्ञान हो, जसबाट अरु सबै विज्ञान प्राप्त हुन्छन् | त्यो दर्शन हो | हाम्रो कृष्ण भावनामृत अभियानले मानिसलाई शिक्षा दिंदैछ, यस विज्ञान मध्येको विज्ञानमा सर्वप्रथम यो बुझ्न कि "तपाई को हुनुहुन्छ ? के तपाई यो शरीर हुनुहुन्छ वा यो शरीरभन्दा भिन्न हुनुहुन्छ ?" यो जरुरि छ | र यदि तपाई आफ्नो ठुलो भवन निर्माण गर्नुहुन्छ भने, कमजोर जगमा, यो रहनेछैन | त्यहाँ खतरा हुनेछ | आधुनिक सभ्यता यस कमजोर विचारमा आधारित छ कि "म यो शरीर हुँ |" "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म हिन्दु हुँ," "म मुस्लिम हुँ," "म इशाई हुँ" | यी सब जीवनका गलत अवधारणा हुन् | "मैले एउटा इशाई पिता र मतबाट यो शरीर प्राप्त गरेको कारण म इशाई हुँ |" तर म यो शरीर होइन | "मैले एउटा हिन्दु पिता र मतबाट यो शरीर प्राप्त गरेको कारण म हिन्दु हुँ |" तर म यो शरीर होइन | आध्यात्मिक बुझाइको लागि यो नै प्रमुख सिद्धान्त हो, कि "म यो शरीर होइन; म आत्मा हुँ," अहं ब्रह्मास्मि | यो वैदिक उपदेश हो: "यो बुझ्ने प्रयास गर कि तिमी आत्मा हौ; तिमी यो शरीर होइनौ |" योग विधि केवल यो बुझ्नको लागि अभ्यास गरिन्छ | योग इन्द्रिय संयम: | इन्द्रिय नियन्त्रण गरेर, विशेषगरी मन..... मन सम्पूर्ण इन्द्रियको प्रमुख हो | मन:-षष्ठानीन्द्रियाणि प्रकृति-स्थानि कर्षति (भ गी १५।७) | हामी अस्तित्वको लागि यस मन र इन्द्रियहरुसँग संघर्ष गर्दैछौं, शरीरलाई आत्माको रुपमा चिन्ने गलत अवधारणामा परेर | त्यसैले यदि हामीले आफ्नो इन्द्रिय नियन्त्रण गरेर मनलाई एकाग्र पार्छौं भने हामीले क्रमिक रुपमा बुझ्न सक्छौं | ध्यानावस्थित​-तद्-गतेन मनसा पश्यन्ति यं योगिनः (श्री भा १२।१३।१) | योगीहरू, उनीहरु परमपुरुष विष्णुको ध्यान गर्छन्, र त्यस विधिबाट उनीहरुले आत्मालाई अनुभव गर्छन् | आत्म-साक्षात्कार मानव जीवनको प्रमुख उद्देश्य हो | आत्म-साक्षात्कारको सुरुवात यो बुझ्नु हो कि "म यो शरीर होइन; म आत्मा हुँ |" अहं ब्रह्मास्मि |

यी कुराहरु भगवद् गीतामा धेरै राम्ररी वर्णित छन् | यदि हामी उचित मार्गनिर्देशनमा केवल भगवद् गीता पढ्छौं भने सबै कुरा स्पष्ट हुनेछ, कुनै कठिनाइ बिना, कि "म यो शरीर होइन, म आत्मा हुँ | मेरो कर्तव्य जीवनको शारीरिक अवधारणाभन्दा फरक छ | यो शरीरलाई आत्माको रुपमा स्वीकार गरेर म कहिल्यै खुसी हुनेछैन | यो ज्ञानको गलत आधार हो |" यस प्रकारले, यदि हामीले प्रगति गर्छौं भने हामीले बुझ्नेछौँ, अहं ब्रह्मास्मि: "म आत्मा हुँ |" त्यसपछि, म कहाँबाट आएको हुँ ? सबै कुरा भगवद् गीतामा वर्णित छ, कि आत्मा, कृष्ण भन्नुहुन्छ, भगवान् भन्नुहुन्छ, ममैवांशो जीव​-भूतः: (भ गी १५।७) "यी जीवहरु, उनीहरु मेरा अंश, कण वा साना झिल्का हुन् |" जस्तै ठुलो आगो र सानो आगो, दुवै आगो हुन्, तर ठुलो आगो र सानो आगो..... जहाँसम्म आगोको गुणको कुरा छ, भगवान् र हामी समान छौं | हामी बुझ्न सक्छौं, हामीले आफ्नो अध्ययन गरेर भगवानको अध्ययन गर्न सक्छौं | तर यो तब पूर्ण हुनेछ, जब हामीले बुझ्छौं कि "यद्यपि गुणात्मक हिसाबले म भगवानको नमुना वा उही गुणको छु, तर उहाँ महान हुनुहुन्छ, म सानो छु |" त्यो पूर्ण बुझाइ हो | अनु, विभु; ब्रह्म, पर-ब्रह्म; ईश्वर, परमेश्वर- यो पूर्ण बुझाइ हो | म गुणात्मक हिसाबले एक भएको कारण यसको मतलब यो होइन कि म भगवान् हुँ | वेदमा भनिएको छ, नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २|२|१३) | हामी नित्य, शाश्वत हौँ; भगवान् पनि शाश्वत हुनुहुन्छ | हामी जीव हौँ; भगवान् पनि जीव हुनुहुन्छ | तर उहाँ प्रमुख जीव हुनुहुन्छ; उहाँ प्रमुख शाश्वत हुनुहुन्छ | हामी पनि शाश्वत छौं; तर हामी प्रमुख होइनौं | किन ? एको यो बहूनां विदधाति कामान् | जसरी हामीलाई एउटा नेता चाहिन्छ, त्यसैगरी, उहाँ परम नेता हुनुहुन्छ | उहाँ पालक हुनुहुन्छ | उहाँ अग्रदर्शी हुनुहुन्छ | उहाँ सबैको आवश्यकता पूर्ति गर्नुहुन्छ | हामीले देख्न सक्छौं कि अफ्रिकामा हात्ती छन् | तिनीहरुलाई भोजन कसले प्रदान गर्दैछ ? तपाईको कोठाको प्वालमा लाखौं कमिला छन् | तिनीहरुलाई कसले खुवाउँदैछ ? एको यो बहूनां विदधाति कमन् | यस प्रकारले, यदि हामी आफुलाई अनुभव गर्छौं भने त्यो आत्म-साक्षात्कार हो |