NE/Prabhupada 0240 - गोपीहरुको आराधना विधिभन्दा उत्तम विधि कुनै पनि छैन
Lecture on BG 2.3 -- London, August 4, 1973
अदर्शनम् | सबजना कृष्णलाई देख्न चाहन्छन्, तर एउटा शुद्ध भक्तले भन्छन् कि "होइन, यदि हजुरलाई मलाई हेर्ने इच्छा छैन भने त्यो ठिकै छ | तपाईले मेरो हृदय तोड्न सक्नुहुन्छ | म हजुरलाई देख्न सधैं प्रार्थना गर्छु | तर हजुर नआउनुहोस्, र मेरो हृदय तोड्नुहोस्, त्यो पनि स्वीकार्य छ | तब पनि, म हजुरको आराधना गर्नेछु |" यो शुद्ध भक्ति हो | यो होइन कि "मैले कृष्णलाई मेरो अगाडि नाच्दै आउन भनेको छु | उहाँ आउनुभएन | त्यसैले म यो नचाहिने कुरा त्याग्छु | कृष्ण भावनामृत अभियानको कुनै मूल्य छैन |" त्यस्तो होइन | यो राधारानीको मनोभाव हो | कृष्णले वृन्दावन छाड्नुभयो | सबै गोपीहरुले केवल कृष्णको लागि रुँदै आफ्नो दिन बिताए, तर कहिल्यै कृष्णको निन्दा गरेनन् | जब कोहि आए...... कृष्णले पनि उनीहरुको बारेमा सोच्नुहुन्थ्यो, किनकि गोपीहरु सर्वोत्तम, सर्वोच्च भक्त हुन् | गोपीहरुको भक्तिसँग कुनै तुलना छैन | तसर्थ कृष्ण सधैं उनीहरुप्रति आभारी हुनुहुन्थ्यो | कृष्णले गोपीहरुलाई भन्नुभयो कि "तिमीहरु आफ्नै कार्यबाट सन्तुष्ट हुनुपर्छ | मैले तिमीहरुको प्रेम बदलामा केहि फिर्ता गर्न सक्दिनँ |" कृष्ण, परमब्रह्म, सर्वशक्तिशाली, उहाँ गोपीको ऋण तिर्न असक्षम हुनुहुन्थ्यो | त्यसैले गोपीहरु..... चैतन्य महाप्रभुले भन्नुभयो, रम्या काचिद् उपासना व्रज-वधु-वर्गेण या कल्पिता | गोपीको आराधना विधिभन्दा उत्तम विधि कुनै पनि छैन | त्यसैले गोपीहरु सर्वोत्तम भक्त हुन् | र गोपीहरुमध्ये, श्रीमती राधारानी सर्वोच्च हुनुहुन्छ | तसर्थ श्रीमती राधारानी कृष्णभन्दा महान हुनुहुन्छ | यो गौडीय-वैध्नव दर्शन हो | यसलाई समय लाग्छ | त्यसैले कृष्णका गतिविधिहरु, यदि धूर्तहरुले केवल देख्छन् कि "कृष्ण अर्जुनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ, तसर्थ कृष्ण अनैतिक हुनुहुन्छ," त्यो भनेको गलत दृष्टि हो | तपाईले कृष्णलाई भिन्न आँखाले हेर्नुपर्छ | तसर्थ कृष्णले भगवद् गीतामा भन्नुहुन्छ, जन्म कर्म मे दिव्यं च | दिव्यं (भ गी ४।९) | कृष्णका यी दिव्य गतिविधिहरु, यदि कसैले बुझ्न सक्छ, यदि कसैले केवल बुझ्छ भने ऊ तत्काल मुक्त हुन्छ | मुक्त | साधारण मुक्ति होइन, घर फर्कने, भगवद्-धाम फर्कने | त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय (भ गी ४।९) | सर्वोच्च मुक्ति | मुक्तिका पनि विभिन्न प्रकार छन् | सारूप्य सार्ष्टि सालोक्य सायुज्य... (चै च मध्य ६।२६६) | पाँच प्रकारका मुक्ति | सायुज्य भनेको ब्रह्मको अस्तित्वमा एकाकार हुनु, ब्रह्म-लय | त्यो पनि मुक्ति हो | मायावादीहरु वा ज्ञानी सम्प्रदाय, तिनीहरु ब्रह्मको अस्तित्वमा एकाकार हुन चाहन्छन् | त्यो पनि मुक्ति हो | त्यसलाई भनिन्छ सायुज्य-मुक्ति | तर भक्तको लागि यो सायुज्य-मुक्ति नर्क जस्तै हुन्छ | कैवल्यं नरकायते | त्यसैले वैष्णवको लागि, कैवल्यं..... अद्वैतवाद, परब्रह्मको अस्तित्वमा एकाकार हुनुलाई नर्कसँग तुलना गरिएको छ | कैवल्यं नरकायते त्रि-दश-पूर् आकाश-पुष्पायते (चैतन्य-चन्द्रामृत ५) | कर्मीहरु, ज्ञानीहरु ब्रह्मज्योतिमा एकाकार हुन व्याकुल छन्, कर्मीहरुको सर्वोच्च लक्ष्य भनेको कसरी उच्च लोकमा उठ्ने हुन्छ, स्वर्ग-लोक, जहाँ इन्द्रदेव छन्, वा ब्रह्मा छन् | त्यो कर्मीहरुको लक्ष्य हो, स्वर्ग जानु | तिनीहरु सबै, वैष्णव दर्शन बाहेक, अरु सबै साहित्यमा, अर्थात् इशाई र मुस्लिम, तिनीहरुको लक्ष्य कसरी स्वर्गमा उठ्ने हुन्छ |