NE/Prabhupada 0242 - सभ्यताको मौलिक विधिमा फर्कन हामीलाई धेरै कठिन हुन्छ



Lecture on BG 2.3 -- London, August 4, 1973


प्रभुपाद: हिजो हामीले पढ्दै थियौं कि जब वैवस्वत मनु कर्दम मुनिकहाँ आए, उनले स्वागत गरे, "महाशय, मलाई थाहा छ कि तपाईको भ्रमण भनेको तपाई केवल.....," के भनिन्छ, परिक्षण गर्नु ?

भक्त: निरीक्षण गर्नु |

प्रभुपाद: हो, निरीक्षण गर्नु | "तपाईको भ्रमण भनेको वर्णाश्रमको निरीक्षण....... ब्राह्मणले आफ्नो वर्ण अनुरुप गर्दैछन् कि छैनन्, क्षत्रियले आफ्नो वर्णको कार्य गर्दैछन् कि छैनन् |" त्यो राजाको भ्रमण हो | राजाको भ्रमण भनेको राज्यको खर्चमा कतै गएर आनन्दको लागि भ्रमण गर्नु र फर्कनु होइन | होइन | कहिलेकहीं विभिन्न भेषमा राजाले हेर्ने गर्थे कि वर्णाश्रम-धर्म पालन भएको छ कि छैन, उचित ढंगले पालन, कसैले आफ्नो समय हिप्पी जसरी नाश गर्दैछ कि छैन | त्यसो गर्नुहुन्न | अहिले तपाईको सरकारमा एउटा प्रकारको निरीक्षण छ कि कोहि पनि रोजगार छैन, तर...... बेरोजगार | तर धेरै कुराहरु व्यवाहरिक रुपमा निरीक्षण भएको छैन | सबै कुरा हेर्नु नै सरकारको कर्तव्य हो | वर्णाश्रमाचरवता, ब्राह्मणले सहि रुपमा अभ्यास गर्दैछन् | केवल झुटो रुपमा ब्राह्मण भएर, झुटो रुपमा क्षत्रिय भएर- होइन | तपाईले कार्य गर्नुपर्छ | त्यसैले यो राजाको कर्तव्य, सरकारको कर्तव्य थियो | अहिले सबै कुरा उल्टिएको छ | सबै कुराको कुनै व्यवहरिक मूल्य छैन | तसर्थ चैतन्य महाप्रभुले भन्नुभयो, कलौ.....

हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम्
कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा
(चै च अादि १७।२१)

सभ्यताको मौलिक विधिमा फर्कन हामीलाई धेरै कठिन हुन्छ | त्यसैले वैष्णवको लागि, जसरी मैले व्याख्या गर्दै थिएँ, त्रि-दश​-पूर् आकाश​-पुष्पायते दुर्दान्तेन्द्रिय​-काल​-सर्प​-पटली | इन्द्रियलाई नियन्त्रण गर्नु, त्यो दुर्दान्त हो | दुर्दान्त भनेको भयावह | इन्द्रियलाई नियन्त्रण गर्न धेरै, धेरै कठिन छ | तसर्थ योग अभ्यास- केवल इन्द्रियलाई नियन्त्रण गर्न | तर एक भक्तको लागि.... उनीहरु...... जस्तै जिब्रो, यदि यो केवल हरे कृष्ण मन्त्र जप्न र कृष्ण प्रसादम् खान संग्लग्न हुन्छ भने सम्पूर्ण कार्य सम्पन्न हुन्छ, पूर्ण योगी | पूर्ण योगी | त्यसैले भक्तलाई इन्द्रियसँग कुनै समस्या छैन किनकि भक्तले हरेक इन्द्रियलाई भगवानको सेवामा संग्लग्न गराउन सक्छ | हृषीकेण हृषीकेश​-सेवनम् (चै च मध्य १९।१७०) | त्यो भक्ति हो | हृषीक भनेको इन्द्रियहरु | जब इन्द्रियहरु केवल कृष्ण, हृषिकेशको सेवामा संग्लग्न हुन्छन्, तब योग अभ्यासको कुनै आवश्यकता हुँदैन | तिनीहरु स्वतः कृष्णको सेवामा बाँधिन्छन् | तिनीहरुको अरु कुनै संग्लग्नता हुँदैन | त्यो सर्वोच्च स्तर हो | तसर्थ कृष्ण भन्नुहुन्छ,

योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तरात्मना
श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः
(भगी ६।४७)

"एउटा प्रथम-श्रेणीको योगी ऊ हो, जो सधैं मेरो स्मरण गर्छ |" तसर्थ यो हरे कृष्ण मन्त्रको जप, यदि हामी केवल जप्छौँ र सुन्छौं भने प्रथम श्रेणीको योगी हुन्छौं | यी विधिहरु हुन् | कृष्णले अर्जुनसँग चाहनुहुन्छ कि "किन तिमी मनको यस्तो कमजोरीमा संग्लग्न छौ ? तिमी मेरो सुरक्षामा छौ | म तिमीलाई युद्ध गर्ने आज्ञा दिंदैछु | किन तिमी अस्वीकार गर्दैछौ ?" यो तात्पर्य हो |

धेरै धेरै धन्यवाद |